अधिबक्ता नरेन्द्रनाथ योगी
रेखाङ्कनको (२०४२/०४५) २१ र शिलन्याशको (२०४८) १५बर्ष पछि चैत ३०, २०६३ मा ट्रयाक ओपनिङ(लाईन बनाउने) र अर्थ कटिङ (माटो पन्छाए) लगत्तै संञ्चालनमा ल्याइएको कर्णाली राजमार्ग हिउद र बषार्त दुवै मौसममा भारी बर्षा हुदाँ अवरुद्ध भई रहन्छ ।
जसको परिणाम यात्रु,व्यावसायी र बाह्र्य तथा आन्तरिक पर्यटकहरुले दुःख,सास्ती,पिडा भाग्दै अलपत्र पनु पर्ने हुन्छ ।यसमा सयौ मृत्यु,दुरर्घटना परे पछि अहिले कर्णाली राजमार्ग मृत्य मार्ग मात्रै होईन, नेपालका ८० राजमार्ग मध्य सबैभन्दा बढी बाढी पहिरोले अवरुद्ध ,दुर्घटना हुने र दुःख ,सास्ती ,पिडा दिने भाईरल मार्गको रुपमा परिचित हुन थालेको छ । यो राजमार्ग शूरुवात हुदाँ कर्णालीका जनताहरु निकै खुशी,उत्साहित भएका थिए ।
कर्णालीको अपार श्रोत साधन र उत्पादनले स्थान पाई सुख, समृद्धि र विकासको ढाका खुला हुने विश्लेषण गरिएको थियो ।तर यो संञ्चालनमा आएको झण्डै १७/१८ बर्ष वित्न थाल्यो । शूरु यता १८२१ दुर्घटनामा ९९१ को दुरर्घटनामा मुत्यु र १५२७ घार्इृते,अपाङ्ग, भएका तथ्याङ्क छ् ।
हरेक हिउद र बर्षातको मौसममा राजमार्ग अबरुद्धले गर्दा असंैय दुख, पिडा, सास्ती,अलपत्र तथा क्षेती खेप्नु पर्दा यसले आशा ,भरोसा भन्दा निराशा ,भय,त्रास र चिन्ता कर्णालीवासी तथा आन्तरिक र बाह्र्य पर्यटकलाई थपेको पाईन्छ । यस राजमार्गमा भएका काहालि.तथा डरलाग्दा हुदयविदारक सडक दुर्घटनाहरु निम्न रहेका छन :
१) ५ चैत,२०६६मा कालिकोटबाट सुर्खेत जादै गरेको काक्रेविहा यातायातको ना.३,ख.५८६८ नम्बरको यात्रु गाडी दैलेखको किटभिरको चटटानमा ठोकिई कर्णाली नदीमा खस्दा ४१ जनाको मृत्यु,
२) २६ असोज,२०६८ मा दशंै विदामा घरपर्किएका विद्यार्थी चढेको भे.१.ख. ३१६७ नम्बरको बस मुगु छाँयानाथ रारा नगरपालिका.७ पिनाटे खोलामा २०० मिटर तलखस्दा ३३ जनाको मृत्यु,
३)मंसिर २०६८ मा कालिकोटको सेरावाडाको विर्तामोडमा बस दुर्घटना हूँदा २८ जनाको मृत्यु,
४) जूम्ला गाडगडेनीमा दुर्घटना हूँदा १३ को मृत्यु,
५)दैलेखको खिडकी ज्युलामा दुर्घटना हुँदा १४ जनाको मृत्यु,
६) सुर्खेतको कल्याणखालामा दुर्घटना हँदा १५ जनाको र्मत्यु ,
७) २०७१ मा जुम्लाको रारामा बस दुर्घटना हुदा दुधेबालक सहित १८ जनाको मृत्यु,
यस्ता साना तिना जिप,बस ,टयाक्टरहरु दुर्घटना भएर मानविय क्षेती मात्र होईन व्यावसयीहरुको ठुलै क्षेती हुन गरेको छ । हरेक हिउद र बर्षातमा राजमार्ग सुख्या पहिरा बर्षातको बढी पहिरोले हप्तौ अवरुद्ध हुदाँ आन्तरिक र बाह्र्य पर्यटकहरु पनि त्या राजमार्ग यात्रा गर्न तर्सि रहको अवस्था छ ।
यो राजमार्गमा यस्तो किन ? कसको कारणले भई रहकोछ ? :
१) सडक रेखाङ्कन २०४२÷०४५ सालसम्म भएको हो । यसका काम शुरु २०४८ मा गरियो । शूरुमा सरकारले सडकका लागि २ करोड मात्रै विनियोजन गरिको थियो । जसमा कार्य प्रारम्भ मै वेवास्थापन देखियो ।
