Pairabi logo

असोज २६, २०८३, सोमबार                    

थारू बहुल बस्तीमा माघी हर्षोल्लासपूर्व मनाइँदै

सम्वाददाता

सम्वाददाता

थारू बहुल बस्तीमा माघी हर्षोल्लासपूर्व मनाइँदै
ADVERTISEMENT

नेपालगन्ज, १ माघ : थारू समुदायको मुख्यपर्व माघीका अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित भुवरभवानी मन्दिर परिसरमा आइतबारदेखि माघको ४ गतेसम्म माघी मेला लागेको छ । 

बैजापुरस्थित भुवरभवानी मन्दिर परिसरमा प्रत्येक वर्ष माघी पर्वका अवसरमा लाग्ने माघी मेलामा बाँकेसहित छिमेकी जिल्ला र भारतबाट भक्तजन यहाँ पुग्ने गरेका मेलाका संरक्षक एवं वडा नं ३ का वडाध्यक्ष मीनकुमार थारूले जानकारी दिनुभयो । “यो मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको प्रचारप्रसारका लागि मेला आयोजना गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।” 

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले भुवरभवानी मन्दिरको ऐतिहासिक महत्व रहेको भन्दै पुर्खौंदेखि लाग्दै आएको मेलाले यस क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । भुवरभवानी मन्दिर राप्तीसोनारीको प्रमुख ऐतिहासिक एवं धार्मिक धरोहर रहेको भन्दै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नाका साथै मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । 

विसं २०१३ मा स्थापना भएको उक्त मन्दिरमा वर्षमा तीनपटक विशेष पूजासँगै लाग्ने मेलामा व्यापार व्यवसायका साथै मनोरञ्जनात्मक विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मेला आयोजक समितिले जनाएको छ । मेलामा थारू समुदायको कला, संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति हुने गरेको छ । 

माघी पर्वका अवसरमा थारू गाउँमा हर्षोल्लासका साथ मनोरञ्जनसँगै विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन् । यस्ता कार्यक्रमले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न सहयोग पुग्ने थारू अगुवा बडघर केवलसिंह थारूले बताउनुभयो । उहाँका अनुसार थारू समुदायमा माघी पर्वको छुट्टै रौनकता छ । नयाँ वर्षका रुपमा लिइने माघीले थारू समुदाय तथा बस्ती उल्लासमय भएका छन् ।

    कञ्चनपुरका थारू गाउँमा माघीको रौनकता 

कञ्चनपुरका थारू गाउँमा माघी पर्वको रौनकता छाएको छ । रातभर आगोको धुनी जगाई डम्फु र मादलको तालमा नाचेका थारू समुदायले माघको पहिलो दिन आज बिहानै नदी, तालतलाउलगायत पानीका प्राकृतिक स्रोतमा नुहाएका छन् ।

 जाग्रामा नबसेकालाई गाउँका अरूले ‘माघ नहाई नदीया, तलवामे चलो रे’ भन्दै घरघरमा पुगेर उठाउँदै हुल बाँधेर नुहाउन नदीमा जाने प्रचलन रहेको स्थानीय रूपसिंह डगौँराले बताउनुभयो । “माघको पहिलो दिन बिहानै सामूहिक रुपमा नुहाउने चलन पुरानै हो”, उहाँले भन्नुभयो, “यसलाई जीवन्त राख्ने कार्यमा बूढापाकाहरु लागेका छन् ।” 

नदीमा कुलदेवतालाई स्मरण गर्दै दक्षिणा चढाएर पूजा गर्ने जनकलाल डगौँराले बताउनुभयो । उहाँका अनुसार नदी किनारमा गाउँका अगुवाले ढुङ्गाका देवता स्थापित गरेर पूजा गर्दछन् । “घरबाट लगिएको चामलको पीठोको टीका बनाई सबैले लगाउने गर्दछन्”, उहाँले भन्न्ुभयो, “पूजा सकेर ठूलाबडासँग आशीर्वाद लिने र सपरिवार मिलेर विभिन्न परिकार खाने परम्परा रहेको छ ।”

गाउँगाउँमा नृत्य गर्दै सामूहिक रुपमा रमाउने गरिन्छ । नाच्नेहरुले आँखाको परेलाले पैसा उठाउने गर्दछन् । माघदेखि थारू समुदायको नयाँ वर्ष सुरु हुन्छ । यस अवसरमा नयाँ कार्यको थालनी गर्ने चलन थारू समुदायमा रहेको छ । माघ सुरु हुनुभन्दा अघिल्लो दिन घरका प्रमुखले सँुगुरको मासुको जोहो मिलाउने गर्दछन् । सुँगुर ढाल्ने कार्यलाई थारू समुदायले जिता मर्ना भन्ने गर्दछन् । 

