Pairabi logo

असोज १८, २०८३, आइतबार                    

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धनका लागि अन्तरक्रिया

सम्वाददाता

सम्वाददाता

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धनका लागि अन्तरक्रिया
ADVERTISEMENT

डुडुवा (बाँके), २३ फागुन । बाँकेको डुडुवामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धन सम्वन्धी पालिकास्तरिय अन्र्तक्रिया कार्यक्रम गरिएको छ । 

डुडुवा गाउँपालिकाको समन्वयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जले आज बुधबार गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथी पालिका प्रमुख नरेन्द्रकुमार चौधरीले भ्रष्टाचारको समस्या केन्द्रीय तहदेखि नै बढेकाले यसको नियन्त्रणमा तीन वटै सरकारको भुमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले भ्रष्टाचार गरेको ठहरिएका दोषीलाई कानूनअनुसारको सजायसहित सार्वजनिक रुपमै समाजबाट बाहिष्कार गर्नुपर्ने भन्दै कानून र प्रक्रियाविपरित लोभ लालचमा परेर अनियमितता गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । 

अध्यक्ष चौधरीले स्थानीयस्तरमा सरकारले सञ्चालन गर्ने विकास निमार्णका योजनालगायतका विभिन्न कार्यक्रमको प्रत्यक्ष अवलोकन गरि गलत कार्य गर्नेविरुद्ध विशेष टिम परिचालन गर्नुपर्ने आग्रह गर्दै यसले विभिन्न अनियमितताका घटना उजागार हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पालिकाको कामकारवाही तथा निर्णय प्रक्रियालाई सुशासन मैत्री बनाउने कार्यमा विशेष ध्यान दिन्छु, स्थानीय तहमा सुशासन समिति गठन गरि थप प्रभावकारी कार्य गर्छु, आफ्ना कर्मचारीहरुले गरिरहेका कार्यमा कुनै शंका लागेमा हामीलाई सिधै उजुरी गर्न आउनुहोस ।’ उहाँको भनाई थियो । 

कार्यक्रममा अख्तियार दुरुपयोग आयोग नेपालगन्ज कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले आयोगमा आउने उजुरीको प्रकृति अनुसार अनुसन्धान गर्ने गरिएको भन्दै सत्य तथ्य र प्रमाणलाई केलाएर सबै प्रमाण संकलन गरि विशेष अदालतमा मुद्दा दायर गर्ने गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो,‘ नियमसंगत गर्नुपर्ने काम नगरी, घुस माँगेर गर्दछ भने त्यो शोषण हो ।’ आफ्नो काम कर्तव्य र अधिकार अन्र्तगत काम गर्नुपर्दछ अनि कुनै किसिमको डर भय त्रास समेत हुन्दैन ।’ 

कार्यक्रममा आयोगका कार्यालय प्रमुख अधिकारी र शाखा अधिकृत नारायण प्रसाद ढकालले अख्तिारको काम कारवाही प्रक्रिया, उजुरी, उजुरीको प्रकृति, छानविन, सजाय, कसुर, जरिवाना, स्थानीय सरकार प्रवाह गर्ने सेवाका क्रममा अपनाउनुपर्ने मापदण्डलगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । 

अन्र्तक्रियाका क्रममा सहभागीहरुले भ्रष्टाचार, उजुरी प्रक्रिया, काम कर्तव्य अधिकारलगायतका विषयमा आ–आफ्नो जिज्ञासा समेत राखेका थिए । 

कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडी, वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, झंकबहादुर थापा, मोहनराम मिश्र, कार्यपालिका सदस्य, जनप्रतिनिधी, पालिकाका विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरु, विभिन्न राजनिति दलका प्रतिनिधी लगायत गरि करिब एक बढीको सहभागिता रहेको थियो । 

आयोगमा पछिल्लो समय स्थानीय तहका उजुरीहरु बढी पर्ने भएकाले आयोगको कार्यालयले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…