२)२०५६ मा विश्व बैंकले सडक निर्माणमा हात हाले पछि कामले गति लिएको थियो । त्यसको २ बर्ष पछि कर्णालीमा पनि माओवादी शशस्त्र द्धन्द बढे पछि विश्व बैंकलाई काम गर्न असहज हुन थाले पछि विश्व बैंकले नेपाली सेनालाई उक्त राजमार्गको काम जिम्मा लगाईयो ,जो हतार हतारमा भयो ।
३) त्या राजमार्गको निमार्ण कार्य नेपाली सेनालाई जिम्मा लगाईए पछि बाटो वा सडक शशस्त्र द्धन्दरत र सेना विच झन द्धन्द बढन गयो ।जसका कारण निमार्णको गतिमा हतासले पस्यो ।
४) त्यो राजमार्गको मापदण्ड सडक नियम अनुसार १० मिटरको हुन पर्नेमा ,त्याँ रेखाङ्कन गरिएको क्षेत्रमा पहाडै पहाड र चटटानै चटटान भएकोले फराकीलो बनाउने सम्भावना सबै दृष्टिकोणले कम रहन गयो । त्यसमा पनि रेखाङ्कन क्षेत्रलाई डाईभर्ड गरेर राजमार्गालाई मान्म सदरमुकाम तिर तन्काइृयो ।
५)सरकारले राजमार्ग निमार्णका लागि उचित बजेट वियिोजित गर्न नसक्नु,जस्ले गर्दा बजेको अभावमा पनि सोचे अनुसार राजमार्ग निमार्ण हुन नसक्नु,।
६) राजमार्गको मापदण्ड १० मिटर भए पनि शुरुमा दूई लेनसम्मको बनाउनु पर्ने ,त्यसो पनि नगरि ०६०÷०६१ मा टयाक खुला र माटो पन्छाएको आधारमा हतार हतारमा राजमार्गमा पछि पर्ने आाउने जोखिमको ख्याल नगरि सरकारले २०६३ मा उदघाटन गरेर राजमार्ग सञ्चालनमा ल्याउनु,
७)राजमार्गको मापदण्ड पुरा नहुदै यो राजमार्गलाई २०६९ मंसिर १९मा सुर्खेत÷जुम्लालाई कर्णाली राजमार्ग नाममकरण गरि शुरुमा १३ औ स्थानमा राख्नु,
८)राजमार्गको दायााबाया नाली,कलभर्ड नबनाउनु,बाढी पहिरो जाने स्थानहरुमा नियनत्रणको विकल्प राम्रासग नदिनु,
९)ट्राफिक नियम,संकेतको राम्रो व्यवस्था नहुनु,
१०) विकट भुगोल हुन, जथाभावी यात्रु गाडीहरुले बोक्नु,
११) राजमार्गको अअिकांश स्थानहरु एकदमै सागुरो हुनु
१२) राजमार्गमा शिकारुहरुले वस गाडीहरु चलाउनु,
१३)राजमार्गका कमसल ओटासिल गरिनु,
१४) कालोपत्र ५ बर्ष नबित्दै उत्किनु,
१५) राजमार्ग सञ्चालनमा राज्यको निगरानीम लापरवाहीपुर्ण हुन ,
१६) ट्राफिक जाँचमा अनियमितता बढी हुनु ,
१७) राजमार्गमा खाल्टाखुलटी बढी हुन, राजमार्गमा माटोधुलो बढी हुन ,त्यसको सरसफाई राड म्यानले नगर्नु,
१८) मौसमको अन्दाज नगरि गाडी ,बस चलाउनु आदि कारणले राजमार्गमा सडक दुर्घटना हुन,
१९) राजमार्गको सडकमा पानी जथाभावी बग्नु ।
२०) त्यस वेला राजमार्गमा काम गर्ने कामदार वा मजदुरले न्युन ज्वालामा काम गराउनु,
२१) सडक कामदार वा मजदुरहरुको दुर्घटना विमा तथा औषधी उपचारको व्यवस्था नहुनु र समय मै ज्वाला नपाउनु,
२२) त्यस वेला सडकमा लगानी रकमको राम्रोसँग लेखाजोखा नहुन आदि आदी ।
माथि उल्लेख गरिएको राजमार्ग निमार्ण र नामकरण गर्दा अनिवार्य अपनाउनु पर्ने मापदण्डहरुलाई वेवास्ता गरेर स्वयंम राज्य वा सरकारले गम्भिर रुपमा ध्यानै नदिई हतार हतारमा टयाक ओपनिङ्ग र स्वायल कटिङ्ग हुन बित्तिकै राजमार्ग संञ्चालनका लागि उदघाटन गर्न हुन थिएन ।