“हिजो बिहानै सुँगुर ढाल्यौँ”, स्थानीय रूपसिंहले भन्नुभयो, “दिनभर पकुवा बनाएर गाउँका अगुवासँग बसेर अन्तीको चामलबाट बनेको जाँड खायौँ ।” माघ लागेपछि कुनै पनि जनावरको बध गर्न नहुने जनविश्वासका कारण अघिल्लो दिन नै सुँगुर, कुखुरा, भेडा, बाख्रालगायत जनावर काट्ने तथा गच्छेअनुसार मासु खरिद गरी गर्ने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो ।

माघीमा आउने पाहुनाका लागि ढिक्री, सिन्की, खेरिया बनाउनाका साथै तरुल उसिनेर खाने गरिन्छ । कृष्णपुर नगरपालिका–२ बाणिका अस्पती चौधरीले आज बिहानदेखि पाहुना आउन थालेकाले विभिन्न खानाका परिकार बनाइएको बताउनुभयो । 

रातभर धुनी जगाई मादल, डम्फुसँगै नाच्ने गाउने, खाने गरिएको छेदालाल डगौँराले बताउनुभयो । कोराना महामारीका कारण विगत तीन वर्षदेखि माघीलगायत चाडपर्व उल्लासपूर्वक मनाउन नपाइएको भन्दै यस वर्ष परम्परागत रुपमा माघी बनाइएको उहाँले बताउनुभयो । 

डगौँराका अनुसार आज साँझ ढकियामा चामल, दाल, खुर्सानी, नुन सहित राखिएका निश्राउको पूजा गरी घरमा बनेका परिकार दिदीबहिनीलाई छुट्याएर राख्ने चलन छ । माघीमा भेटन नआएका दिदीबहिनीको घरमा पुगेर माघको कोेसेली दिने चलन रहेको उहाँले बताउनुभयो । 
  
माघीका अवसरमा थारू समुदायले खोजनी बोझनीको कार्य पनि गर्दछन् । यस अवसरमा गाउँको नेतृत्व गर्ने वडघर, गुरुवा, केसौका, चौकीदारलगायत चुन्ने गरिन्छ । वडघरले गाउँमा विवाह, बाटोघाटो बनाउनेलगायत नयाँ कार्यको सुरुआत पनि गर्छन् । 

  

दाङमा माघी हर्षोल्लासका साथ मनाउँदै

थारू समुखायको महान पर्व माघी आज दाङका थारू बस्तीमा हर्षोल्लासका साथ मनाइँदैछ । बिहान जिल्लाका विभिन्न थारू बस्तीका स्थानीय नदी, तलाउ, पोखरी, जलाशयमा गएर स्नान गरी पूजा गर्दै यो पर्व मनाइरहेका छन् ।

गएरातिदेखि नाचगान गर्दै माघी पर्व  मनाउन थालेका उनीहरु अहिले आ–आफ्ना मतवा ९गाउँका अगुवा० का घरमा जम्मा भई टीका लगाउन थालेका छन् । तुलसीपुर उपमहानगरपालिका–६ का २५ वर्षीय श्याम चौधरीले आफूहरु मतवाको घरमा जम्मा भएर टीकासँगै आशीर्वाद ग्रहण गरिएको बताउनुभयो । उहाँका अनुसार थारूले माघीका अवसरमा विशेष परिकार ढिक्री, सुँगुरको  मासु, जाँड खाने र नाचगान गरी रमाइलो गर्ने प्रचलन रहेको छ ।

आजको दिनमा थारूले आफ्ना चेलीबेटीलाई घरमा बोलाउने, टीका लगाइदिने, चामल, नुन, तरकारी, गेडागुडी राखेर निश्राउ ९खाद्य परिकार० बनाएर दिने गर्दछन् । नयाँ वर्षका रुपमा मनाउने यस पर्वमा थारूले वर्षभरि गर्ने कामको योजना बनाउने, नयाँ मतवाको चयन गर्नेलगायत काम गर्छन् । माघी पर्वलाई थारू समुदायको मौलिक संस्कृतिका रुपमा मनाइन्छ । 

पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी ९पीठोको एक परिकार०, माछालगायत परिकार बनाएर जाँड, रक्सीका साथै विभिन्न परिकार बनाएर खाने, रातभर ढुमरु ९लोक बाजा० गाउने र नाचगान गर्ने प्रचलन छ । दाङसहित पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारूले यस पर्वलाई धुमधामका साथ मनाउने गर्दछन् ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …