Pairabi logo

असोज १८, २०८३, आइतबार                    

नक्कली भुटानी शरणार्थी प्रकरण :  अभियुक्तको दशैं हिरासतमै

डेक्स

डेक्स

नक्कली भुटानी शरणार्थी प्रकरण :  अभियुक्तको दशैं हिरासतमै
ADVERTISEMENT

काठमाडौं ७ कार्तिक । नक्कली भुटानी शरणार्थी प्रकरणमा ६ महिनादेखि थुनामा रहेका आरोपीहरूको मुद्वाको सुनुवाई दशैपछि मात्रै हुने भएको छ / नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितको मुद्दामा गत बिहीबार अर्थात असोज २५ गते पनि बहस हुन पाएन। 

उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको थुनामा पठाउने आदेशविरुद्ध विचाराधीन मुद्दामा बिहीबार उच्चले अन्य आदेश गर्दै पन्छायो। यसअघि पनि इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गर्दै पन्छाएको थियो। बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासमा परेको थियो।

सोही प्रकरणसँग जोडिएको अर्को निवेदन पनि पेस भएको र जिल्ला अदालतबाट कैफियत प्रतिवेदन पेस भएकाले त्यसलाई पनि साथै राखेर दशैपछि सुनुवाइ गर्ने आदेश गरेको हो। थुनामा रहेका प्रतिवादीहरूको अब दशैंअघि रिहा हुने आश समाप्त भएको छ। यो सँगै यस प्रकरणमा संलग्न भनिएको हाइप्रोफाइल अभियुक्तको दशैं हिरासतमा नै हुने भएको छ। 

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एकै व्यक्तिबाट ४५ लाखसम्म लिएर ठगी र संगठित अपराध गरेको भन्दै काठमाडौं जिल्ला अदालतले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डे लगायतलाई थुनामा पठाएको थियो।

काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको र थुनामुक्त भएरै मुद्दा लड्न पाउनुपर्ने माग गर्दै पूर्वमन्त्री खाण, पूर्वमन्त्री रायमाझीलगायतले गत साउन १२ गते उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए। यसअघि नै ४ पटक पेसीमा चढिसकेको उक्त निवेदनमा असोज २५ गते पुनः लगाएको मुद्दा साथै राख्ने आदेश भएको थियो।

पाँचौपटक पेसीमा चढेर सुनुवाइ भयो तर निवेदकले चाहे अनुसार बहस हुन सकेन। पहिलो पेसीमा कैफियत प्रतिवेदन माग गर्ने आदेश भएपछि दोस्रो पेसी निवेदकका कानुन व्यवसायीले स्थगित गराएका थिए। 

असोज ४ गतेको पेसी हेर्न नभ्याइनेमा परेको थियो भने असोज १८ गतेको पेसीमा न्यायाधीशले हेर्दाहेर्दैमा राख्नुपर्ने भएकाले आफूले नसक्ने भनी अन्य आदेश गरेर पन्छिएका थिए। खाण र रायमाझीसहित नरेन्द्र केसी, टेकनारायाण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा ईन्द्रजीत राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सागर राई र रामशरण केसीले थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए। 

उनीहरूमाथि ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा चलिरहेको छ। यो प्रकरणको अर्को पेसी अब दशैंपछिको पहिलो बिहीबार हुनेछ। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ५ वर्षयता जारी रहेको ठगी तथा संगठित अपराधको यो गिरोहका मुख्य नाइकेहरू केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई गत वर्ष चैत १२ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो।

त्यसपछि काठमाडौं जिल्ला अदालतको गत असार १ गतेको थुनछेक आदेशपछि विगतमा पक्राउ परेकामध्ये टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा रिहा भएका थिए। यो प्रकरणमा संलग्न रहेको प्रमाण पाइएपछि तत्कालिन गृहमन्त्री खाण ९वैशाख २७०, सांसद एवं तत्कालीन उपप्रधानमन्त्री रायमाझी ९वैशाख ३१०, तत्कालीन गृह सचिव एवं बहालवाला उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे ९वैशाख २०० र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा।इन्द्रजीत राई९वैशाख १९०मा पक्राउ परेका थिए। 

त्यस्तै, पूर्व सांसद आङटावा शेर्पा, गृहमन्त्री खाणका निजी सहयोगी नरेन्द्र केसी, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, सागर थुलुङ राई, शमशेर मियाँ, आशिष बुढाथोकी, सन्दीप रायमाझी, रामशरण केसी र टेकनाथ रिजालसमेत पक्राउ परेर पहिलो चरणमा पूर्पक्ष थुनामा बसेका थिए।

ठगी, किर्ते, राज्यबिरुद्धको र संगठित अपराधका ४ अभियोगमा थुनामा रहेकामध्ये कांग्रेस र एमालेका बरिष्ठ नेता समेत रहेका पुर्व मन्त्रीहरू खाँड र रायमाझीलाई भद्रगोल जेलमा राखिएको छ।

यीमध्ये कांग्रेसका केन्द्रिय सदस्य रहेका खाँड अझै पार्टीगत कारबाहीमा परेका छैनन्, उनलाई भेट्न केन्द्रीय नेताहरू भद्रगोल जेल दिनहुँजसो गईरहेका छन्। एमाले सांसद एवं केन्द्रीय सचिव रायमाझीलाई भने एमाले दलले निलम्बन गरिसकेको छ।

यस्तै, पूर्व गृहसचिव पाण्डे, सुरक्षा सल्लाहकार डा।राई, भुटानी नेता टेकनाथ रिजाल, सन्देश शर्मालगायत भने केन्द्रीय जेलमा छन्। यस्तै, यो गिरोहका प्रमुख नाइकेहरू केशव दुलाल र सानु भण्डारी भने नख्खु कारागारमा रहेका छन्।

उच्च अदालतमा पालोक्रममा हरेक बिहीबार पेशी चढ्ने भएकाले आसन्न दशैं पर्वपछि कात्तिक १६ मा शरणार्थी मुद्दाको पेशी चढ्नेछ।

यो अभियोगमा जोडिएर पक्राउ पुर्जी जारी भएका पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक, सुरक्षा सल्लाहकार इन्द्रजीत राईका छोरा निरजसहितका १४ आरोपित गत वैशाखदेखि फरार सूचीमा रहेका छन्। 

भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै गिरोहले नेपाली नागरिकसँग करोडौं ठगी गरेको पाइएको थियो। (साभार :थाहाखबर ) 
 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…