Pairabi logo

पुस १३, २०८२, आइतबार                    

थारू बहुल बस्तीमा माघी हर्षोल्लासपूर्व मनाइँदै

सम्वाददाता

सम्वाददाता

थारू बहुल बस्तीमा माघी हर्षोल्लासपूर्व मनाइँदै
ADVERTISEMENT

नेपालगन्ज, १ माघ : थारू समुदायको मुख्यपर्व माघीका अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित भुवरभवानी मन्दिर परिसरमा आइतबारदेखि माघको ४ गतेसम्म माघी मेला लागेको छ । 

बैजापुरस्थित भुवरभवानी मन्दिर परिसरमा प्रत्येक वर्ष माघी पर्वका अवसरमा लाग्ने माघी मेलामा बाँकेसहित छिमेकी जिल्ला र भारतबाट भक्तजन यहाँ पुग्ने गरेका मेलाका संरक्षक एवं वडा नं ३ का वडाध्यक्ष मीनकुमार थारूले जानकारी दिनुभयो । “यो मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको प्रचारप्रसारका लागि मेला आयोजना गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।” 

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले भुवरभवानी मन्दिरको ऐतिहासिक महत्व रहेको भन्दै पुर्खौंदेखि लाग्दै आएको मेलाले यस क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । भुवरभवानी मन्दिर राप्तीसोनारीको प्रमुख ऐतिहासिक एवं धार्मिक धरोहर रहेको भन्दै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नाका साथै मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । 

विसं २०१३ मा स्थापना भएको उक्त मन्दिरमा वर्षमा तीनपटक विशेष पूजासँगै लाग्ने मेलामा व्यापार व्यवसायका साथै मनोरञ्जनात्मक विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मेला आयोजक समितिले जनाएको छ । मेलामा थारू समुदायको कला, संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति हुने गरेको छ । 

माघी पर्वका अवसरमा थारू गाउँमा हर्षोल्लासका साथ मनोरञ्जनसँगै विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन् । यस्ता कार्यक्रमले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न सहयोग पुग्ने थारू अगुवा बडघर केवलसिंह थारूले बताउनुभयो । उहाँका अनुसार थारू समुदायमा माघी पर्वको छुट्टै रौनकता छ । नयाँ वर्षका रुपमा लिइने माघीले थारू समुदाय तथा बस्ती उल्लासमय भएका छन् ।

    कञ्चनपुरका थारू गाउँमा माघीको रौनकता 

कञ्चनपुरका थारू गाउँमा माघी पर्वको रौनकता छाएको छ । रातभर आगोको धुनी जगाई डम्फु र मादलको तालमा नाचेका थारू समुदायले माघको पहिलो दिन आज बिहानै नदी, तालतलाउलगायत पानीका प्राकृतिक स्रोतमा नुहाएका छन् ।

 जाग्रामा नबसेकालाई गाउँका अरूले ‘माघ नहाई नदीया, तलवामे चलो रे’ भन्दै घरघरमा पुगेर उठाउँदै हुल बाँधेर नुहाउन नदीमा जाने प्रचलन रहेको स्थानीय रूपसिंह डगौँराले बताउनुभयो । “माघको पहिलो दिन बिहानै सामूहिक रुपमा नुहाउने चलन पुरानै हो”, उहाँले भन्नुभयो, “यसलाई जीवन्त राख्ने कार्यमा बूढापाकाहरु लागेका छन् ।” 

नदीमा कुलदेवतालाई स्मरण गर्दै दक्षिणा चढाएर पूजा गर्ने जनकलाल डगौँराले बताउनुभयो । उहाँका अनुसार नदी किनारमा गाउँका अगुवाले ढुङ्गाका देवता स्थापित गरेर पूजा गर्दछन् । “घरबाट लगिएको चामलको पीठोको टीका बनाई सबैले लगाउने गर्दछन्”, उहाँले भन्न्ुभयो, “पूजा सकेर ठूलाबडासँग आशीर्वाद लिने र सपरिवार मिलेर विभिन्न परिकार खाने परम्परा रहेको छ ।”

गाउँगाउँमा नृत्य गर्दै सामूहिक रुपमा रमाउने गरिन्छ । नाच्नेहरुले आँखाको परेलाले पैसा उठाउने गर्दछन् । माघदेखि थारू समुदायको नयाँ वर्ष सुरु हुन्छ । यस अवसरमा नयाँ कार्यको थालनी गर्ने चलन थारू समुदायमा रहेको छ । माघ सुरु हुनुभन्दा अघिल्लो दिन घरका प्रमुखले सँुगुरको मासुको जोहो मिलाउने गर्दछन् । सुँगुर ढाल्ने कार्यलाई थारू समुदायले जिता मर्ना भन्ने गर्दछन् । 

