Pairabi logo

बैशाख १४, २०८२, आइतबार                    

विपतमा मानविय सेवा गरौँ

सम्वाददाता

सम्वाददाता

विपतमा मानविय सेवा गरौँ
ADVERTISEMENT

विचार 

निर्मल सुवेदी 

मोबाइलमा आलर्म राखिएको हुदाँ ६ बजेको संकेत गर्दै धुन बज्यो । त्यस लगत्तै निन्द्रा खुल्यो । झ्यालको एउटा पल्ला खुल्लै राखिएको भएर अलि अलि हल्का चिसो भित्र आईरहेको रहेछ । छेउमा रहेको पातलो बल्याङ्केट आफु तिर तानेर ओढेँ । एकछिनमा मोबाइलमा फोनको घण्टी बज्यो ।

साथिको फोन रहेछ । “बाबाको पाखुरी र बलले बनाएको एउटा इतिहास जहाँ हामी २ भाई, ७ दिदीहरु र १ बहिनीको पखेटा पलाए । हाम्रो थुप्रै माया, आत्मीयता र जीवनको झण्डै २ दशकको लामो यादहरु जोडिएका थिए । सबै सक्किए । २० बर्षे पुरानो इतिहास २०८० सालको भुकम्पसँगै अन्त्य भएको छ । प्रकृति सँग केही गर्ने नसकिदो रहेछ ।

यस्तै रैछ प्रकृतिको लिला ।” ऊ भन्दै थियोे । एक छिनको वार्तालाप पछि फेरी फोन सम्पर्क गर्ने गरी छुट्टियौँ हामीहरु । तर मनमा अनायासैँ कुराहरु भने खेलिरहे । जाजरकोटा स्थायी घर भएको उसको परिवार पनि मिति २०८० कार्तिक १७ गते शुक्रबार राति ११ः ४७ बजे जाजरकोटको बारेकोट गा।पा।–१ रामिडाँडा केन्द्रबिन्दु भई आएको ६ दशमलव ४ रेक्टर स्केलको भुकम्पबाट प्रभावित भएको छ ।

सुखदुःख गाउँघरमा मेलापात गरी जिविकोपार्जन गर्ने उसको परिवारलाई भुकम्पले पारेको क्षतिले भएको असह्य पिडा महसुस गरिरहेको थिए म । विश्वका अन्य देशहरुको तुलनामा जमिनमुनिको प्रकोप अथवा भुकम्पीय जोखिमका दृष्टिकोणबाट नेपाल ११ औं जोखिमयुक्त क्षेत्रमा पर्दछ । १९९० साल माघ २ गते गएको विनाशकारी भुकम्पको सम्झनामा माघ २ गते राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइँदै आइरहेको पनि छ ।

२०७२ वैशाख १२ गते गएको महाभूकम्पले पारेको असर कहालीलाग्दो देखिदा पुनः अर्को विपत्ति थपिएको छ । विभिन्न काल खण्डमा बहुप्रकोपीय जोखिमहरु सामान गरेर पुन आफ्नो लयमा फर्किएको मेरो देश आज पुन भुकम्पीय प्रकोपमा परेको छ । भुकम्पबाट १५३ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । मृतक मध्ये ८३ जना महिला र ७० जना पुरुष रहेका छन् ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भुकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका  क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ । प्रभावित क्षेत्रमा हाल राहत वितरण र पुनस्र्थापनाको काम जारी छ । भैगोलिक विकटता, गरिब बस्तीहरु, अवसर लगभग शुन्यता रहेको भुगोल । जिवोकोपार्जन र जिवनयापनको लागि पनि कष्टकर स्थान ।

त्यसै माथि प्राकृतिक विपत्तिले पारेको असर, सुन्दा र टेलिभिजनमा हेरिरहँदा मन भारी हुने, आखाँमा आसु नरसाउने सायदै कोही होलान् । लाथ्यो कुनै दैविक वा अद्भुत शक्ति आफुमा भएको भए सबै राम्रो बनाईदिदो हुँ । देशको अवस्था सम्झिए । देशको हालत सम्झिए । भुकम्प प्रभावितहरुको कष्टपुर्ण अवस्था सम्झिए ।

