शाहिदा बानो शाह
नेपालगन्ज, ४ चैत । जकात इस्लामका पांच आधारस्तम्भहरु मध्ये चौथो आधारस्तंभ हो । जसलाई इस्लामले अनिवार्य कार्यहरु भनी तोकेकोछ अर्थात यी पांच कुरा पालना जुन तोकिएछन् ती पाचैं कुरा अवलंबन गर्नुपर्छ । त्यो पनि इस्लामले भने अनुसार नै त्यसमा दायाँबायाँ र झोलझाल कति पनि गर्न मिल्दैन् । यदि कसैले झोलझाल गर्यो भने ऊ पापको भागिदार हुन्छ ।
जकात भनेको भएको सम्पूर्ण सम्पतिको अढाइ प्रतिशत निकालेर गरीब असहाय र आवश्यकता भएकाहरुलाई मद्दत गर्न छुट्टियाईएको भाग हो । साढे बाउन्न तोला चांदी वा साढे सात तोला सुन हुने व्यक्तिमाथि जकात अनिवार्य छ । अथवा साढे बाउन्न तोला चांदी जतिको रकम छ वा यति सामान छ कि जसलाई बेचेर साढे बाउन्न तोला चांदी आउन सक्छ ।
अनि त्यो सम्पति आफुसंग रहेको एक वर्ष बितिसकेछ भने उसले जकात दिनुपर्छ । त्यो पनि सम्पूर्ण सम्पतिको हिसाब किताब गरी अढाई प्रतिशत जकात छुट्याउनुपर्छ । भन्नाले रु।१०० को अढाइ प्रतिशत हुन आउँछ २ रुपैयाँ ५०पैसा ९शय रुपैँयामा अढाइ रुपैयाँ ० को हिसाबले समग्र सम्पतिको हिसाब गरी डाटा निकाली त्यसको जकात रकम छुट्याउनु पर्छ । जकातको बारेमा अरु पनि पाटा छन् सबै लेख्न भन्न साध्य न भएर सानोमा मात्र लेखिएको छ ।
आजभोलि जकात दिने प्रचलन
जकातको कुरा गर्ने भने आज ठुलाठुला मुस्लिम धनीमानीहरु इमानदारी पुर्वक जकात अदा गर्दैन्न् । कतिल त सम्पतिको हिसाब किताब नै नगरी अन्दाजी केही रकम निकालेर बाँड्दिन्छन् । कोही कोही त यस्ता काइंया चतुर हुन्छन् कि नगद रकम राख्दा र चांदी सुन वा सामान किन्दा भने जकात निकाल्नुपर्छ भनेर जग्गा किन्छन् ।
जग्गाको जकात तब मात्र हुन्छ जब त्यसबाट खाद्य बाली उब्जिन्छन् तर जग्गा खाली रहेमा जग्गाको जकात दिनु पर्दैन् । यसकारण अधिकांशले जग्गामा रकम लगानी गर्छन् । यदि मुस्लिम समुदायले इमानदारी पुर्वक जकात रकम निकाल्ने गरोस् भने आउने दिनमा समाजमा कोही गरीब असहाय नै रहदिन्न् ।
आजभोलि हेरक कुरामा रियाकारी अर्थात देखावटीपन छ । मान्छेले आफुलाई कति नै दानी हो देखाउन भनी आफ्नो घर अगाडि ५०र१०० जनाको भीड जम्मा गरी रु।२००ररु।४०० दिने गर्छन् ।
सैले पुरानो बाकस किनेर पेन्ट गराई बाँड्ने गर्छन् जुनकि उसले छोरीको बिहे दिने होला सोच्दा सम्म पेन्ट उध्रिसकेको हुन्छ । भने कसैले पसलमा राखेका पुराना जुत्ताहरु बाँड्ने गर्छन् जुनकि कतिपय लग्ने मानिसको साईज नै मिल्दैन् त कसैलाई परेको जुत्ता महिलाले लगाउने खालको हुन्छ तर ऊ आफु पुरुष कसैको जुत्ता पुरुषले लगाउने तर ऊ आफु महिला । अझ् कसै कसैले लुगा बाँडछन् जुन यति सस्तो खाले हुन्छ लग्नेले एक पटक धोएर अर्को पटक लगाउन नै नमिल्ने भइहाल्छ ।
जकात कसलाई दिने ?
