Pairabi logo

असोज २०, २०८३, मंगलबार                    

बेमौसमी वर्षाले आलुको बिउ खेतमै कुहिँदा किसान चिन्तित

डेक्स

डेक्स

बेमौसमी वर्षाले आलुको बिउ खेतमै कुहिँदा किसान चिन्तित
ADVERTISEMENT

नेपालगन्ज, कात्तिक २८ गते । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ का किसान अहिले इन्तु न चिन्तु बनेका छन् । बेमौसमी वर्षातका कारण खेतमा राखेको लाखौँको आलुको बिउँ कुहिँदा त्यहाँका किसानहरू चिन्तित बनेका हुन् ।

गत १९ गते अकस्मात् परेको बेमौसमी वर्षात्का कारण वडा नं। ६ का किसानले तीन सय हेक्टर बढी जमिनमा लगाएको आलुको बिउ कुहिँदा उनीहरू पीडित बनेका छन् । आलुको बिउँ कुहिँदा किसानहरूको करिब एक करोड रुपियाँ लगानी खेर गएको अनुमान गरिएको छ ।

डुडुवा ६ हिरमिनियाका किसान ओलीराम मुराउले १५ कट्ठा जमिनमा लगाएको आलुको बिउँ वर्षात्का कारण कुहिँदा लाख भन्दा बढी रुपियाँको घाटा व्यहोरेको बताउनुभयो । डुडुवा ६ का वडाध्यक्ष मोहनराम मिश्रले वडाभित्रका ७० प्रतिशत किसानको आलुखेती नष्ट भएर अन्दाजी करोड रुपियाँ बराबरको आर्थिक क्षति पुगेको बताउनुभयो । “हाम्रो वडा आलुलगायत तरकारीको पकेट क्षेत्र हो, यहाँका सबै किसानले तरकारी खेती गर्नुहुन्छ, बेमौसमी वर्षात्ले गर्दा ७० प्रतिशत किसानको आलुलगायत धानबालीमा क्षति पुगेको छ ।” 

वडाध्यक्ष मिश्रका अनुसार हरेक किसानले एक कट्ठा जमिनदेखि लिएर ५० बिघाभन्दा बढी जमिनमा आलु खेती गर्ने गरेका छन् ।वडाका भङ्गोटना, चौधरीपूर्वा, उधुमगन्ज, कालाबन्जार, मुन्सी पूर्वा, बल्दी पूर्वा, अहिरापुर, अट्वारीपूर्वा, हिरमिनिया लगायतका गाउँमा ठुलो क्षति पुगेको उहाँले बताउनुभयो । 

आलु मात्र नभएर वडामा धानको समेत ठुलो क्षति भएको उहाँले बताउनुभयो । क्षति भएको धान बालीको तथ्याङ्क सङ्कलनका लागि गाउँपालिकाबाट परिपत्र भएको र तथ्याङ्क सङ्कलन कार्य पनि सुरु गरिएको तर आलु खेतीका बारेमा कहीँ कतैबाट केही प्रक्रिया नबढेका कारण सरकारसँग किसानको क्षति भएको आलु खेतीको क्षतिपूर्ति दिनका लागि उहाँले माग गर्नुभयो ।

कृषि ज्ञान केन्द्र बाँकेका कार्यालय प्रमुख वरिष्ठ कृषि विज्ञ विनोद घिमिरेले पानीका कारण अन्य स्थानमा भन्दा डुडुवा ६ का किसान बढी पीडित भएको पाइएको बताउनुभयो । 

आलु खेती प्रभावित क्षेत्रका किसानलाई आगामी योजनामा विशेष कार्यक्रम बनाएर हाल्ने सोच बनाएको उहाँको भनाइ छ । उक्त वडा बाँके जिल्ला मै बढी तरकारी उत्पादन हुने क्षेत्र हो । सो क्षेत्रलाई तरकारी पकेट क्षेत्रै घोषणा गरिएको छ ।

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

यो पनि

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज, १७ साउनः बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा …

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

नेपालगन्ज १० साउनः बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लास्थित…