“हिजो बिहानै सुँगुर ढाल्यौँ”, स्थानीय रूपसिंहले भन्नुभयो, “दिनभर पकुवा बनाएर गाउँका अगुवासँग बसेर अन्तीको चामलबाट बनेको जाँड खायौँ ।” माघ लागेपछि कुनै पनि जनावरको बध गर्न नहुने जनविश्वासका कारण अघिल्लो दिन नै सुँगुर, कुखुरा, भेडा, बाख्रालगायत जनावर काट्ने तथा गच्छेअनुसार मासु खरिद गरी गर्ने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो ।

माघीमा आउने पाहुनाका लागि ढिक्री, सिन्की, खेरिया बनाउनाका साथै तरुल उसिनेर खाने गरिन्छ । कृष्णपुर नगरपालिका–२ बाणिका अस्पती चौधरीले आज बिहानदेखि पाहुना आउन थालेकाले विभिन्न खानाका परिकार बनाइएको बताउनुभयो । 

रातभर धुनी जगाई मादल, डम्फुसँगै नाच्ने गाउने, खाने गरिएको छेदालाल डगौँराले बताउनुभयो । कोराना महामारीका कारण विगत तीन वर्षदेखि माघीलगायत चाडपर्व उल्लासपूर्वक मनाउन नपाइएको भन्दै यस वर्ष परम्परागत रुपमा माघी बनाइएको उहाँले बताउनुभयो । 

डगौँराका अनुसार आज साँझ ढकियामा चामल, दाल, खुर्सानी, नुन सहित राखिएका निश्राउको पूजा गरी घरमा बनेका परिकार दिदीबहिनीलाई छुट्याएर राख्ने चलन छ । माघीमा भेटन नआएका दिदीबहिनीको घरमा पुगेर माघको कोेसेली दिने चलन रहेको उहाँले बताउनुभयो । 
  
माघीका अवसरमा थारू समुदायले खोजनी बोझनीको कार्य पनि गर्दछन् । यस अवसरमा गाउँको नेतृत्व गर्ने वडघर, गुरुवा, केसौका, चौकीदारलगायत चुन्ने गरिन्छ । वडघरले गाउँमा विवाह, बाटोघाटो बनाउनेलगायत नयाँ कार्यको सुरुआत पनि गर्छन् । 

  

दाङमा माघी हर्षोल्लासका साथ मनाउँदै

थारू समुखायको महान पर्व माघी आज दाङका थारू बस्तीमा हर्षोल्लासका साथ मनाइँदैछ । बिहान जिल्लाका विभिन्न थारू बस्तीका स्थानीय नदी, तलाउ, पोखरी, जलाशयमा गएर स्नान गरी पूजा गर्दै यो पर्व मनाइरहेका छन् ।

गएरातिदेखि नाचगान गर्दै माघी पर्व  मनाउन थालेका उनीहरु अहिले आ–आफ्ना मतवा ९गाउँका अगुवा० का घरमा जम्मा भई टीका लगाउन थालेका छन् । तुलसीपुर उपमहानगरपालिका–६ का २५ वर्षीय श्याम चौधरीले आफूहरु मतवाको घरमा जम्मा भएर टीकासँगै आशीर्वाद ग्रहण गरिएको बताउनुभयो । उहाँका अनुसार थारूले माघीका अवसरमा विशेष परिकार ढिक्री, सुँगुरको  मासु, जाँड खाने र नाचगान गरी रमाइलो गर्ने प्रचलन रहेको छ ।

आजको दिनमा थारूले आफ्ना चेलीबेटीलाई घरमा बोलाउने, टीका लगाइदिने, चामल, नुन, तरकारी, गेडागुडी राखेर निश्राउ ९खाद्य परिकार० बनाएर दिने गर्दछन् । नयाँ वर्षका रुपमा मनाउने यस पर्वमा थारूले वर्षभरि गर्ने कामको योजना बनाउने, नयाँ मतवाको चयन गर्नेलगायत काम गर्छन् । माघी पर्वलाई थारू समुदायको मौलिक संस्कृतिका रुपमा मनाइन्छ । 

पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी ९पीठोको एक परिकार०, माछालगायत परिकार बनाएर जाँड, रक्सीका साथै विभिन्न परिकार बनाएर खाने, रातभर ढुमरु ९लोक बाजा० गाउने र नाचगान गर्ने प्रचलन छ । दाङसहित पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारूले यस पर्वलाई धुमधामका साथ मनाउने गर्दछन् ।

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्ज, १ मसिंर । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा नेपालगन्जमा दुई द…

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

नेपालगञ्ज, २३ कात्तिक स् बाँके राप्तीसोनारी४ स्थित चुरे पहाडमा रहेको बर्फानी बाबा मन्द…

राप्ती नदी सिधनिया घाटमा पुर्णमासी मेला सुरु

राप्ती नदी सिधनिया घाटमा पुर्णमासी मेला सुरु

नेपालगन्ज १७ कात्तिक । बाँकेको राप्ती नदी सिधनिया घाटमा तीन दिने पुर्णमासी मेला शुर…