Pairabi logo

बैशाख २१, २०८३, सोमबार                    

कृषि पेसा रुचाउँदैनन् खटिक जातिका युवा

सम्वाददाता

सम्वाददाता

कृषि पेसा रुचाउँदैनन् खटिक जातिका युवा
ADVERTISEMENT

श्यामविहारी मंगन्ता । 
नेपालगन्ज १० कार्तिक । जगदीश खटिक पूर्खाले गर्दै आएको काममै रमाउनुभएको छ । बाँके डुडुवा गाउँपालिका–२ बाबागाउँ निवासी ५५ वर्षीय जगदीश कृषिकर्ममै समय बिताउनुहुन्छ । खेतबारीमै भेटिएका जगदीश पसिनाले निथ्रुक्क हुनुहुन्थ्यो तर पनि उहाँमा थकान देखिँदैनथ्यो । उहाँसँग धेरै जग्गा पनि छैन । उहाँ मौसमअनुसार धान, गहुँ, मकै, चना, तोरी लाउनुहुन्छ । उहाँले जानको काम नै खेतीपाती हो । खेतीपातीबाट आएको आर्जन नै परिवार पाल्ने माध्यम हो । 

छोरा सुरेन्द्र खटिक उहाँकै साथमा हुनुहुन्छ, तर बुवाको काममा भने त्यति सघाउनुहुन्न । बुवाको काम सघाउने त सोच्नु हुन्छ तर उत्साही भएर अघि सर्नुहुन्न । तीस वर्षीय सुरेन्द्र बुवाले अर्‍हाएपछि मात्रै गर्नुहुन्छ । बुवाले खेतीपाती गरिरहेको हेरेर पनि उहाँले सिक्नुपर्ने हो । तर, अहिले उहाँले सिक्नु भएको छैन । काम गर्न मन भए पनि लजाउँनुहुन्छ उहाँ । 

सुरेन्द्रलाई त्यो काम गर्ने इच्छा र चाहना पनि छैन । उहाँलाई यो विश्वास पनि छैन । यत्रो मिहनत गरेर कति आम्दानी हुने हो रु काम गरेर छाक टार्ने बाहेक अरु केही गर्न सकिन्न भने सोच छ, उहाँमा  । उहाँका पूर्खाले त्यही काम गर्दै आएका थिए तर अबको पुस्ता भने कृषि कर्म गर्न तयार छैनन् । सुरेन्द्र जस्तै धेरै खटिक युवामा पूर्खाहरूले गरिरहेको काम, सीप सिक्ने उत्सुकता छैन । तर अघिल्लो पुस्ता भने कृषिकर्मसँगै भैँसी, बाख्रापालनमा सक्रिय छन् । 

विशेषतः खटिक जाती बङ्गुर चराउँथे । ढोल बनाउने, बजाउने गर्थे । तर अब अहिले त्यो लोपहुँदैछ । खटिकहरू मधेशी दलितभित्र पर्छन् । खटिक बाँकेका विभिन्न स्थानमा रहे पनि डुडुवा गाउँपालिकामा अलि बेँसी छन् । खटिक डुडुवा–२ बेतहनीमा बसोबास गर्दै आइरहेका छन् । 

यस क्षेत्रमा खटिकहरू चार सयको सङ्ख्यामा रहेको अनुमानमा छ । उनीहरू अल्पसङ्ख्यक जातिको सूचीमा पनि छन् । आयस्रोतको प्रमुख माध्यम कृषि पेसा भए पनि आज भोलिका युवापुस्ताले सो काम छोडेकामा चिन्तित छन्, अगुवा । 

पच्चीस वर्षीय लवकुशलाल खटिक भारतमा काम गर्न जानुहुन्छ । दैनिक मजदुरी गरेरै परिवार पाल्नुहुन्छ । लवकुशकी दुई बहिनी र एउटी आमा हुनुहुन्छ । उहाँलाई कृषि खेतीमा खासै रुचि छैन । खेतीपाती गर्नका लागि प्रर्याप्त जग्गा जमिन नभएका कारण पनि युवापुस्ता कृषिकर्म गर्न हच्चिएको उहाँ बताउनुहुन्छ । परिश्रम र लगानी फिर्ता हुन्छ कि हुँदैन भन्ने अवस्था भएपछि कृषि पेसा रोज्न उत्साह नभएको हुनसक्ने उहाँको बुझाइ छ । 