उदघाटन पुर्व कमसेकम ६ महिना ,१ बर्ष परिक्षणको रुपमा संञ्चालनमा ल्याई राजमार्गको अध्ययन र अनुगमन गर्नु पर्ने थियो । सरकारले २०६३ चैत ३० गते राष्ट्रिय योजना आयोगका प्रतिनिधि र नेपाली सेनाका प्रद्यान सेनापती रुक्माङ्ग कटुवालसहितको टोलीले ठुलै तामझामका साथ उदघाटन गरेर होहल्ला गर्नु र मापदण्ड पुरा नभएको त्यो राजमार्गलाई सडक विगागले २०६९,मंसिर १९ गते राजमार्गको नामाकणर हतारमा गर्नु हुने थिएन ।
त्यसवेलाका राज्यका आधिकारिक निकाय राष्ट्रिय योजना आयोग,नेपाल सेनाको प्रद्यान कार्यालय र सडक विभागको अदुरदर्शि निर्णयले गर्दा संञ्चालनमा ल्याईएको यो राजमार्गमा १४/१५ बर्षमा भएका राम्रा नराम्रा पक्षको जिम्मा लिनु पर्छ । त्यस वेला संञ्चालनमा ल्याईएको यो राजमार्गको विषयमा व्यापक समिक्षा नगरि ०६९ ,मसिर १९ मा यसलाई कर्णाली राजमार्गको रुपमा नामाकरण गरि १३ स्थानमा राख्ने सडक विभागले पनि अझ बढी राम्रा नराम्रा पक्षको जिम्मा लिने र मापदण्ड विपरित सञ्चालन गर्दा कर्णालीवासी र अन्य नागरिकले भाग्नुे परेको सास्ती, दुःख,पिडा, क्षेती र मानविय क्षेतीको जिम्मा लिनु पर्छ कि पदैन । राजमार्ग संञचालनमा आएको १५ बर्ष विति सकयो ।
त्यो राजमार्ग हिउद र बर्षातको मौसममा अबरुद्ध भएर आन्तरिक तथा बाहर्य गात्रु व्यावसयी र पर्यटकले दुःख ,सास्ती,पिडा भोगर मानविय क्षेती भएई रहेकै छ । सधै खराब मौसममा अबरुद्ध भई भई रागमार्ग जिर्ण भई रहेको छ । यो राजमार्ग सडक मापदण्ड विपरित छ । यसमा ठुला यात्रु वस,मालवाहक गाडी संञ्चालन गर्न सकिदैन,,यसमा दुर्घटना भर्इ रहन्छ,,सागुरो र माटो खसेर र राजमार्ग अबरुद्ध भई रहन्छ । यसलाई दई लेन वा सके ४ लेनको बनाउनु पर्छ ।बनाउन भु वनोटले नसकिने भए सरकारलाई तथ्यगत प्रतिवेदन किन दिन सकिरहेको छैन,सडक विभागले ? किन काम चलाउ तरिकाले सडक विभाग लागि रहेको छ ? यो विषय पनि रहस्यमय छ ।
त्यस्तै गरेर नेपाल सरकार तीनै तह पनि कर्णाली राजमार्गको विषय ठिक बेठिक के हो ? आधिकारकि रुपमा स्पष्ट गरेको पाईदैन ,नत यो राजमार्ग मापदण्ड अनुसार बनाउनु पर्छ भन्छन् नत सञ्चालन नगर भन्छन् । राज्यले पनि कर्णाली राजमार्गमा कर्णालीवासीले भोगको पिडा,दुःख,कष्ठ र मानविय क्षेती तथा समवेदनाबारे स्पष्ट बोल्ने र जिम्मा लिन सकेको छैन ? यस विषयमा कर्णालीवासी स्पष्ट रुपमा जागरुक हुनुको विकल्प छैन ।
१५ /१५ बर्षसम्म पनि राज्य सरकार गम्भिर नहुनु ? मर्मत र मापदण्ड अनुसार निमार्णमा सचेत नहुनु ? र बजेट विनियोजनमा विशेष ध्यान नदिनु आदि कारणले राज्य सरकार कर्णाली प्रति पुर्वाग्राही छ कित विभेदकारी नै छ भन्ने आम कर्णालीका सचेत नागरिकले समय मै बुझनु आवश्यक छ ।
कर्णाली राजमार्ग निमार्णको सोच,सपना र प्रतिबद्धताहरुः
२०२८ सालबाटै स्वर्गीय राजा महेन्द्रले निमार्णका लागि प्रतिबद्धता गरेका थिए । तर त्यो सोचले त्यति गतिलिन सकेन । त्यस्तै गरि स्व. राजा विरेन्द्र २०४५ सालमा जुम्मामा पुगेको समयमा जुम्लाको टुडिखेलका सम्बोधन गर्ने बेला मञ्चबाट जुम्ला सदरमुकामसम्म ५ बर्षमा मोटर बाटो पुराउने प्रतिबद्धता सहित घोषणा गरेका थिए । त्यो घोषणले प्रारम्भिक सर्भे गर्ने कामसम्म भयो ।
