Pairabi logo

पुस १३, २०८२, आइतबार                    

बालमैत्री बारे बाँके र बर्दियाका स्थानीय तहसंग सूचना माग

सम्वाददाता

सम्वाददाता

बालमैत्री बारे बाँके र बर्दियाका स्थानीय तहसंग सूचना माग
ADVERTISEMENT

नेपालगन्ज १० कार्तिक । बाल अधिकार सम्वन्धी कानूनी व्यवस्था कार्यन्वयनको अवस्थाका बारेमा बाँके र बर्दियाका १६ वटै स्थानीय तहसंग सूचना माग गरिएको छ ।

नेपालको कानून अनुसार स्थानिय तहमा स्थानिय बालअधिकार समिति गठन गर्नुपर्ने, बाल मैत्री स्थानिय तह हुनुपर्ने, बाल कल्याण अधिकारी, बालमनोविज्ञ, बालमनोसामाजिक विमर्शकर्ताको व्यवस्था हुनुपर्ने कानूनी व्यवस्थाको कार्यन्वयनका बारेमा सूचना माग गरिएको हो ।

काठमाण्डु स्कुल आफ ल वि.ए.एल.एल.वि.पाचौ बर्षका विद्यार्थी नेपालगञ्जका–७ निवासी जिज्ञासा तिवारी र स्टाफ नर्स मानुषी रेग्मीले आज बाँके र बर्दियाका सबै स्थानीय तहमा इमेलमार्फत सूचना माग गर्नुभएको छ । 

बालबालिका सम्वन्धी ऐन २०७५, बालबालिका सम्वन्धी नियमावली २०७९ नेपालको सविंधानको धारा ३९ मा प्रष्ट रुपमा कानुनी व्यवस्था रहेको छ ।

सो व्यवस्था अनुसार अहिले कुन कुन स्थानीय तहले बाल अधिकार समिति गठन गरेको वा किन नगरेको, बाल कल्याण अधिकारी, मनोविज्ञ र मनोसमाजिक विमर्शकर्ताको नियुक्ती लगायत गरिएको नगरिएको भए किन नगरिएको र कहिले गर्ने सो बारेमा सूचना माग गरिएको हो ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र नेपालको संविधान २०७२को धारा २७ अनुसार दुई जनाले सूचना माग गरेका छन । बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, नरैनापुर, डडुवा, राप्तीसोनारी, खजुरा, बैजनाथ र जानकी गाउपालिका बर्दियाको गुलरिया, मधुवन नगरपािलका, राजापुर, ठाकुर बाबा, बासगढी र बारबार्दिया नगरपालिका, बढैयाताल र गेरुवा गाउपालिकासँग सूचना माग गरिएको हो । 

बालमैत्री बाताबरणका लागि कानूनले गरेको व्यवस्था अनुसारको संरचना बनाउनुपर्ने प्रावधानलाई स्थानीय तहले तत्काल कार्यन्वयन गर्नुपर्नेमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले जोड दिनुभयो । 
 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…