Pairabi logo

माघ २१, २०८२, मंगलबार                    

नेपालगन्जमा आगलागी नियन्त्रणको संयन्त्रलाई प्रभावकारी बनाइँदै

सम्वाददाता

सम्वाददाता

नेपालगन्जमा आगलागी नियन्त्रणको संयन्त्रलाई प्रभावकारी बनाइँदै
ADVERTISEMENT

नेपालगन्ज २७ जेठ : नेपालगन्जमा दमकल (बारुण यन्त्र)लाई चाहिने पानीको स्रोतको व्यवस्थापनका लागि पानी भण्डारण केन्द्र स्थापना गरिएको छ । आगलागीका घटना नियन्त्रण गर्नका लागि दमकलमा पानी भर्ने स्थानको अभावमा पानी समक केन्द्र (पानी ट्यांकी/भण्डारण)को स्थापना गरिएको हो । 

आगलागीका घटनामा आकस्मिक सेवाका लागि नगरका विभिन्न नाकामा सहज रुपमा पानीको स्रोतको भण्डारण केन्द्र नहुदा समस्या थियो । उक्त समस्यालाई मध्यनजर गर्दै सुपर परियोजनाले नेपालगन्ज खानेपानी संस्थान कार्यालय अगाडी पानी समक केन्द्र स्थापना गरेको स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र नेपालगन्जका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “केही गरी साँघुरो गल्लीभित्रको बस्तीमा आगजनी भइहाले पनि अब इनारको पानी जम्मा गरिएको ट्याङ्कीमा बस्तीभित्र पुग्ने पाइप जडान गरी आगो नियन्त्रण गरिनेछ ।”

दमकल प्रवेश गर्न नसक्ने गल्लीभित्र रहेको बस्तीमा आगजनी नियन्त्रणका लागि इनारबाट पानी सङ्कलन गरी ‘ड्राइ फायर हाइड्रेण्ड’ विधिको विकास गरिएको छ । यो विधिमा इनारको पानी ट्याङ्कीमा सङ्कलन गर्ने र ट्याङ्कीमा बस्तीभित्र पुग्नेगरी पाइप जडान गरिएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नेपालगन्ज वार्ड नं. ७ मा इनारलाई संरक्षण गरि चार हजार लिटर पानी भण्डारण गरिएको छ । 

अहिले नेपालगन्जमा दमकल रहेको स्थानमा १२ हजार लिटरको अन्डरग्राउण्ड पानी ट्यांकी रहेको बारुण यन्त्र इकाई प्रमुख झइन बहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार खाली दमकलमा पानी भर्न करिब २० मिनेटको समय लाग्ने गर्दछ । 

नेपालगन्जको खानेपानी संस्थान कार्यालयमा चार लाख ५० हजार लिटर र कार्यालय अगाडी सुर्खेतरोडमा पानी भण्डारण केन्द्र स्थापना गरिएको छ । दमकललाई चाहिने पानी कार्यालयबाट जतिबेला पनि भर्न सक्ने व्यवस्था रहेको खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरि कुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मुख्य पानी ट्यांकीबाट १० मिनेट समय लाग्छ । 

नेपालगञ्ज शहर विकास, बिस्तार र बाक्लिने क्रमसंगै यहाँ आगलागीका घटना बढन थालेको तथ्यांकले देखाएको छ । आगलागीका घटना बढ्न थालेसंगै त्यसको नियन्त्रणको प्रयास गर्न नेपालगञ्जमा अहिले शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना (सुपर) सञ्चालन गरिएको छ ।

नेपालगञ्जमा विद्युत शर्ट सर्किटवाट सबैभन्दा बढी आगलागीका घटना भएको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका बारुण यन्त्र इकाईको तथ्यांकमा २०७४ देखि २०८० चैतसम्म ६ वर्षको अवधिमा नेपालगञ्जमा ४७५ वटा आगलागीका घटना भएका छन् । 

बारुण यन्त्रकै २०७६ देखि २०८० चैतसम्मको चार वर्षे तथ्यांकमा भने नेपालगञ्जमा ३७५ आगलागीका घटना भएको उल्लेख छ । त्यसमध्ये सबैभन्दा बढी विद्युत शर्ट सर्किटका कारण ४२ प्रतिशत अर्थात १५८ आगलागीका घटना भएका छन् । 

विद्युत शर्ट सर्किटपछि अन्य अग्निजन्य क्रियाकलापबाट ९५ वटा आगलागीका घटना भएको छन् । उक्त अवधिमा भान्साघरवाट ७४ र व्यवसायिक पसलमा ६० आगलागीका घटना भएको बारुण यन्त्र इकाईका प्रमुख खड्काले बताउनुभयो । उहाँका अनुसार, पछिल्लो चार वर्षको अवधिमा नेपालगञ्जमा दिउसोको समयमा १२९ र रातिका समयमा ११९ आगलागीका घटना भएका छन् । 

