Pairabi logo

माघ ०६, २०८२, सोमबार                    

कृतिम चेतनशीलता

सम्वाददाता

सम्वाददाता

कृतिम चेतनशीलता
ADVERTISEMENT

विचार 

रविन्द्र ज्ञवाली । 
कृतिम चेतनशीलता अर्थात अंग्रेजीमा Artificial Intelligence ले आजकाल सारा सामाजिक संजालमा आफ्नो प्रभाव पार्दै गरेको छ । यसले विशेष गरेर सामाजिक संजालमा विविध एप्लिकेशनहरु प्रयोग गर्नेहरुलार्इ धेरै सहजता प्रदान गरेको छ ।

एप्लीकेशन प्रयोगकर्ताहरुलाइ उनीहरुले खोजेको विषय यो कृतिम चेतनशीलताले प्रयोगकर्ताको लेखाइ बुझेर तुरुन्त  सुझाव पेश गरिदिन्छ । धेरै‌ले यसरी दिइएका सुझावहरुको प्रयोग गर्ने गर्दछन् , जुन Happy Birthday, Happy Anniversary, Congratulation , Cute, Right  जस्ता अनेक शब्दहरु रहने गर्दछन् । 

यसरी मानिसहरुको लेखाइलाई चिनेर कृतिम चेतनशीेताले विविध प्रकारका सुझावहरु पेश गर्नुले दुनिया कति अगाडी बढिसकेको छ भन्ने बुझ्न सकिन्छ भने अर्कोतर्फ यसरी मानिसहरुले लेखेको भाव अनुसार बुझ्न सक्ने कृतिम चेतनशीलताको प्रयोग यसका निर्माताहरुले कहाँ कहाँ प्रयोग गर्न सक्छन भन्ने त हामी धेरैलार्इ थाहा नशर हुँदैन । 

एउटा परिवारका सदस्यहरुमा हुने गफगाफ, कार्यालयमा हुने वार्तालापहरु , पति पत्नीेवीच हुने कुराकानीहरु, साथीहरुसँग गरिने कुराकानीहरुमा कति त गोपनीय वा संवेदनशील पनि त हुन सक्छन् । कतिले आफ्ना पासवर्डहरु समेत भनेको होलान् ? कतिले आफ्ना परिवारलाइ वैंकमा भएको रकम भनेका होलान्  ? कति प्रेमी प्रेमिकाले आपसी गफ गर्दो होलान ? यस्ता अवस्थाहरुमा सबैको मोबाइल आफ्नै छेउछाउ, पकेटमार, व्यागमा, टेवलमा राखिएको हुने गर्छ भने त्यसमा समेत हामिले गर्ने गरेको कुराहरु मोबाइलको माइक्रो फोन हुँदै सफ्टवेयरमा रेकर्ड पनि त हुन सक्छ ,

ती रेकर्डहरु संसारमा जता पनि त पुग्न सक्छ ।  यदि त्यसो भएमा मानिसहरुको जीवन कति जोखिम मा रहेको छ होला त ? 
अहिले हामीले‌ सामान्य  रुपमा बोल्ने कुरा समेत मोबाइल एपले रेकर्ड गर्ने गर्छ र कुराकानीे कै आधारमा मोबाइल खोल्ने वित्तिकै त्यस्तै प्रकार का प्रचार प्रसारका सामाग्रीहरु देखिन शुरु हुन्छन ।

यस्ता विषयहरु मोबाइल एप्लीकेशनरसफ्टवेयरमा रहने कृतिम चेतनशीलता ले‌ मानिसहरुका कुरा  रेकर्ड गरेर ति डेटाहरुलाइ मानिसहरुको चाहना अनुसार का विषयहरुमा परिणत गरेर प्रस्तुत गर्न सक्छन् ।
 
यसै कुरालाइ आधारमानेर हेर्दा यस्तो कृतिम चेतनशीलतालाइ  यसका डेभलपरहरुले जस्तो किसिमबाट पनि त प्रयोग गराउने बनाउन सक्छन् ।

मोबाइल प्रयोगकर्ताहरुको फोटो, मोबाइल मा रहेका डेटाहरु सहजै अन्यत्र स्थानान्तर गर्न सकिने यस्ता प्रविधी कति जोखिमपुर्ण हुन सक्छ ? आजकाल मोबाइलमा कुनै एप्लिकेशन चलाउन नपाउँदै‌ हत्त न पत्त कुनै महिला, युवती को फोटो देखाएर यो एप चलाएर साथीभाइ सँग खुशी साटासाट गर्नुसू जस्ता अभिव्यक्ति प्रस्तुत गरिन्छ । 

थाहा छैन उक्त एप्लिकेशन को लागि देखाइएका महिला तथा युवतीहरुको फोटो तिनिहरुको सहमतिमा हो वा होइन भन्ने कुरा र यस्ता देखाइने फोटो हरु हेर्दा कतिपय भद्र (महिलाहरु र युवतीहरु पनि देखिने गर्दछन् । हुन सक्छ उनीहरुको सहमति लिइएको होस र नहुन पनि सक्छ अतस् यस्ता विषयहरुलाई इल प्रयोग‌कर्ताहरुले‌ राम्रोसँग बुझेका हुन पर्ने हुन्छ ।

ताजा

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

लोकप्रिय

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

नेपालगन्ज पश्चिम नेपालका लागि आर्थिक हबका रुपमा परिचित रहेको छ । यससँगै पछिल्लो समय…

नेपाल–भारतबीचको ‘रोटी-बेटी’ सम्बन्ध

नेपाल–भारतबीचको ‘रोटी-बेटी’ सम्बन्ध

राकेशकुमार मिश्र नेपाल र भारत दुई निकट छिमेकी राष्ट्रहरू हुन्, जसको सम्बन्ध केवल राजन…

दसैँले रोग नबोकाओस्, अस्पतालको बास नहोस्

दसैँले रोग नबोकाओस्, अस्पतालको बास नहोस्

डा प्रकाश बुढाथोकी विचार असोज महिना वातावरणीय हिसाबले जति रमणीय हुन्छ, धार्मिक तथा…

हर्ष कृति बौद्ध बिहारको संरक्षण र समुचित ब्यवस्थापन गर्न समितिको सिफारिस

हर्ष कृति बौद्ध बिहारको संरक्षण र समुचित ब्यवस्थापन गर्न समितिको सिफारिस

बसन्त गौतम । नेपालगन्ज बागेश्वरी मन्दिर नजिकै रहेको हर्ष कृति बौद्ध बिहारको संरक्षण र …