Pairabi logo

पुस १३, २०८२, आइतबार                    

मानव अधिकार ज्यादतीका घटनाको न्यूनिकरणमा सबैले ध्यान दिनुपर्नेमा जोड

सम्वाददाता

सम्वाददाता

मानव अधिकार ज्यादतीका घटनाको न्यूनिकरणमा सबैले ध्यान दिनुपर्नेमा जोड
ADVERTISEMENT

नेपालगन्ज, १६ चैत । मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको न्यूनिकरणका लागि सम्पुर्ण सरोकारवाला निकायले ध्यान दिनु पर्नेमा जोड दिइएको छ । मानव अधिकारको सवाल हरेक विषयसंग जोडिएकाले सबै क्षेत्रमा अधिकारको रक्षाका लागि सबैको भुमिका महत्वपुर्ण हुने एक कार्यक्रममा जोड दिइएको हो । 

डिसिएको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज नेपालगन्जमा आयोजना गरेको लुम्विनी प्रदेशको मानव अधिकार आवस्था विषयक अन्तरक्रियाका सहभागी सरोकारवालाले मानव अधिकारको विषय गम्भीर विषय भएकाले हरेक स्थानमा यसप्रति बढी चनाखो हुनुपर्ने बताएका थिए ।

उनीहरुले मानिसको सम्पुर्ण अधिकारलाई रक्षा गरि कुनैपनि किसिमका हिंसा तथा दुरुव्यहवार गर्न नहुने कुरामा जोड दिदै विशेष गरि कार्यान्वयन गर्ने निकायले यसप्रति बढी जिम्मेवार बन्नुपर्ने बताएका थिए । 

कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, प्रहरी नायब उपरिक्षक नारायण डाँगीले मानव अधिकारको विषयसंग जोडिएर प्रहरी प्रशासनमा आउने विभिन्न प्रकृतिका घटनाहरुका बारेमा बढी चनाखो कार्य गरिरहेको बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख द्धारिका अधिकारी, अधिकारकर्मीहरु कृष्णमरारी प्रसाद भट्ट, विश्वजित तिवारी, बसन्त गौतम, विकास आचार्य, प्रभातसिंह ठकुरी, प्रकाश उपाध्याय, कमला पन्त लगायतले नागरिकको मानव अधिकारका लागि सम्बन्धित सरोकारवाला निकायलाई खबरदारी गर्नुका साथै मानव अधिकार प्रत्याभुतिका लागि साझेदारी गर्ने गरेको बताउनु भयो । 

कार्यक्रममा इन्सेकका लुम्विनी प्रदेश संयोजक भोला महतले लुम्विनी प्रदेशमा मानव अधिकारको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । 

लुम्विनी प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटना बढी हुने गरेको छ । इन्सेकका अनुसार एक वर्षको अवधीमा महिला अधिकारसम्वन्धीका घटना उच्च रहेको छ । एक वर्षमा एक हजार ६ सय १२ वटा घटना घटेको तथ्यांक छ भने दोस्रो स्थानमा तीन सय ४ वटा बाल अधिकार सम्वन्धी घटना घटेको जनाइएको छ । 

लुम्विनी प्रदेशमा एक वर्षको अवधीमा अपहरण, बाल अधिकार, अमानविय व्यवहार, कुटपिट, महिला अधिकार, कारागारमा मृत्यु, हिरासतमा मृत्यु, सबै प्रकारका जातिय विभेद, गिरफ्तारी, घाइते, धम्की, वेपत्ता, हत्या लगायतका प्रकृतिका घटना गरि कुल दुई हजार ८३ वटा घटना भएको इन्सेकले तथ्यांक सार्वजनिक गरेको छ ।  

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…