अल्पकालमा मृत्युवरण गरेका सदस्यहरु गुमाउदाको कैयौँ परिवारको छटपटि र चित्कार असह्य छ । कत्तिका परिवारिक खुशीहरु ओइलाएका छन् । कत्तिका व्यक्त गर्ने नसकेका ति मनका भावहरु, बेचैनीहरु आफु भित्रै कुण्ठित छन् । भुकम्पले मानवीय र भैतिक अतुलनीय क्षति सँगै कयौँ आफ्नोपनहरु, स्मरणहरु, खुशीहरु, सपनाहरु, भावहरु समेत विध्वंस बनाएको छ । 

जाडो दिनदिनै बढिरहेकोे छ । जाडोमा चिसोको सिरेटो खाँदै खुल्ला आकाश र चिसो भुईमा भोकभोकै वा अल्पभोजनमा रात बिताउन विवश बिरामी सुत्केरी, वुद्धवुद्धा, बालबालिकाको चीत्कार र कहर निकै कहालीलाग्दो देखिन्छ । देशको वर्तमान अवस्था आर्थिक देखि विविध कारणले नाजुक रहेको कुरामा शायद कसैको पनि विमति नहोला ।

बारम्बारको भुकम्पले नेपाल भुकम्पीय जोखिममा रहेको अनुमान सहजै लगाउन सकिन्छ । त्यस्तै नेपालले विगत तीन दशकयता थुप्रै चरम प्राकृतिक प्रकोपका घटनाहरु भोगेको छ । विपत्ति भनेर आउने पनि होइन तर हाम्रो निति, नियमहरु, योजना र कार्यान्वयनका कुराहरु, पुर्व योजनाका कुराहरु विपत व्यवस्थापन केन्द्रित किन हुन नसकेका प्रश्न आफैले आफुसँग सोधिरहन्छ ।

विपदको यस दुखद् क्षणमा राज्य, दलहरु र समाजका सम्पुर्ण अंगहरु बिना आग्रह पीडित केन्द्रित हुन जरुरी छ । वित्तिय स्रोतको अभावको नाममा पीडित जनताले पाउनुपर्ने राहत र उद्धारमा कुनै अलमल नहोस । नेपालले हरेक वर्ष भोग्दै आएका भुकम्प जस्तै प्राकृतिक प्रकोप र विपत् व्यवस्थापनका लागि आवश्यक उद्धार र राहत सामाग्रीको जोहो तथा भण्डारण अपरिहार्य छ ।

नेपालका लागि भुकम्प स्थायी जोखिम रहेकाले यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्ने स्थायी रणनीति नेपालको राष्ट्रिय जरुरत हो । क्षतिग्रस्त क्षेत्रको एकीकृत कार्ययोजना बनाएर काम गर्नुपर्ने र दीर्घकालीन बसोबासका लागि सरकारले दिने आर्थिक राहतको टुङ्गो लगाउनु पर्ने देखिन्छ । विपद् व्यवस्थापन देखि जोखिम न्यूनीकरणसम्ममा सरकारले केन्द्रीय तहबाट अनुसन्धान अघि बढाउनु पर्ने महत्वपुर्ण भएको छ । भुकम्पबारे पर्याप्त जानकारी नहुदाँ नेपालमा बढि क्षति हुने गरेको जानकार बताउछन् ।

कमजोर भैतिक संरचना, अव्यस्थित बस्ती, निर्माण संहिता विपरीतका भवन लगायतका कारणले जोखिम बढाउँदै लगेको देखिन्छ । प्रकोपको घटना घटिसकेपछि मात्र राहत र उद्धारमा केन्द्रित हुनु, विपत व्यवस्थापनका लागि आवश्यक पर्याप्त स्रोत, साधन, जनशक्ति र संस्थागत संरचनाको व्यवस्था गर्न नसक्नु, विपत व्यवस्थापनमा जोखिम न्यूनीकरणलाई भन्दा विपत प्रतिकार्यलाई बढी जोड दिनु हाम्रा कमजोरीहरु हुन् ।

जोखिम व्यवस्थापनका लागि स्रोत साधनको कमी, दुर्गम र कठिन भौगोलिक अवस्था, भौतिक पुर्वाधारको कमी, विपद् जोखिम न्यूनीकरणमा पर्याप्त प्रचार–प्रसार, जनचेतनाको कमी हुनु, आधुनिक प्रविधि, उपकरण र यन्त्रको अभाव, योग्य र तालिम प्राप्त सम्बन्धित व्यक्तिको कमी, अव्यवस्थित बस्तीहरु, विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत सवै निकायहरुका बिच समन्वयको कमी, काम र जिम्मेवारीको उचित बाँडफाँड हुन नसक्नु, पर्याप्त बजेटको अभाव हुनु, विपद्को पूर्व सूचनामा आधुनिक प्रविधिको प्रयोग हुन नसक्नु जस्ता समस्याहरु देखिएका छन् ।

