Pairabi logo

असोज १८, २०८३, आइतबार                    

जगरुकताका लागि संविधान बाचन

डेक्स

डेक्स

जगरुकताका लागि संविधान बाचन
ADVERTISEMENT

नेपालगन्ज ३ असोज । संविधानका बारेमा सेचतना अभिबृद्धिका लागि संविधान बाचन गरिएको छ । संविधान दिवसको अवसरमा आज एक कार्यक्रमका विच पुर्ण संविधान बाचन गरिएको हो । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र र सार्वजनिक सरोकार कानून व्यवसायी समुह नेपालगन्जको संयुक्त आयोजनामा संविधान बाचन कार्यक्रम गरिएको हो । 

कार्यक्रममा विभिन्न व्यक्तीहरुले संविधान बाचन गरेका थिए । नेपालको संविधान २०७२ मा कुल धारा ३०८, भाग ३५, र अनुसुचि ९ सबै बाचन गरिएको संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो । उहाँका अनुसार नेपालको सविधान तथा कानून पढ्ने बानी बसाल्न, र सबैले संविधानको हरेक धारा तथा दफामा भएको व्यवस्थाबारे आम नागरिकलाई सचेतना अभिबृद्धिका लागि संविधान बाचन गरिएको हो । 

बेला बेलामा संविधान परिमार्जन भएकाले कानूनका बारेमा थाह पाउनका लागि बाचन जरुरी भएको सहभागीहरुले जोड दिएका थिए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, बाँके प्रहरी प्रमुख तुलबहादुर कार्की, उच्च अदालत बारका अध्यक्ष चित्रबहादुर शाही, जिल्ला बार अध्यक्ष मेहर सिंह खत्री, वरिष्ठ अधिबक्ता सुनिल कुमार श्रेष्ठ, अधिबक्ताहरु लोकबहादुर शाह, बसन्त गौतम, बलबहादुर चन्द, मिरा ददेल, भानुभक्त रिजाल, चाहना शाह, कृषि ज्ञान केन्द्र नेपालगन्जका सूचना अधिकारी रामप्रकाश यादव, लुम्विनी प्रदेश मुख्यमन्त्री कार्यालयका लेखा अधिकृत दिनेश सिंहले संविधान बाचन गर्नुभएको थियो । 

यसैगरि सामाजिक अभियन्ता कृष्णप्रसाद श्रेष्ठ, शैलेन्द्र बैश्य, हेमन्त काफ्ले, रविन्द्र ज्ञवाली, योग गुरु गिरीराज शर्मा भट्टराई, जानकी गाउँपालिका वार्ड नं. २ का अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, विद्यार्थीहरु जिज्ञासा तिवारी, एञ्जिला ज्ञवाली, कृष्ण बढही, अस्मिता खनाल, लक्ष्मी सार्की, घनश्याम शाही, शेरबहादुर चलाउने, झक्क भण्डारी लगायतले संविधानका विभिन्न धाराहरु बचन गर्नुभएको थियो । 

त्यस अवसरमा स्टेश्नरी व्यवसायी संघ बाँकेका अध्यक्ष सागर ज्ञवालीले ५० थान नेपालको संविधान पुस्तक उपलब्ध गराएको थियो । कार्यक्रममा नेपाली र अवधी भाषामा संविधान बाचन गरिएको थियो । विहान ११ बजेदेखि दिउसो साढे ३ बजेसम्म बाचन गरिएको कार्यक्रम संयोजक जिज्ञासा तिवारीले बताउनुभयो । 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…