Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

अवधी समुदायमा वरसाईत पूजा

सम्वाददाता

सम्वाददाता

अवधी समुदायमा वरसाईत पूजा
ADVERTISEMENT

नेपालगन्ज, २४ जेठः आज ज्येष्ठ कृष्णपक्षको आमावस्या । पश्चिम तराईका जिल्लाका अवधी समुदायका महिलाहरुले वर (वरको रुख) को श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै बरसाईत (वटसावित्री) पर्व मनाउँदैछन् । 

वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘बरसाईत’ पनि भनिन्छ । वटवृक्ष भएका स्थानमा जम्मा भएर मनाइने यो पर्वमा आज बिहानैदेखि वर (वरको रुख) भएको स्थानमा नयाँ वस्त्र लगाएर महिलाहरु सामुहिक रुपमा पूजा गरेका छन् । 

पौराणिक कथाअनुसार सत्य युगमा सती सावित्रीले तपस्या र साधनाले जेठको औँसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासका आधारमा महिलाहरुले यसै कामनाका साथ यो पर्व मनाउँदै आएका छन् । 

औँसीका दिन आज विहानैदेखि निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्ष (वरको रुख)को फेदमा व्रतालु महिलाले सामुहिक रुपमा सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गरेर यो पर्व मनाउँछन् । 

सती सावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर ढलेका आफ्ना पति सत्यवानलाई जगाएर अटल सौभाग्यको वर पाएको पौराणिक कथा नै यो पर्वको परम्परा हो । वरको रुखमा ब्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन एकै ठाउँ वरको रुखको फेदमा गर्ने गरिएको पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । 

नयाँ परिधानमा सजिएर वटबृक्ष परिसर सरसफाइ गर्नेदेखि सावित्री कथा वाचन र श्रवण गर्ने परम्परा छ । आजको दिन विशेष पिठोको पुरी, गुलगुला, गुलेली, हलुवा, चना, गुणलगायत मुख्य परिकारको रुपमा पकाइने गरिएको अवधी महिला दानकुमारी पाठकले बताउनुभयो ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…