जकात दिनका लागि सर्वप्रथम आफ्नो नजिकको नाता पर्ने कोही मुशतहेक अर्थात असहाय छ भने त्यसलाई दिनुपर्छ । त्यसपछि आफ्नो छरछिमेकमा कोही त्यस्तो व्यक्ति वा परिवार छ जो असहाय छ त्यसलाई प्राथमिकता दिनुपर्छ भन्नाले उसलाई दिनुपर्छ । त्यसपछि आफ्नो टोल वा शहरमा कोही छ भने त्यसलाई दिनुपर्छ । जसको लागि घर अगाडि हूल जम्मा गर्नु भन्दा बेस छ कि असहाय परिवारको पहिचान गरी टोलटोलमा पुगेर सहयोग गर्नुपर्छ । अनि आफ्नो देशमा कोही छ भने त्यसलाई दिनुपर्छ वा विदेशमा रहेका असहाय वा गरीबहरुलाई दिनुपर्छ ।
जकात सकभर दिदाँ खेरि एकमुस्ट यति रकम दिनुपर्छ कि अर्को वर्ष ऊ आफै जकात निकाल्न सुरु गरोस् भनाइको अर्थ जकात दिदाँ जकात लिने व्यक्तिलाई साहिबे निसाब अर्थ आउने वर्ष ऊ आफै जकात रकम छुट्याउन सक्षम होस् भनी उसलाई सक्षम बनाउने गरी दिनुपर्छ । अनि जकातको रकमबाट भोकमरीका सिकार घरपरिवारहरुलाई खाद्यान्न, लुगाकपडा,जुत्ता चप्पल, सीरक तन्ना, झूल, खाट भाडाँबर्तन र अन्य अति आवश्यक सरसामान पनि सहयोग गर्न सकिन्छ ।
जकात दिने कसरी ?
जकात दिने जुन चलन आजभोलि छ त्यो इस्लामी तरिका होईन् किन भने इस्लामले दिने नाममा कसैको मजाक उडाउन कहिल्यै भनेको छैन् । जकात दिने नाममा बिना अनुमति वा अनुमति लिइकन फोटो शोशल मीडियामा शेयर गर्दा उनीहरुको आत्मसम्मानमा चोट पुग्न सक्छ । यस कारण जकातको नाममा कसैलाई आत्मग्लानी महसूस गराउनु इस्लामिक तरिका कदापि होईन् ।
इस्लाम भन्छ कसैलाई दान दिदाँ यसरी देऊ कि दाँया हातले दिदाँ बायाँ हातलाई खबर न होस् । जकात पनि दिदाँ यसरी दिने गर्नुपर्छ कि लिने मान्छेलाई दिने मान्छेको अगाडि लाज महशूस न होस् । जब लिने र दिने व्यक्तिसंगै होऊन् तब उनीहरुलाई यो न लागोस् कि मैले मदत गरिदिएर आज उसको राम्रो भयो ।
लिने मान्छेलाई यो न लागोस् कि उसले गर्दा नै मेरो आज राम्रो भयो किनभने यो भावनाले एक अर्कालाई हेर्ने दृष्टिकोण फरक गरिदिन्छ । कसैलाई म कति महान भनी घमण्डी बनाइदिन सक्छ भने कसैलाई म कति निकम्मा भनी आफ्नै नजरमा खसाल्दिन सक्छ । यस कारण जकात अर्थात दान सक्दो गोप्य रुपमा दिनु नै बेस ।
उसो भए कसरी दिने त जकात ?
हुन त धेरै जसो जकात रमजान शरीफमा अलबिदाको नमाज अर्थात रमजानको अन्तिम शुक्रबारको नमाज अघि दिने गरिन्थ्यो । किन भने यो महिनामा एक पुण्यको कार्य बराबर सत्तरी पुण्य कार्य गरेको जति सौभाग्य प्राप्त हुन्छ जुन कि अलबिदाको नमाज सम्म रहने इस्लामिक मान्यता छ । तर विश्व व्यापी महामारी कोरोनाका कारण संसार भरी गरिएको दुई दुई पटकको लकडाउनका कारण विश्वका अन्य देश सरह हाम्रो नेपालमा समेत आर्थिक मन्दी , भोकमरी गरीबी र बेरोजगारी जस्ता समस्या बढेकाछन् ।
त्यस कारण जकात रकम दिनका लागि अलबिदा सम्म पर्खिराख्नु पर्ने आवश्यक छैन् त्यस भन्दा पहिला पनि दिन सकिन्छ । सो सबैले आफ्नो हैसियत अनुसार जकात रकम छुट्याइ जो मुस्तहेक ९असहाय० छन् जसमा आफ्नो आफन्त, टोलछिमेकी गरीब असहाय, अनाथ, अपांगता भएकाहरुलाई पहिलो प्राथमिकताका साथ सहयोग गर्नुपर्छ । सहयोग कसरी गर्ने भनी माथि नै उल्लेख गरिएकोछ ।
महामारीले गर्दा भएको लामो र दुई पटकको लकडाउनका कारण मानिसहरु समस्यामा परे । त्यस कारण हामीले मदत गर्दा यो बुझ्न जरुरी छ कि ती व्यक्तिहरु गरीब हुन भिकारी होईन्न् अर्को यो कुरा कि आज मैले कसैको गरीबीको मजाक उडाए भने, भोलि समय कोल्टो फेर्यो भने मेरो पनि अवस्था त्यही हुन् सक्छ ।
त्यस कारण कसैलाई जकात दिदाँ गोपनीयताको ख्याल गर्नुका साथै यो कुरा पनि ध्यान दिन जरुरी छ कि जसलाई जकात दिदैँ हो त्यसलाई यति दिँऊ कि ऊ अर्को वर्ष आफै जकात निकाल्ने बन्न सकोस् । पुरै सम्पतिको अढाई प्रतिशत भन्दा बढाएर जकात दिदाँ कुनै आपत्ति र रोक छैन् किनभने दान गर्दा सम्पत्ति त घट्ने छैन् हाँ पुण्य अवश्य बढ्नेछ ।