Pairabi logo

असोज २६, २०८३, सोमबार                    

चर्को गर्मीमा काम गर्न बाध्य छन् मजदुर

सम्वाददाता

सम्वाददाता

चर्को गर्मीमा काम गर्न बाध्य छन् मजदुर
ADVERTISEMENT

नेपालगन्ज, ३१ जेठ : रामारोशन तेली बुधबार चर्को घाममा छातामुनि ग्राहकको पर्खाइमा हुनुहुन्थ्यो । बाँकेस्थित नेपाल टेलिकम कार्यालय परिसरको पेटीमा उहाँले मोची ९जुत्ता सिलाउने काम० विगत १५ वर्षदेखि गर्दै आउनुभएको छ । 

करिब ४६ वर्षीय तेली जुत्ता सिलाउन बिहान टेलिकम परिसरमा घामपानीको मतलब नगरी सधैँझैँ बुधबार पनि भेटिनुभयो । चर्को घाममा छाताको छहारीभित्र अनुहारभरि बगेको पसिना पुछ्दै तेलीले दिनभरि जम्मा रु ७८ मात्रै कमाएको बताउनुभयो । 

नेपालगञ्जमा एक्कासी बढेको चर्को गर्मीका कारण यात्रुहरूको चाप बजारमा कम भएपछि उहाँले जुत्ता सिलाउने ग्राहक पाउनुभएको छैन । झण्डै ४२ डिग्रीको गर्मीमा पुरानो छातामुनि आफ्नो काठको बाकस राखेर जुत्ता सिलाउँदै आउनुभएका तेलीले यस वर्षको गर्मीका कारण कमाइमा ह्रास भएको पहिलो अनुभव सुनाउनुभयो ।

“यस्तो त पहिला कहिल्यै भएको थिएन, पहिला–पहिला दिनको केही नभए पनि रु एक हजारभन्दा बढी नै कमाइ हुन्थ्यो”, तेलीले भन्नुभयो, “हिजोआज त के भएको हो कुन्नी रु दिनको कमाइ कहिले रु ५० हुन्छ त कहिले रु ७०–८० हुन्छ, रु सय पनि कमाइ नभएको धेरै भयो ।” 

नेपालगञ्ज उपमहानगरपालिका–२२ मसानघाट टोलका तेली बिहान ७ बजे नै जुत्ता सिलाउन सोही ठाउँमा आइपुग्नुहुन्छ । सोचेजस्तो कमाइ नभए पनि उहाँ दिनभरि ग्राहकको पर्खाइमा बसेर साँझ ७ बजे घर फर्किनुहुन्छ । तेलीका पाँच छोराछोरीसहितको परिवार जुत्ता सिलाउने पेसाले नै धानिएको छ । 

पेसा फरक भए पनि तेलीको जस्तै पीडा लङ्गड लोहारको पनि छ । नेपालगञ्ज–१० गोसाइगाउँका लङ्गड विगत ३१ वर्षदेखि फलाम पिट्ने काम गर्दै आइरहनुभएको छ । नेपालगञ्जको धम्बोझी चोकस्थित नेपाल वायु सेवा निगम अगाडि घाम, पानी, जाडो केही कुराले उहाँलाई छेक्दैन । “फलामलाई विभिन्न आकार दिएर सामान बनाउने पेसा भएपछि मौसमको के कुरा गर्नु र रु”, उहाँले भन्नुभयो, “यसैबाट जीवनको गुजारा चल्दै आएको छ, घामपानी भनेर घरमै बस्ने त कुरै भएन ।”

परिवारको पेट पाल्न ४२ डिग्रीको चर्को घाममा पनि जलेको कोइलाको रापमा लङ्गडलाई नबसी सुखै छैन । दिनको रु चार/पाँच सयदेखि रु हजारसम्म कमाइ हुने उहाँले बताउनुभयो । उहाँको सातजनाको परिवार यही काममा निर्भर छ । गर्मीमा भन्दा जाडोमा कोइलामा बस्न सहज हुने उहाँले बताउनुभयो । 

गर्मीसँगै कोइलाको रापको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “एकातिर गर्मीको ताप, अर्कोतिर आगोमा जलेको कोइलाको तातो रापले शरीर भतभती पोल्छ, के गर्नु न गरी सुख नै छैन, जानेकै यही काम हो, दिनभरि कामले आराम गर्न पाउँदिन, रातभरि जिउ दुखेर सुत्न सक्दिनँ ।”

जानकी गाउँपालिका–२ भैयापुरका सोमपाल यादव चर्को गर्मीमा पसिना पुछ्दै रिक्सा चलाउने गर्नुहुन्छ । उहाँले चलाउने रिक्सा विद्युतीय रिक्सा नभइ पाइडल हो । दैनिक नेपाल–भारतस्थित जमुनाह नाकामा यात्रुलाई गन्तव्यसम उहाँले लैजाने र ल्याउने गर्नुहुन्छ ।

पाइडल रिक्सा भएको हुनाले उहाँले चलाउने रिक्सामा घाम छेक्नका लागि कुनै ओत छैन । आफूसँगै यात्रु पनि चर्को घाममा सवार हुनुपर्ने हुनाले उहाँको रिक्सामा कमै यात्रु चढ्ने गरेको उहाँले बताउनुभयो । 

“मसँग विद्युतीय रिक्सा किन्ने पैसा छैन, साहुको रिक्सा भाडामा चलाउन सकिन्थ्यो, तर विद्यतीय रिक्सा चलाउन जान्दिनँ”, उहाँले भन्नुभयो, “मेरो रिक्सामा यात्रुहरु कमै बस्छन्, पहिलादेखि नै चलाउने बानी भएको हुनाले घरमा बस्नुभन्दा केही पैसा भए पनि कमाइ हुन्छ भन्ने आशले रिक्सा चलाउने गर्दछु ।” 

पाइडल रिक्सा चलाएर सोमपालले दैनिक रु दुई सय ५० देखि रु तीन सयको हाराहारीमा कमाइ गर्नुहुन्छ । सोमपालले विगत १४ वर्षदेखि पाइडल रिक्सा चलाउँदै आएको बताउनुभयो । सबैभन्दा बढी गर्मी हुने सहरका रूपमा परिचित नेपालगञ्जमा केही दिनयता यस वर्ष बढी गर्मीले जनजीवन प्रभावित भएको छ । अत्यधिक गर्मीका कारण बाँकेमा मजदुर, रिक्साचालक र खुला ठाउँमा काम गर्नेहरू सबैभन्दा बढी प्रभावित भएका छन् । 

चिकित्सकले गर्मीबाट जोगिन बढीभन्दा बढी पानी खान र अतिआवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेका छन् । गर्मीका कारण दिउँसो सडकमा आवतजावत पातलिएको देखिन्छ । केही सङ्घसंस्थाले चर्को गर्मीमा प्रत्यक्ष रूपमा मर्कामा परेको भन्दै यस्ता मजदुरलाई बिहान र साँझ भेली पानी, विभिन्न फलफूलका जुस, सर्बतलगायतका तरल पदार्थ बनाएर सार्वजनिक ठाउँहरूमा बाँड्दै आएका छन् ।  

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…