लवकुशका अनुसार भने जस्तो जग्गा नभएका कारण खटिक सुदायलाई खेती गर्न धौधौ भएको छ । कतिपयले जग्गा अधिया लिएर खेती गरिरहेका छन् । खटिक समुदायका ७० प्रतिशतले अहिले पनि खेती नै गर्ने गर्दछन् तर यो सङ्ख्या विस्तारै घट्दै गएको छ । युवालाई कृषिमै निर्भर रहने वातावरण कहीँबाट बनिरहेको छैन । सबैभन्दा नजिकैको सरकारले खटिकहरूलाई हेर्न सकिरहेको छैन । डुडुवा गाउँपालिका–२ का अध्यक्ष दुर्गाप्रसाद बर्माले दलित र विपन्न वर्गलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउने योजना रहेको बताउनुभयो । उहाँले खटिक समुदायको यकिन तथ्याङ्कन भएको र तथ्याङ्क सङ्कलन गरी त्यसैका आधारमा युवा लक्षित कार्यक्रम ल्याउने बताउनुभयो । 

डुडुवा गाउँपालिका कृषि विकास शाखा प्रमुख सुशीलकमाार शर्मा मधेशी दलितअन्तगर्त खटिक रहेका कारण उनीहरूका लागि छुट्टै कार्यक्रम नरहेको बताउनुभयो । डुडुवा गाउँपालिकाद्वारा दलित परिवारलाई प्राथमिकता दिने भनिए  पनि त्यस्तो कार्यक्रम ल्याइएको छैन । खटिक समुदायका लागि भनेर वडास्तरबाट योजना तथा कार्यक्रम गर्न आएकाले पालिकाले स्वयं कार्यक्रम तय गर्न नसकेको शर्माले बताउनुभयो ।

 दलितको क्षेत्रमा कार्यरत दलित महिला सङ्घ बाँकेले दुई वर्षअघि खटिक समुदायका लागि खेती सिँचाइ सविधामा सहयोग गरेको थियो । कृषि शाखा प्रमुख शर्माका अनुसार तरकारी खेती गर्नेलाई सिँचाइ सुविधाका लागि मोटर, पम्पसेट आदि सहयोग गरिएको छ । वडाले युवालाई लक्षित गरेर कार्यक्रम माग भए पालिकाले बजेट छुट्यााउन सक्ने शर्माको भनाइ छ । 

खटिक जस्तै अन्य जातीको पनि डुडुवामा बसोबास रहेको छ । डुडुवामा अति विपन्न जातीको समुदायको बसोबास भएकाले उनीहरुको समग्र विकासका लागि पालिकाले विशेष रणनीति बनाएर कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार पालिकाभरि घरधुरी सर्भेक्षणको काम भइरहेकाले त्यसबाट आएको तथ्याङ्क अनुसार कार्यक्रम बनाइनेछ ।

ताजा

सबै

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

नेपालगन्ज, १७ वैशाख । नेपाल सरकार, परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाको नेत…

लोकप्रिय

सबै

डुडुवाद्धारा अग्नीपीडितलाई नगदसहित खाद्यान्न वितरण

डुडुवा (बाँके) १६ बैशाख । बाँके डुडुवाका अग्निपीडितलाई राहत वितरण गरिएको छ । डुड…

बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला

बर्दिया, १७ वैशाख । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा युवा उद्यमशी…

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

नेपालगन्ज, १७ वैशाख । नेपाल सरकार, परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाको नेत…

जिसस बाँकेको १३औँ जिल्ला सभा

नेपालगन्ज १६ बैशाख । जिल्ला समन्वय समिति बाँकेको जिल्ला सभा बसेको छ । आज बुधबार आयो…

यो पनि

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मा…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

नेपालगञ्ज, ८ मङसिर : बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउ…

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

भेषराज बस्नेत । बाँकेको डुडुवा गाउँपालिका६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम महाउ…