२०४६ सालका अन्तरिम सरकारका प्रद्यान मन्त्री कष्ण प्रसाद भटटराई, २०५७ सालका गृहमन्त्री रामचन्द्र पौडेल र ०५९/०६० का गृहमन्त्री कमल थापा समेतले यो राजमार्ग निमार्णको काम छिटो सम्पन्न गर्न र निमार्ण गराउन प्रतिबद्धता त्यस वेला जाहेर गरेका थिए । तर उनीहरुका सोच,घाषणा र प्रतिबद्धताहरुले त्यस वेला पुरा हुन सकेनन ।
जे होस सोचेको ३५ बर्ष,सर्भे गरेको २१ बर्ष ,शिलन्याश गरेको १५ बर्षमा सडकका अर्थ कटिङ र ट्रयाक खुला भएको थियो । अर्थ कटिङ र ट्रयाक खुला हुने वित्ती कै हतार हतारमा २०६३,चैत ३० गते धुमधाम उदघाटन गरियो । यो राजमार्ग सञ्चालन आएकोे १५ बर्ष भयो ।तर यस राजमार्गले दुःख,पिडा,क्षेती र मानविय समवेदना थपेको थपै छ । यस प्रति सरकारवाला निकाय र राज्यले भरपर्दो निकास वा विकल्प दिन नसकि रहेको अवस्था छ ।
राजमार्गको शुरुवात, लगानी र जिम्मेदवारी :
यो राजमार्गको पहिलो भाग(खण्ड) कोहोलपुर सुर्खेतका ९१ किलोमिटरलाई पनि लिईन्छ । यो आ. ब. २०३३÷०३४ मा शुरु भई कालोपत्रसमेत गरि आ.ब. ०५७/०५८ मा समपन्न भई हाल शुचारु छ । यो राजमार्गको दोस्रो खण्ड सुर्खेत बाङ्गेसिमलदेखि जुम्लासम्म हो । यसको लम्बाई घुम्ती सहित २३३ कि.मि. छ । कोहलपुर र सुर्खेत खण्ड गरि कर्णाली राजमार्गको लम्बाई ३२४ किलोमिटर छ ।
कोहलपुर सुर्खेत ९१ सडक खण्ड कालोपत्रे भई विना अवरोध नियमित छ । सुर्खेतदेखि जुम्लासम्मको २३३ किलोमिटर सडक खण्ड शुचारु ल्याईएदेखि हिउद र बर्षात दुवै मौसममा भारी बर्षा भए पछि अबरोध भई रहने गरेको छ । कर्णाली राजमार्गको सुर्खेत देखि जुम्ला सडक खण्डसम्म नेपाल सरकार,विश्व बैक लगायतको पटके लगानी झण्डं ४ अर्ब २५ करोड ७३ लाख जति भएको पाईन्छ । अझ पनि यो राजमार्ग काम चलाउ अवस्थामा छ ।
राज्य कर्णाली राजमार्गलाई सडक मापदण्ड सहितका राम्रो सडक बनाउन किन आनाकानी गरि रहेको छ । जब की यो सरकार काडमाडौ उपत्यका लगायत शहरी क्षेत्रहरुमा सडकको खाल्टाखुल्टी पुर्न हालै मात्र साढे पाँच अर्ब लगानी लाग्ने समाचार सार्वजनिक गराई रहेको छ ।यता सिगों कर्णालीका मुहार फेरेर राज्यलाई आयआर्ज गराउन सक्ने कर्णालीका ढोकालाई एकमुष्ट (ग्रयाण्ड) बजेट लगानी गरेर कर्णालीबाट मनग्य लाभ किन लिन सकि रहेको छैन, कित सरकार वा राज्य कर्णाली राजमार्गका दुरदर्शा विश्वलाई देखाएर बजेट मागको आहन त गरि रहेको छैन ? यो गम्भिर शंकाको विषय बनेको छ ।
कर्णाली राजमार्गलाई मापदण्ड विपरित संञ्चालन गरि हजारौको ज्यान,अरबैको क्षेति,पिडा र सास्तीको क्षेतिपुर्ति राज्यबाट असुल्नु पर्छ । दुर्घटना भएको मानविय क्षेती र सजाय राज्य वा सरकारलाई गरिनु पर्छ । त्यसका लागि राज्यले हेलचक्रायी र लाहपरवाही तथा अदुरदशी निर्णय गरेर राजमार्ग संञ्तालनमा ल्याएकाले उस उपर मुद्धा गर्ने हो की ? (लेखकः अधिबक्ता तथा सामाजिक अभियान्ता हुन) .