Pairabi logo

कात्तिक ०३, २०८३, सोमबार                    

जकात अर्थात इस्लामी टेक्स

सम्वाददाता

सम्वाददाता

जकात अर्थात इस्लामी टेक्स
ADVERTISEMENT

शाहिदा बानो शाह
नेपालगन्ज, ४ चैत । जकात इस्लामका पांच आधारस्तम्भहरु मध्ये  चौथो आधारस्तंभ हो । जसलाई इस्लामले अनिवार्य कार्यहरु भनी तोकेकोछ अर्थात यी पांच कुरा पालना जुन तोकिएछन् ती पाचैं कुरा अवलंबन गर्नुपर्छ । त्यो पनि इस्लामले भने अनुसार नै त्यसमा दायाँबायाँ र झोलझाल कति पनि गर्न मिल्दैन् । यदि कसैले झोलझाल गर्यो भने ऊ पापको भागिदार हुन्छ । 

जकात भनेको भएको सम्पूर्ण सम्पतिको अढाइ प्रतिशत निकालेर गरीब असहाय र आवश्यकता भएकाहरुलाई मद्दत गर्न छुट्टियाईएको भाग हो । साढे बाउन्न तोला चांदी वा साढे सात तोला सुन हुने व्यक्तिमाथि जकात अनिवार्य छ । अथवा साढे बाउन्न तोला चांदी जतिको रकम छ वा यति सामान छ कि जसलाई बेचेर साढे बाउन्न तोला चांदी आउन सक्छ ।

अनि त्यो सम्पति आफुसंग रहेको एक वर्ष बितिसकेछ भने उसले जकात दिनुपर्छ । त्यो पनि सम्पूर्ण सम्पतिको हिसाब किताब गरी अढाई प्रतिशत जकात छुट्याउनुपर्छ । भन्नाले रु।१०० को अढाइ प्रतिशत हुन आउँछ २ रुपैयाँ ५०पैसा ९शय रुपैँयामा अढाइ रुपैयाँ ० को हिसाबले समग्र सम्पतिको हिसाब गरी डाटा निकाली त्यसको जकात रकम छुट्याउनु पर्छ । जकातको बारेमा अरु पनि पाटा छन् सबै लेख्न भन्न साध्य न भएर सानोमा मात्र लेखिएको छ ।

आजभोलि जकात दिने प्रचलन 

जकातको कुरा गर्ने भने आज ठुलाठुला मुस्लिम धनीमानीहरु इमानदारी पुर्वक जकात अदा गर्दैन्न् । कतिल त सम्पतिको हिसाब किताब नै नगरी अन्दाजी केही रकम निकालेर बाँड्दिन्छन् । कोही कोही त यस्ता काइंया चतुर हुन्छन् कि नगद रकम राख्दा र चांदी सुन वा सामान किन्दा भने जकात निकाल्नुपर्छ भनेर जग्गा किन्छन् ।

जग्गाको जकात तब मात्र हुन्छ जब त्यसबाट खाद्य बाली उब्जिन्छन् तर जग्गा खाली रहेमा जग्गाको जकात दिनु पर्दैन् । यसकारण अधिकांशले जग्गामा रकम लगानी गर्छन् । यदि मुस्लिम समुदायले इमानदारी पुर्वक जकात रकम निकाल्ने गरोस् भने आउने दिनमा समाजमा कोही गरीब असहाय नै रहदिन्न् ।

आजभोलि हेरक कुरामा रियाकारी अर्थात देखावटीपन छ । मान्छेले आफुलाई कति नै दानी हो देखाउन भनी आफ्नो घर अगाडि ५०र१०० जनाको भीड जम्मा गरी  रु।२००ररु।४०० दिने गर्छन् ।

सैले पुरानो बाकस किनेर पेन्ट गराई बाँड्ने गर्छन् जुनकि उसले छोरीको बिहे दिने होला सोच्दा सम्म पेन्ट उध्रिसकेको हुन्छ । भने कसैले पसलमा राखेका पुराना जुत्ताहरु बाँड्ने गर्छन् जुनकि कतिपय लग्ने मानिसको साईज नै मिल्दैन् त कसैलाई परेको जुत्ता महिलाले लगाउने खालको हुन्छ तर ऊ आफु पुरुष कसैको जुत्ता पुरुषले लगाउने तर ऊ आफु महिला । अझ् कसै कसैले लुगा बाँडछन् जुन यति सस्तो खाले हुन्छ लग्नेले एक पटक धोएर अर्को पटक लगाउन नै नमिल्ने भइहाल्छ । 


 जकात कसलाई दिने ?

