Pairabi logo

पुस १३, २०८२, आइतबार                    

खडैचा नाकाबाट शसस्त्र प्रहरीको सेटिङ्गमा अबैध तस्करी, शसस्त्र प्रहरी प्रमुखद्वारा स्थानीयलाई कुटपिट

सम्वाददाता

सम्वाददाता

खडैचा नाकाबाट शसस्त्र प्रहरीको सेटिङ्गमा अबैध तस्करी, शसस्त्र प्रहरी प्रमुखद्वारा स्थानीयलाई कुटपिट
ADVERTISEMENT

नेपालगन्ज १४ माघ । बाँके डुडुवा गाउँपलिका खडैचा नाकाबाट शसस्त्र प्रहरीको सेटिङ्गमा अबैध तस्करी बढेको पाइएको छ । उक्त नाकाबाट दैनिक सैयौ जनाले ठुला परिमाणमा अबैध सामाग्रीहरु भारतबाट ल्याउने गरेपनि भन्सार नतिरी प्रहरीको सहयोगमा सामान भित्रयाउने कार्य बढेको प्रत्यक्षदर्शी बताउछन । 

प्रहरीको सेटिङ्गमा ल्याइएको सामानलाई प्रहरीले खासै चेकजाँच नगरेपनि आफ्नो घरायसी प्रयोजनका लागि ५ सय एक हजारसम्मको सामानलाई चेकजाँच गरी अनावश्यक दुख दिने गरिएको स्थानीयले बताएका छन । 

बाँके डुडुवा गाउँपालिका वार्ड नंं–२ कोलहीका स्थानीय भिमसेन बर्मा र गुल्टु बर्माले विस्कुट, नमकिनलगायत घरयासी प्रयोजनका लागि ल्याएको करिब रु सात सय बराबरको सामान शनिबार शसस्त्र प्रहरी (विओपी) खडैचाका प्रहरी निरिक्षक ओम ढकालले सामान खोसेर राखेको र पछि खबर गरेर सामान लिन आउनु भनि बोलएको तर सामान नदिई उनी दुबैजनालाई सामान्य कुटपिट गरि अभद्र व्यवहार गर्नुभएको छ । 

गरिब परिवारलाई सामान्य सामानहरु ल्याउन नदिने र नियन्त्रमा लिइएको सामानलाई भन्सार कार्यालय पठाउनुका सट्टा उल्टै हामीलाई कुटपिट गरि गाली गलौज गर्नु भनेको मानव अधिकारको समेत हनन भएको पीडित बर्माले बताएका छन । 

अबैध सामानलाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाउनुका साटो मानिसलाई गालीगलौज गरि धम्काउनु कहाँको कानून हो भनेर पिडित बर्माले दुखेसो पोख्नुभयो । 

उहाँले भन्नुभयो, ‘मैले सामान ल्याए, मेरो सामानलाई बरु भन्सार गराउनुपरयो, तर प्रहरीले मलाई कुटपिट, गाली गर्न मिल्छ ।’ उहाँले प्रश्न गनुभयो, मेरो अगाडी कतिले खुलेआम सामानहरु लग्ने गरेको तर उनीहरुलाई केही नभन्ने तर मेरो सामान पनि खोसेर अभद्र व्यवहार गरेको बताउनुभयो । उहाँले कानूनअनुसारको भन्सार तिराउनु पर्नेमा अभद्र व्यवहार गरेको घटनाबारे छानविन गरि दोषीलाई कारवाहीका लागि सम्वन्धित सरोकारवाला निकायसंग माग गर्नुभएको छ । 

यस विषयमा शसस्त्र प्रहरी निरिक्षक ढकाललाई बुझ्दा उक्त घटना केही पनि नभएको भन्दै बरु शुक्रबारको हकमा जानकी बजारबाट यहाँका नेपालीले त्यहाबाट ल्याउने तरकारीलगायतका सामान ल्याउन दिएको प्रतिक्रिया दिनुभयो ।  

बाँकेका विभिन्न सिमा नाकामा छोटी भन्सारको अभावमा अबैध तस्करी बढने गरेको छ । प्रहरीलाई मिलाएर दैनिक जसो खेलेआम सामानहरुको तस्करी बढदै गएको स्थानीयले बताएका छन । यस विषयमा सरोकारवाला निकायको ध्यान अझै नगएको प्रति स्थानीय अगुवा चिन्तित बनेका छन ।
 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…