Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

बाँकेमा डेंगीको संक्रमण रोक्न सरोकारवालासंग छलफल

डेक्स

डेक्स

बाँकेमा डेंगीको संक्रमण रोक्न सरोकारवालासंग छलफल
ADVERTISEMENT

नेपालगन्ज, १२ कार्तिक : बाँके जिल्लामा डेंगीको संक्रमण बढ्दै गएको छ । चालू आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि असोज मसान्तसम्म तीन सय ४८ जना डेंगीबाट संक्रमित भएका स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार यो भेरी अस्पताल, निजी मेडिकल कलेज र स्वास्थ्य संस्थामा ल्याव परीक्षणबाट पुष्टि भएको संख्या हो । आर्थिक वर्ष २०८०/०८१ मा तीन सय ९४ जना डेंगी संक्रमित फेला परेका थिए । यो वर्षमा तीन महिनामै तीन सय ४८ जनामा संक्रमण देखिएकाले बाँकेमा डेंगीको अवस्था भयावह देखिएको उहाँले बताउनुभयो । 

अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा एक सय ४९ जनामा मात्रै डेंगीको संक्रमण देखिएको थियो । लामखुट्टेको टोकाईबाट सर्ने डेंगीको संक्रमण गत वर्ष भन्दा यो वर्ष देशभरी घटेको तथ्यांकले देखाए पनि बाँकेमा भने अस्वभाविक ढंगले बढेको गौतमले बताउनुभयो । 

यो पटक भने स्थानीय लामखट्टेले नै टोकेर संक्रमण फैलिएकाले देशभर संक्रमणदर घटे पनि बाँकेमा भने बढ्दै गएको हो । संक्रमित तीन सय ४८ जनामध्ये एक सय ९५ जना नेपालगञ्ज उपमहानगरपालिकाका हुन् । अरु भने अन्य पालिकाका संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

डेंगीबाट सबैभन्दा बढी प्रभावित नेपालगञ्ज उपमहानगरपालिकाले यसको रोकथाम र नियन्त्रणका लागि सम्वद्ध सरोकारवालासँग आज यहाँ अन्तरक्रिया कार्यक्रम गरेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । डेंगी रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार खोज र नष्ट गर अभियानलाई प्रभावकारी गराउने उद्देश्यका साथ अन्तरक्रिया गरिएको उनले बताएहो । 

स्वास्थ्य महाशाखा प्रमुख चन्दका अनुसार डेंगी नियन्त्रणका लागि सरोकारवालासंग समन्वय तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, वडास्तरमा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा र प्युपाहरु नष्ट गर्ने, विद्यालय तहमा शिक्षक तथा विद्यार्थीहरुलाई स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने, बायोपेष्टिसाइडको प्रयोग गरी लामखुट्टेका लार्भाहरु नष्ट गर्ने, वडास्तरमा रहेका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, निजी तथा सरकारी स्वास्थ्य संस्थाहरुमा किटजन्य रोगहरुको डाटा भेरिफिकेशन गर्ने लगायतका कार्यक्रम सञ्चालन भइहरेका छन् । 

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का लगायतले डेंगी रोग नियन्त्रणका लागि समुदायस्तरमा सचेतना फैलाउन आवश्यक रहेको कुरामा जोड दिनुभयो । 
–––


 

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…