Pairabi logo

असोज २२, २०८३, बिहीबार                    

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

डेक्स

डेक्स

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै
ADVERTISEMENT

नेपालगन्ज, वैशाख १८ — नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोलनमा सहादत प्राप्त गरेका स्थानीय सहिद शुलभ राज श्रेष्ठ र  आयुष थापाको स्मृतिमा निर्माण गरिएको योग भवन तथा खुला जिमको उद्घाटन गरिने भएको छ।

बुद्ध जयन्तीको शुभ अवसर पारेर आयोजना गरिने कार्यक्रममा सहिदद्वयको सालिक समेत अनावरण गरिने वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले बताउनुभयो ।

वडा बासीको स्वास्थ्य र खेलकुद विकासलाई प्राथमिकता दिँदै वडा तथा प्रदेश स्तरीय बजेट समेटेर धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रको निर्माण सम्पन्न गरिएको वडा कार्यालयले जनाएको छ। वडा अध्यक्ष प्रमोद रिजालको सक्रियतामा निर्माण भएको योग भवन र खुला जिमले स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

यहाँ दैनिक रूपमा व्यायाम गर्ने र योग अभ्यास गर्नेहरूको उल्लेख्य उपस्थिति देखिने गरेको छ। योग समिति नेपालका प्रशिक्षकहरूको नेतृत्वमा हरेक बिहान ५ बजेदेखि ६स्३० बजेसम्म  नियमित योग, ध्यान, प्राणायाम तथा व्यायाम गर्ने गरेका छन्।

योग भवन निर्माण समितिका सदस्य तथा गायत्री योग केन्द्र वाटर पार्कका प्रमुख संयोजक धना रिजालले यस्तो पूर्वाधारले समाजमा स्वास्थ्य चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…