जकात दिनका लागि सर्वप्रथम आफ्नो नजिकको नाता पर्ने कोही मुशतहेक अर्थात असहाय छ भने त्यसलाई दिनुपर्छ । त्यसपछि आफ्नो छरछिमेकमा कोही त्यस्तो व्यक्ति वा परिवार छ जो असहाय छ त्यसलाई प्राथमिकता दिनुपर्छ भन्नाले उसलाई दिनुपर्छ । त्यसपछि आफ्नो टोल वा शहरमा कोही छ भने त्यसलाई दिनुपर्छ । जसको लागि घर अगाडि हूल जम्मा गर्नु भन्दा बेस छ कि असहाय परिवारको पहिचान गरी टोलटोलमा पुगेर सहयोग गर्नुपर्छ । अनि आफ्नो देशमा कोही छ भने त्यसलाई दिनुपर्छ वा विदेशमा रहेका असहाय वा गरीबहरुलाई दिनुपर्छ ।

जकात सकभर दिदाँ खेरि एकमुस्ट यति रकम दिनुपर्छ कि अर्को वर्ष ऊ आफै जकात निकाल्न सुरु गरोस् भनाइको अर्थ जकात दिदाँ जकात लिने व्यक्तिलाई साहिबे निसाब अर्थ आउने वर्ष ऊ आफै जकात रकम छुट्याउन सक्षम होस् भनी उसलाई सक्षम बनाउने गरी दिनुपर्छ । अनि जकातको रकमबाट भोकमरीका सिकार घरपरिवारहरुलाई खाद्यान्न, लुगाकपडा,जुत्ता चप्पल, सीरक तन्ना, झूल, खाट भाडाँबर्तन र अन्य अति आवश्यक सरसामान पनि सहयोग गर्न सकिन्छ ।


जकात दिने कसरी ?

जकात दिने जुन चलन आजभोलि छ त्यो इस्लामी तरिका होईन् किन भने इस्लामले दिने नाममा कसैको मजाक उडाउन कहिल्यै भनेको छैन् । जकात दिने नाममा बिना अनुमति वा अनुमति लिइकन फोटो शोशल मीडियामा शेयर गर्दा उनीहरुको आत्मसम्मानमा चोट पुग्न सक्छ । यस कारण जकातको नाममा कसैलाई आत्मग्लानी महसूस गराउनु इस्लामिक तरिका कदापि होईन् । 

इस्लाम भन्छ कसैलाई दान दिदाँ यसरी देऊ कि दाँया हातले दिदाँ बायाँ हातलाई खबर न होस् । जकात पनि दिदाँ यसरी दिने गर्नुपर्छ कि लिने मान्छेलाई दिने मान्छेको अगाडि लाज महशूस न होस् । जब लिने र दिने व्यक्तिसंगै होऊन् तब उनीहरुलाई यो न लागोस् कि मैले मदत गरिदिएर आज उसको राम्रो भयो ।

लिने मान्छेलाई यो न लागोस् कि उसले गर्दा नै मेरो आज राम्रो भयो किनभने यो भावनाले एक अर्कालाई हेर्ने दृष्टिकोण फरक गरिदिन्छ । कसैलाई म कति महान भनी घमण्डी बनाइदिन सक्छ भने कसैलाई म कति निकम्मा भनी आफ्नै नजरमा खसाल्दिन सक्छ । यस कारण जकात अर्थात दान सक्दो गोप्य रुपमा दिनु नै बेस  ।


उसो भए कसरी दिने त जकात ? 

हुन त धेरै जसो जकात रमजान शरीफमा अलबिदाको नमाज अर्थात रमजानको अन्तिम शुक्रबारको नमाज अघि दिने गरिन्थ्यो । किन भने यो महिनामा एक पुण्यको कार्य बराबर सत्तरी पुण्य कार्य गरेको जति सौभाग्य प्राप्त हुन्छ जुन कि अलबिदाको नमाज सम्म रहने इस्लामिक मान्यता छ । तर विश्व व्यापी महामारी कोरोनाका कारण संसार भरी गरिएको दुई दुई पटकको लकडाउनका कारण विश्वका अन्य देश सरह हाम्रो नेपालमा समेत आर्थिक मन्दी , भोकमरी गरीबी र बेरोजगारी जस्ता समस्या बढेकाछन् ।

त्यस कारण जकात रकम दिनका लागि अलबिदा सम्म पर्खिराख्नु पर्ने आवश्यक छैन् त्यस भन्दा पहिला पनि दिन सकिन्छ । सो सबैले आफ्नो हैसियत अनुसार जकात रकम छुट्याइ जो मुस्तहेक ९असहाय० छन् जसमा आफ्नो आफन्त, टोलछिमेकी गरीब असहाय, अनाथ, अपांगता भएकाहरुलाई पहिलो प्राथमिकताका साथ सहयोग गर्नुपर्छ । सहयोग कसरी गर्ने भनी माथि नै उल्लेख गरिएकोछ ।

महामारीले गर्दा भएको लामो र दुई पटकको लकडाउनका कारण  मानिसहरु समस्यामा परे । त्यस कारण हामीले मदत गर्दा यो बुझ्न जरुरी छ कि ती व्यक्तिहरु गरीब हुन भिकारी होईन्न् अर्को यो कुरा कि आज मैले कसैको गरीबीको मजाक उडाए भने, भोलि समय कोल्टो फेर्यो भने मेरो पनि अवस्था त्यही हुन् सक्छ ।

त्यस कारण कसैलाई जकात दिदाँ गोपनीयताको ख्याल गर्नुका साथै यो कुरा पनि ध्यान दिन जरुरी छ कि जसलाई जकात दिदैँ हो त्यसलाई यति दिँऊ कि ऊ अर्को वर्ष आफै जकात निकाल्ने बन्न सकोस् । पुरै सम्पतिको अढाई प्रतिशत भन्दा बढाएर जकात दिदाँ कुनै आपत्ति र रोक छैन् किनभने दान गर्दा सम्पत्ति त घट्ने छैन् हाँ पुण्य अवश्य बढ्नेछ ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…