Pairabi logo

कात्तिक ०३, २०८३, सोमबार                    

कांग्रेस बाँकेको दोस्रो जिल्ला सम्मेलन हुदै

सम्वाददाता

सम्वाददाता

कांग्रेस बाँकेको दोस्रो जिल्ला सम्मेलन हुदै
ADVERTISEMENT

नेपालगन्ज, जेठ २५ । नेपाली कांग्रेस बाँकेले भोलि (शनिबार) नेपालगञ्जमा दोस्रो जिल्ला सम्मेलन गर्दैछ । सुर्खेतरोडस्थित सिद्धार्थ कटेजमा विहान १० बजे सुरु हुने सम्मेलनको तयारी पूरा भएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर सम्मेलनको तयारी पूरा भएको जनाएको हो । सम्मेलनमा करीब १ हजार ५ सय प्रतिनिधि सहभागी हुने सभापति नारायणप्रसाद गौडेलले बताउनुभयो । 

सम्मेलनको नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री डा। शशांक कोइरालाले उद्घाटन गर्नुहुनेछ । दोस्रो जिल्ला सम्मेलनमा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवदेन, बार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतिकरणसंगै प्रजातन्त्र सेनानीहरु, अग्रज ब्यक्तित्व, समाजसेवी, पूर्व जनप्रतिनिधि, अग्रज नेता, प्रत्येक पालिकाबाट एकरएक जना उत्कृष्ट कार्य गरेका वडा सभापतिहरु, तीन कार्यकाल वडा सभापति भइसकेका वा हाल वडा सभापतिको भूमिकामा रहेकाहरु, सहिद परिवार तथा जनआन्दोलन र द्वन्दमा अपाङ्गता भएका, शिक्षातर्फ सामुदायिक उत्कृष्ट विद्यालय, स्वास्थ्यतर्फ उत्कृष्ट संस्था र मानव सेवामा समर्पित संघसंस्था गरी पाँच दर्जन बढी ब्यक्ति एवम् संस्थालाई सम्मान गर्न लागेको सभापति गौडेलले जानकारी गराउनुभयो । 

कांग्रेस बाँकेले १४औं महाधिवेशन पश्चात २०७९ चैत १८ गते प्रथम जिल्ला सम्मेलन गरेको थियो । सभापति गौडेलले नेपाली कांग्रेसको विधान बमोजिम नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेले गरेको निर्णय अनुसार जिल्लाभित्र रहेका वडा, पालिका, नगर, क्षेत्र र जिल्लाले बार्षिकरुपमा सम्मेलन गर्नुपर्ने व्यवस्था भए बमोजिम जिल्लाका केही वडा, पालिका र नगर बाहेक सबै वडा र क्षेत्रमा बार्षिक सम्मेलन सम्पन्न भएको बताउनुभयो । 

जिल्ला सम्मेलन विगतको समिक्षा र आगामी दिनको कार्ययोजना प्रस्तुत गर्ने थलो पनि भएकाले उल्लासपूर्ण तरिकाले सम्पन्न गर्न कांग्रेस  बाँके लागिपरेको गौडेलको भनाई छ ।

पत्रकार सम्मेलनपछि वितरित प्रेस नोटमा भनिएको छ, आम कांग्रेसजन र बाँकेबासीले अनुभूति गर्ने गरी पार्टीको प्रभावकारी उपस्थिति गाउँ–गाउँसम्म पु¥याउन हामी कर्मशील बनेर लागेका छौं । जनतासंग प्रत्यक्ष सरोकार राख्ने सामाजिक र सिर्जनात्मक क्रियाकलापहरुमा पार्टीलाई अग्रसर बनाउने हाम्रो पर्यत्न निरन्तर छ । 

हामीले स्पष्ट क्यालेण्डर र कार्ययोजनाका साथ काम गरिरहेका छौं । पत्रकारमाझ सभापति गौडेलले पहिलो बार्षिक सम्मेलन सम्पन्न गरे पश्चात सुशील कोइराला स्मृति भवनको निर्माण कार्यलाई तीब्र गतिमा अगाडि बढाएको तथा तीन बर्षे लक्ष्य भए पनि एक बर्षमै करीब ७० प्रतिशत काम सम्पन्न भइसकेको, पार्टी सुदृढीकरण अभियान अन्तर्गत ८१ वटै वडा सभापतिका लागि प्रशिक्षण तथा पाँच वटा पालिकामा पनि पलिकास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको, जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितका लागि ५५ वटा घर–टहरा निर्माण गरेको, पार्टी संचालनका लागि लाभका पदमा रहेका ब्यक्तिहरुबाट प्राप्त लेबी बिधान अनुसार सम्बन्धित तहमा पठाउने काम शुरुवात गरेको बताउनुभयो । 

पार्टीका नियमित गतिविधि सञ्चालन, केन्द्रीय क्यालेण्डर अनुसारका अभियान, दिवस, अग्रज नेताका जन्यजयन्ती, स्मृति दिवस तथा रक्तदान, खाना तथा फलफूल बितरण, बृक्षारोपण, अन्य सन्दर्भमा सामाजिक र रचनात्मक कार्यक्रमहरु आयोजना गरिएको पनि नेपाली कांग्रेस बाँकेले जनाएको छ ।

यस्तै जनचासो र जनसरोकारका विषयमा पार्टीको धारणासहित सम्बन्धित पक्षमाथि दबाब सिर्जना गर्ने गरी विज्ञप्ती जारी गर्ने, ध्यानाकर्षण गर्ने, नियमितरुपमा पत्रकारहरुसंग अन्तरक्रिया गर्ने उद्देश्यले पत्रकार भेटघाट, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुसंग नियमित बैठक, अग्रजसंग राय–परामर्श ग्रहण गर्ने काम पनि गरिरहेको सभापति गौडेलले जानकारी दिनुभयो । 

सभापति गौडेलले नेपाली कांग्रेस बाँकेका गतिविधिलाई आफ्ना मिडियाहरुमा यथोचित स्थान दिई सहयोग गर्दै आएको भन्दै धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, सञ्चार जगतसंग नियमित र निरन्तर सम्पर्कमा रहँदै विश्वासको जग बलियो बनाउन नेपाली कांग्रेस बाँके प्रतिबद्ध छ ।

पत्रकार सम्मेलनमा पार्टी उपसभापतिद्वय गोपालप्रसाद अधिकारी र कृष्ण बहादुर कार्की, सचिव शुधांशु कोइराला, सहसचिवद्वय रेनु सिंह ठाकुर र विनोद थारु, प्रवक्ता डिल्ली गिरी, पार्टीका सल्लाहकार हुर्मत न्यौपाने, जिल्ला सदस्य लगायत अन्य नेताहरुको उपस्थिति थियो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…