Pairabi logo

कात्तिक ०४, २०८३, मंगलबार                    

बेमौसमी वर्षाले आलुको बिउ खेतमै कुहिँदा किसान चिन्तित

डेक्स

डेक्स

बेमौसमी वर्षाले आलुको बिउ खेतमै कुहिँदा किसान चिन्तित
ADVERTISEMENT

नेपालगन्ज, कात्तिक २८ गते । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ का किसान अहिले इन्तु न चिन्तु बनेका छन् । बेमौसमी वर्षातका कारण खेतमा राखेको लाखौँको आलुको बिउँ कुहिँदा त्यहाँका किसानहरू चिन्तित बनेका हुन् ।

गत १९ गते अकस्मात् परेको बेमौसमी वर्षात्का कारण वडा नं। ६ का किसानले तीन सय हेक्टर बढी जमिनमा लगाएको आलुको बिउ कुहिँदा उनीहरू पीडित बनेका छन् । आलुको बिउँ कुहिँदा किसानहरूको करिब एक करोड रुपियाँ लगानी खेर गएको अनुमान गरिएको छ ।

डुडुवा ६ हिरमिनियाका किसान ओलीराम मुराउले १५ कट्ठा जमिनमा लगाएको आलुको बिउँ वर्षात्का कारण कुहिँदा लाख भन्दा बढी रुपियाँको घाटा व्यहोरेको बताउनुभयो । डुडुवा ६ का वडाध्यक्ष मोहनराम मिश्रले वडाभित्रका ७० प्रतिशत किसानको आलुखेती नष्ट भएर अन्दाजी करोड रुपियाँ बराबरको आर्थिक क्षति पुगेको बताउनुभयो । “हाम्रो वडा आलुलगायत तरकारीको पकेट क्षेत्र हो, यहाँका सबै किसानले तरकारी खेती गर्नुहुन्छ, बेमौसमी वर्षात्ले गर्दा ७० प्रतिशत किसानको आलुलगायत धानबालीमा क्षति पुगेको छ ।” 

वडाध्यक्ष मिश्रका अनुसार हरेक किसानले एक कट्ठा जमिनदेखि लिएर ५० बिघाभन्दा बढी जमिनमा आलु खेती गर्ने गरेका छन् ।वडाका भङ्गोटना, चौधरीपूर्वा, उधुमगन्ज, कालाबन्जार, मुन्सी पूर्वा, बल्दी पूर्वा, अहिरापुर, अट्वारीपूर्वा, हिरमिनिया लगायतका गाउँमा ठुलो क्षति पुगेको उहाँले बताउनुभयो । 

आलु मात्र नभएर वडामा धानको समेत ठुलो क्षति भएको उहाँले बताउनुभयो । क्षति भएको धान बालीको तथ्याङ्क सङ्कलनका लागि गाउँपालिकाबाट परिपत्र भएको र तथ्याङ्क सङ्कलन कार्य पनि सुरु गरिएको तर आलु खेतीका बारेमा कहीँ कतैबाट केही प्रक्रिया नबढेका कारण सरकारसँग किसानको क्षति भएको आलु खेतीको क्षतिपूर्ति दिनका लागि उहाँले माग गर्नुभयो ।

कृषि ज्ञान केन्द्र बाँकेका कार्यालय प्रमुख वरिष्ठ कृषि विज्ञ विनोद घिमिरेले पानीका कारण अन्य स्थानमा भन्दा डुडुवा ६ का किसान बढी पीडित भएको पाइएको बताउनुभयो । 

आलु खेती प्रभावित क्षेत्रका किसानलाई आगामी योजनामा विशेष कार्यक्रम बनाएर हाल्ने सोच बनाएको उहाँको भनाइ छ । उक्त वडा बाँके जिल्ला मै बढी तरकारी उत्पादन हुने क्षेत्र हो । सो क्षेत्रलाई तरकारी पकेट क्षेत्रै घोषणा गरिएको छ ।

ताजा

सबै

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

लोकप्रिय

सबै

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…