Pairabi logo

मंसिर ०७, २०८१, शुक्रबार                    

बालबिज्याइँका बारेमा कर्णाली प्रदेशका सबै जिल्ला अदालतसंग सूचना माग

सम्वाददाता

सम्वाददाता

बालबिज्याइँका बारेमा कर्णाली प्रदेशका सबै जिल्ला अदालतसंग सूचना माग
ADVERTISEMENT

नेपालगन्ज, १३ चैत । बाल संरक्षण तथा बालअधिकार सम्वन्धी कानूनी व्यवस्था कार्यान्वयनको अवस्थाका बारेमा कर्णाली प्रदेश अन्र्तगत १० वटा जिल्ला अदालतसंग सूचना माग गरिएको छ । 

जिल्ला अदालतमा बालबिज्याइँको मुद्दाहरुको अवस्था के छ, अदालतमा बाल इजलाश कक्ष छ वा छैन छ भने कसरी सुनुवाई हुने गर्दछ ? र अदालतमा बालमनोविज्ञ र बाल मनोसामाजिकहरु छन् वा छैनन, सरकारवादी मुद्दाहरु के कति विचाराधिन छ ? कति जना थुनुवा्हरु छन् ? कति जना बालबालिकाहरु बालसुधार गृहमा रहेका छन ? त्यस जिल्लामा बालसुधार छ व छैन छ भने त्यहा कति जना रहेका छन ? र बालबालिकाहरुको सुनवाई के कसरी हुन्छ ? हालसम्म कति जनाको भएको छ ? लगायतका विषयमा सूचना माग गरिएको छ । 

नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्वन्धी ऐन २०६४ अनुसार सबैले थाहा पाउनुपर्ने अधिकार अन्र्तगत नेपालगञ्जका सूचना अभियन्ताहरु विश्वजित तिवारी, राकेशकुमार मिश्र, कोहीनूरसिंह मल्ल ठकुरी, जिज्ञासा तिवारीले सूचना माग गर्नुभएको हो । 

बालबालिका सम्वन्धी ऐन २०७५, बालबालिका सम्वन्धी नियमावली २०७९ नेपालको सविंधानको धारा ३९ मा प्रष्ट रुपमा कानुनी व्यवस्था रहेको छ । कर्णाली प्रदेश अन्र्तगत सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, सल्यान, डोल्पा, जुम्ला, कालीकोट, मुगु, र हुम्ला जिल्ला अदालत कार्यालयसंग सूचना माग गरिएको छ । 

कर्णाली प्रदेशमा बाल विवाह लगायत बालबिज्याइँ सम्वन्धी मद्दाहरु बढी रहेका छन । कार्णालीमा बाल सुधार गृहको अभावमा त्यहाका बालबालिकाहरुलाई नेपालगन्ज ल्याउनुपर्ने बाध्यता समेत रहेको छ ।

ताजा

सबै

सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

नेपालगञ्ज, मंसिर ६ । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई का…

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व व…

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

लोकप्रिय

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

यो पनि

अधिकारर्मीद्धारा आयोगको ध्यानाकर्षण

अधिकारर्मीद्धारा आयोगको ध्यानाकर्षण

नेपालगन्ज । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा छानबिन आयोगका अध्…

आइएचआरसीले निःशुल्क कानूनी परामर्श सेवा प्रदान गर्दै

आइएचआरसीले निःशुल्क कानूनी परामर्श सेवा प्रदान गर्दै

नेपालगन्ज, २७ कात्तिक । सुशासन र कानूनको क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिक…

मुस्लिम महिलालाई शसक्तिकरण गरिदै

मुस्लिम महिलालाई शसक्तिकरण गरिदै

नेपालगन्ज, १३ कार्तिक :महिलाहरुको अधिकार र विभेदविरुद्ध अन्तर्राष्ट्रिय महासन्धी महासभा…

संविधान दिवसमा विभिन्न व्यक्तीलाई सम्मान

संविधान दिवसमा विभिन्न व्यक्तीलाई सम्मान

नेपालगन्ज ३ असोज । विभिन्न क्षेत्रमा ठुलो योगदान पुर्याउनुभएका बाँकेका सात जना वरिष्ठ…