बारुण यन्त्र इकाईको भवन निर्माणाधिन अवस्थामा रहेकाले कर्मचारीलाई कार्यालयमा बसउठ गर्न समस्या रहेको खड्काको गुनासो छ । नेपालगञ्जको बारुण यन्त्र इकाईको दमकलले नेपालगञ्जमा मात्र नभई उक्त अवधिमा बाँकेको डुडुवामा २८ पटक, जानकीमा ३५, खजुरामा ११, कोहलपुरमा १२, नरैनापुरमा ४ र राप्तीसोनारी गाउँपालिकामा ५ पटक आगो निभाएको इकाईले जनाएको छ । 

इकाई प्रमुख खड्काले भन्नुभयो–‘नेपालगञ्ज कार्यक्षेत्र हुँदाहुँदै पनि हामीले बाँकेका सबै पालिकामा हुने गरेको आगलागीका घटना नियन्त्रणमा लिने गरेका छौ ।’ खड्का भन्नुहुन्छ, ‘हाम्रो दमकलले भारतको सीमावर्ती वस्तीमा हुने गरेको आगलागी समेत निभाउने गरेको छ ।’ 

नेपालगञ्ज उपमहानगरपालिकाको बारुण यन्त्र इकाईसंग अहिले तीन ठूला दमकल र एउटा फायर बाईक रहेको छ । बारुण यन्त्र इकाईका १४ जना दक्ष जनशक्तिसहितको अग्नि नियन्त्रकको टिमले नेपालगञ्जलगायत बाँकेका सबै पालिकामा हुने गरेको आगलागीका घटना यथोचित समयभित्र नियन्त्रणमा लिने गरेका छन् । 

बाँकेको नेपालगन्जमा ३ वटा, कोहलपुर नगरपालिकासंग १ वटा र नरैनापुर गाउँपालिकासंग १ वटा दमकल रहेको छ । नेपालगन्जमा आगलागी नियन्त्रणको संयन्त्रलाई थप प्रभावकारी बनाउन बाँकेका अन्य पालिकासंग समेत समन्वय र सहकार्य गरि अग्नीनियन्त्रणका थप साधन स्रोतको व्यवस्थापन गरिने नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताउनुभयो ।

सुपर कार्यक्रम अन्तर्गत नेपालगञ्जका साँघुरो दुई स्थानमा अग्निनियन्त्रणका लागि फायर हाइड्रेण्ट र आठ स्थानमा पाउडरसहितको आगो निभाउने यन्त्र जडान गरिएको छ । दमकल जान नसक्ने यस्ता वस्तीमा उक्त उपकरण मेसिन जडान गरिएको बताइएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ, युएनओमेनसंगको साझेदारी र नेपालगञ्ज उपमहानगरपालिका तथा नेपाल रेडक्रसको समन्वयमा नेपालगञ्जमा सञ्चालित शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना (सुपर) ले नेपालगञ्जमा विपद् व्यवस्थापन तथा पुर्वतयारी बारे सचेतना, विपद् सम्वन्धी स्थानीय तहको संरचनालाई सबलीकरण गर्ने, विपद्को बेला अन्तरपालिका समन्वय र विषयगत क्षेत्रको अवधारण स्थापित र विपद् पुर्व तयारी कालागि स्थानीय अवस्था अनुकुलित विभिन्न नमूना अभ्यासहरु प्रर्दशन गर्ने (जस्तै रेट्रोफिटिङ्ग, स्वय्मसेवक तालम, आगलागी समन्धी अभिमुखीकरण, विपद् पुर्ब तयारी र प्रतिकार्यका लागि स्थानीय सरकारसंग मिलेर पैरवी गर्दै आएको छ । 

ताजा

सबै

आमसंचार माध्यम र आचारसंहिता कार्यान्वयन बारे अन्र्तक्रिया

नेपालगन्ज, १९ माघ । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा। कुमार शर्मा आचार्यले आचारसंहिता…

रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

तुला अधिकारी १९ माघ २०६१ । बिहानी सिफ्टको कक्षा सकिने बेला हुँदैथियो । आरआर कलेजम…

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मा…

जीवनका मौन तर गहिरो यात्रास् महिनावारीदेखि रजोनिवृत्तिसम्म

अधिवक्ता मीना पराजुली जीवनका धेरै अध्यायहरू छन्, जसलाई हामी आफैँले बाँड्न हिच्किचाउँ…

लोकप्रिय

सबै

जीवनका मौन तर गहिरो यात्रास् महिनावारीदेखि रजोनिवृत्तिसम्म

अधिवक्ता मीना पराजुली जीवनका धेरै अध्यायहरू छन्, जसलाई हामी आफैँले बाँड्न हिच्किचाउँ…

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मा…

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

आमसंचार माध्यम र आचारसंहिता कार्यान्वयन बारे अन्र्तक्रिया

आमसंचार माध्यम र आचारसंहिता कार्यान्वयन बारे अन्र्तक्रिया

नेपालगन्ज, १९ माघ । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा। कुमार शर्मा आचार्यले आचारसंहिता…

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…