विपदबाट हुने मानवीय, आर्थिक सामाजिक, प्राकृतिक क्षतिलाई न्यूनतम गर्न हाम्रो सामु मुख्य चुनौती रहेको छ । विपद्को समयमा उद्धार तथा तत्काल व्यवस्थापन कार्यमा सहयोग पुर्योउनु मानवीय धर्म पनि हो ।  

मुलक, जनता र देशको संवदेनशीलता प्रति जिम्मेवार बन्न हामी हर कोही असल नागरिक हुन अहिलेको विषम परिस्थितिमा महत्वपुर्ण छ । आउनुस सबै जना मिलेर नेपालको विकास कुरिरहेको क्षेत्रमा परेको विपदको सामना गरौँ । सहयोग गरौँ । एकमुस्ट रुपमा पालिका स्तरबाट अत्यावश्यक वस्तु सहितको सेवा र सहयोग गरौँ । आपतकालीन प्रतिक्रियात्मक कार्यमा सम्पुर्ण अत्यावश्यक निरन्तर सेवा प्रवाह भई नै रहेको छ ।

अप्रिय घटनाले पोलेको मेरो देशलाई कर्म क्षेत्रमा निस्वार्थ सरिक धेरै जनाको कर्मले मलम लगाएको छ । यस विपतको दुखद् घडीमा सम्पुर्ण नेपालीहरु एक भएर उद्धार, पुनस्र्थापना र सहयोग गर्ने सके भुकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जस्ता भेगका मानव विकास सूचकांकमा एकदमै विपन्न देखिएका जनता माथि न्याय हुनेछ । मानवीय र अन्य क्षति प्रति दुख व्यक्त गर्दछु । विपद्को यस घडिमा सत्कर्म र सहयोगार्थ तन मन धनले खटिरहनु भएका सम्पुर्णमा समाजसेवी मनहरुमा उच्च सम्मान छ साथै विपतको बेला सहयोगका लागि सबै एकजुट हौँ । 

“समाप्त”

ताजा

सबै

मधुवनका सबै वडामा मानवबेचविखन नियन्त्रण समिति गठन गरिने

बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समि…

भेरी अस्पतालको फार्मेसीमा आगलागी

नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल फार्मेसीमा आगलागी हुदा औषधी लगायतका सामाग्री जल…

डुडुवा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके), १२ बैशाख । डुडुवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घो…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…

लोकप्रिय

सबै

प्रमुख जिल्ला अधिकारीलाई पत्र - २

श्री प्रमुख जिल्ला अधिकारी ज्यु । जिल्ला प्रशासन कार्यालय बाँके । ४० दिन हारहारी हुन ल…

डुडुवा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके), १२ बैशाख । डुडुवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घो…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…

मानव बेचविखनबिरुद्ध समिक्षा र योजना तर्जुमा

बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको राजापुर नगरपा…

यो पनि

प्रमुख जिल्ला अधिकारीलाई पत्र - २

प्रमुख जिल्ला अधिकारीलाई पत्र - २

श्री प्रमुख जिल्ला अधिकारी ज्यु । जिल्ला प्रशासन कार्यालय बाँके । ४० दिन हारहारी हुन ल…

अन्तर्राष्ट्रिय महिला दिवस :  महिलाका उपलब्धिहरूको सम्मान र लैंगिक समानताको लागि संघर्ष गर्ने दिन

अन्तर्राष्ट्रिय महिला दिवस :  महिलाका उपलब्धिहरूको सम्मान र लैंगिक समानताको लागि संघर्ष गर्ने दिन

अधिवक्ता मीना पराजुली अन्तर्राष्ट्रिय महिला दिवसप्रत्येक वर्ष मार्च ८ मा मनाइन्छ, र यो दि…

कर्णाली राजमार्गले  आशा ,भरोसा भन्दा निरासा र पिंडा थप्दै ।

कर्णाली राजमार्गले  आशा ,भरोसा भन्दा निरासा र पिंडा थप्दै ।

अधिबक्ता नरेन्द्रनाथ योगी रेखाङ्कनको (२०४२/०४५) २१ र शिलन्याशको (२०४८) १५बर्ष पछि चैत…

संविधान र त्यसको कार्यान्वयन

संविधान र त्यसको कार्यान्वयन

जिज्ञासा तिवारी The Constitution is the foundation of our democracy, and it is o…