Pairabi logo

असोज २६, २०८३, सोमबार                    

सदनको अभ्यास नाटक मञ्चनजस्तै लाग्छ : सांसद तिवारी

डेक्स

डेक्स

सदनको अभ्यास नाटक मञ्चनजस्तै लाग्छ : सांसद तिवारी
ADVERTISEMENT

“मुलुकमा अहिले उठिरहेका प्रमुख एवं समसामयिक मुद्दालाई सदनमा निरन्तर प्रवेश गराउन कोसिस गरेका छौँ, तर हामीलाई समय दिइन्न, पाइनुपर्ने समय पनि घटाइन्छ, प्रश्नको जवाफ आउन्न, अहिले सदनमा भइरहेको अभ्यास नाटक मञ्चनजस्तै लाग्छ ।”

सांसदसँग संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ लक्ष्मी तिवारीले सदनका नाममा राज्यको ढुकुटीबाट दैनिक रु १० लाख खर्च भए पनि त्यहाँ हुने सबै गतिविधि बजेट सक्न गरिएको नाटक मञ्चनजस्तो भान भएको प्रतिक्रिया दिनुभयो ।

चालु संसद् अभ्यासबारे उहाँ भन्नुहुन्छ, “नियत ठीक भए हामीले बोल्नै पर्दैन, उठाइएका विषयको सुनुवाइ छैन, एक दिन बैठक हुन्छ, पाँच दिन खाली १ यो बीचमा जिल्ला पुग्न पनि गाह्रो छ । यहाँ बसौ विजनेस दिइन्नँ, सदन चल्दैन ।”

भ्रष्टाचार र ढिलासुस्ती अन्त्य गर्दै सुशासन प्रवर्द्धनलाई मुख्य मुद्दा बनाएर छोटो राजनीति अभ्यासबाट सदनमा प्रवेश गरेको रास्वपालाई सरकारका काम र अहिले सदनमा भइरहेको अभ्यास चित्त नबुझेको सांसद तिवारीको भनाइ छ ।

सामाजिक अभियन्तासमेत रहनुभएकी १५ वर्षदेखि व्यक्तिगत तथा सङ्घसंस्थामा आबद्ध भई सामाजिक विकास, सचेतना, मानवअधिकार तथा महिला अधिकार र विविध मुद्दामा पैरवी गर्दै आउनुभएको छ । सूचनाको हक र सुशासन क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रमा आबद्ध भएर उहाँले लामो समयदेखि समाजप्रति पैरवी गर्दै आउनुभएको छ । आमाको नामबाट नागरिकता दिलाउने व्यवस्थाका लागि लामो समय सङ्घर्ष गर्नुभएकी उहाँ यतिबेला भने त्यही कानुन बनाउने प्रमुख थलो सदनमा हुनुुहुन्छ ।

मुलुकमा भएका संविधान र कानुनको पहिले कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै नेतृ तिवारी भन्नुहुन्छ, “विद्यमान कानुन कार्यान्वयनमा जाँदा कुन जाति, भाषा, धर्म, व्यक्ति र समुदायलाई अप्ठेरो पर्यो, त्यसका आधारमा नयाँ कानुन बनाएर जान सकिन्छ, तर पहिले भइरहेका कानुन त कार्यान्वयन गरौँ ।”

संसद्मा प्रवेश पाएको विधेयक संसदीय समितिमा गहन छलफल गरी सदनमा लैजानुपर्नेमा स्वाभाविक प्रक्रियाका चरण नै उल्लङ्घन भएको आरोप लगाउँदै नेतृ तिवारीले नयाँ कानुन बनाउँदासमेत आवश्यक छलफल र बहस हुन नसकेको प्रतिक्रिया दिनुभयो ।

सदनमा रास्वपाका सांसदहरूले राष्ट्र, राष्ट्रियता र जनहितका मुद्दालाई प्रखररूपमा उठाइरहेको दाबी गर्दै उहाँले आफूहरूले जनताका आवाज उठाएकाले त्यसलाई सम्बोधन गर्नु राज्यको प्राथमिक दायित्व भएको धारणा राख्नुभयो । पहिलोपटक सदनमा पुगेकाले अभ्यासका क्रममा आफूहरूबाट पनि कतिपय कमी–कमजोरी हुनसक्ने उल्लेख गर्दै सांसद तिवारीले प्रारम्भिक दिनको तुलनामा अहिलेसम्म आइपुग्दा अनुभवले धेरै निखारपन आएको विचार प्रकट गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी चाहन्छाँै, जनता र देशको सर्वोत्तम हित होस्, त्यसका लागि प्राप्त हुने सबैको सहयोग, सुझाव र असल अभ्यासलाई ग्रहण गर्छाँै, निरन्तर आवाज उठाउँछौँ ।” भ्रष्टाचार र सुशासनका मुख्य एजेण्डा कार्यान्वयन गराउन पार्टी अडिग रही आवाज बुलन्द गरिहेको बताउँदै सांसद तिवारीले नागरिक पनि राज्यबाट प्राप्त हुने सेवा–सुविधा लिने प्रक्रियाबारे जानकार हुन आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले एउटा जनप्रतिनिधिका रूपमा आफूले निरन्तररूपमा सामाजिक मुद्दा, मानवअधिकार, महिला अधिकार तथा न्यायका लागि आवाज उठाइरहने बताउनुभयो । संविधानले महिलाको हक तथा अधिकारका लागि सकारात्मक व्यवस्था गरे पनि कार्यान्वयन चरणमा अझै समस्या रहेको बताउँदै नेतृ तिवारीले महिलालाई बोल्न दिइए पनि  अवसरबाट बञ्चित गरिँदै आएको घटना सुनाउनुभयो ।

महिला, बालकालिका, ज्येष्ठ नागरिक र युवासमेत आधारभूत र असल शिक्षाको अभावमा जीवन नै बर्बाद हुने गलत बाटोमा संलग्न भइरहेका उदाहरण प्रस्तुत गर्दै नेतृ तिवारीले सामाजिक अभियानका माध्यमबाट पनि त्यसमा सुधार ल्याउन सकिने अनुभव सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “देशले अवलम्बन गरेको हालको शिक्षा नीति ठीक छैन, मुलुकमै बसेर राष्ट्रसेवा गर्नेभन्दा विदेश पलायनका लागि युवा विद्यार्थीलाई प्रेरित गरिरहेको छ, यसमा व्यापक सुधारको खाँचो छ ।” जनताले विकल्पसहितको परिवर्तन खोजेकाले पुराना दलकै कारण युवाले राजनीतिमा प्रवेश पाएका प्रसङ्ग उल्लेख गर्दै उहाँले साँच्चिकै देश निर्माणको अभियानमा जुट्ने हो भने युग सुहाउँदो कानुन निर्माणका साथ पुरानाका अनुभव र नयाँपुस्ताको गतिलाई पक्रनुपर्ने बताउनुभयो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…