Pairabi logo

पुस २७, २०८२, आइतबार                    

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धनका लागि अन्तरक्रिया

सम्वाददाता

सम्वाददाता

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धनका लागि अन्तरक्रिया
ADVERTISEMENT

डुडुवा (बाँके), २३ फागुन । बाँकेको डुडुवामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धन सम्वन्धी पालिकास्तरिय अन्र्तक्रिया कार्यक्रम गरिएको छ । 

डुडुवा गाउँपालिकाको समन्वयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जले आज बुधबार गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथी पालिका प्रमुख नरेन्द्रकुमार चौधरीले भ्रष्टाचारको समस्या केन्द्रीय तहदेखि नै बढेकाले यसको नियन्त्रणमा तीन वटै सरकारको भुमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले भ्रष्टाचार गरेको ठहरिएका दोषीलाई कानूनअनुसारको सजायसहित सार्वजनिक रुपमै समाजबाट बाहिष्कार गर्नुपर्ने भन्दै कानून र प्रक्रियाविपरित लोभ लालचमा परेर अनियमितता गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । 

अध्यक्ष चौधरीले स्थानीयस्तरमा सरकारले सञ्चालन गर्ने विकास निमार्णका योजनालगायतका विभिन्न कार्यक्रमको प्रत्यक्ष अवलोकन गरि गलत कार्य गर्नेविरुद्ध विशेष टिम परिचालन गर्नुपर्ने आग्रह गर्दै यसले विभिन्न अनियमितताका घटना उजागार हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पालिकाको कामकारवाही तथा निर्णय प्रक्रियालाई सुशासन मैत्री बनाउने कार्यमा विशेष ध्यान दिन्छु, स्थानीय तहमा सुशासन समिति गठन गरि थप प्रभावकारी कार्य गर्छु, आफ्ना कर्मचारीहरुले गरिरहेका कार्यमा कुनै शंका लागेमा हामीलाई सिधै उजुरी गर्न आउनुहोस ।’ उहाँको भनाई थियो । 

कार्यक्रममा अख्तियार दुरुपयोग आयोग नेपालगन्ज कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले आयोगमा आउने उजुरीको प्रकृति अनुसार अनुसन्धान गर्ने गरिएको भन्दै सत्य तथ्य र प्रमाणलाई केलाएर सबै प्रमाण संकलन गरि विशेष अदालतमा मुद्दा दायर गर्ने गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो,‘ नियमसंगत गर्नुपर्ने काम नगरी, घुस माँगेर गर्दछ भने त्यो शोषण हो ।’ आफ्नो काम कर्तव्य र अधिकार अन्र्तगत काम गर्नुपर्दछ अनि कुनै किसिमको डर भय त्रास समेत हुन्दैन ।’ 

कार्यक्रममा आयोगका कार्यालय प्रमुख अधिकारी र शाखा अधिकृत नारायण प्रसाद ढकालले अख्तिारको काम कारवाही प्रक्रिया, उजुरी, उजुरीको प्रकृति, छानविन, सजाय, कसुर, जरिवाना, स्थानीय सरकार प्रवाह गर्ने सेवाका क्रममा अपनाउनुपर्ने मापदण्डलगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । 

अन्र्तक्रियाका क्रममा सहभागीहरुले भ्रष्टाचार, उजुरी प्रक्रिया, काम कर्तव्य अधिकारलगायतका विषयमा आ–आफ्नो जिज्ञासा समेत राखेका थिए । 

कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडी, वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, झंकबहादुर थापा, मोहनराम मिश्र, कार्यपालिका सदस्य, जनप्रतिनिधी, पालिकाका विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरु, विभिन्न राजनिति दलका प्रतिनिधी लगायत गरि करिब एक बढीको सहभागिता रहेको थियो । 

आयोगमा पछिल्लो समय स्थानीय तहका उजुरीहरु बढी पर्ने भएकाले आयोगको कार्यालयले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…