Pairabi logo

पुस २४, २०८२, बिहीबार                    

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

डेक्स

डेक्स

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश
ADVERTISEMENT

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु–१४ फुटबल प्रतियोगिता नेपालगन्ज रंगशालामा सुरु भएको छ ।

प्रतियोगिता आयोजनाका लागि सहज वातावरण बन्दै गएकोले रोकिएका खेलहरु पुन संचालन गरिएको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनु भयो । शनिबार भएको खेलमा जित हासिल गर्दै कोहलपुरको ग्रीनपिस स्कुल र नेपालगन्जको युनाइटेड एजुकेशनल एकेडेमी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । 

नेपालगन्ज रंगशालामा भएको पहिलो खेलमा ग्रीनपिसले मनकामना मावि नेपालगन्जलाई ३–० ले पराजित गरेको छ । अर्को खेलमा युनाइटेड एजुकेशनल एकेडेमीले दिपज्योती विद्याश्रमलाई १–० ले हराएको छ । 

ग्रीनपिसको जितमा रोहन सापकोटाले ह्याट्रिक गर्नु भयो । उहाँले खेलको १७औं, ३२औं र ५०औं मिनेटमा गोल गर्नु भयो । यसैगरी अर्को खेलमा युनाइटेडका आदित्य लम्सालले गोल गर्दै टोलीलाई जित दिलाउनु भयो । आदित्यले खेलको ५०औं मिनेटमा गोल गर्नु भएको थियो । 

ग्रासरुटबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले बताउनु भयो ।

प्रतियोगितालाई यु–१४ जिल्ला स्तरीय छनोट प्रतियोगिताको रुपमा पनि लिइएको छ । प्रतियोगिताबाट छनोट भएका खेलाडीले लुम्बिनी प्रदेश स्तरीय यु–१४ प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्नेछन् । 

ताजा

सबै

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…

लोकप्रिय

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…