Pairabi logo

पुस १३, २०८२, आइतबार                    

कानूनी पहिचान (नागरिकता) बारे सामुदायिक सचेतना

डेक्स

डेक्स

कानूनी पहिचान (नागरिकता) बारे सामुदायिक सचेतना
ADVERTISEMENT

नेपालगन्ज २०, असोज । बाँकेको जानकी गाउँपालिका वार्ड नं. ५ बेलहरीका स्थानीयलाई कानूनी पहिचान नागरिकता र जन्मदर्ताका बारेमा एक दिने अभिमुखीकरण गरिएको छ । 

महिला कानून र विकास मञ्च र सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा आज शनिबार कानूनी पहिचान (नागरिकता र जन्मदर्ता) सामुदायिक सचेतना कार्यक्रमका सहभागिहरुलाई नागरिकता लगायतका विषयमा अभिमुखीकरण गरिएको हो । 


कार्यक्रममा बोल्ने बक्ताहरुले मधेशी तथा ग्रामिण क्षेत्रमा नागरिकता र जन्मदर्ताको महत्वबारे स्थानीयलाई अझ बढी बुझाउनुपर्नेमा जोड दिइएका थिए । मधेशी समुदायका नागरिकले काम परेपछि मात्र नागरिकता, जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्ता, सम्वन्ध विच्छेद, बसाई सराई दर्ता गराउने भएकाले समयमा दर्ता गराउने कार्यमा स्थानीय तहको भुमिका प्रभावकारी बनाउनुपर्ने बताइएको थियो । 

कार्यक्रममा अधिबक्ता विश्वजित तिवारीले नेपाली नागरिकको बैधानिक पहिचानका लागि नागरिकता बनाउनुपर्ने भन्दै संविधानले व्यवस्था गरेको मौलिक हकलाई पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले नागरिकको पहिलो पहिचान नै नागरिकता भएकोले नेपालमा जन्मिएका सबैले नागरिकता बनाउनुपर्ने आग्रह गर्दै नेपालको संविधानले नागरिकता सम्वन्धी गरेको व्यवस्थालाई सम्वन्धित निकायले अझै पनि कार्यान्वयन नगरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले आमाको नामबाट नागरिकता दिने भनेर कानूनले व्यवस्था गरेको तर स्थानीय प्रशासनले सहज रुपमा नदिएपछि अदालत जानुपर्ने अवस्था रहेको भन्नुभयो । 

वडाध्यक्ष टिकानाथ यादवले वडा कार्यालयले नागरिकता लगायतका कानूनी प्रक्रिया पुगेकालाई विभिन्न सिफारिसहरु सहज रुपमा उपलब्ध गराउदै आएको भन्दै स्थानीय नागरिकहरुलाई यसबारे सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।  

उहाँले विशेष गरि मधेशी समुदायका अशिक्षित नागरिकले जन्मदर्तालगायत कानूनी पहिचानको महत्व नबुझेकाले आवश्यकता परेमा मात्र बनाउने गरेकाले प्रक्रिया झझण्टिलो हुने, जरिवाना शुल्क तिर्नुपर्ने अवस्था रहेको बताउनुभयो । वडाध्यक्ष यादवले सबै कार्यहरु समयमा गर्दा जरिवाना पनि नलाग्ने र कानूनी बाधा अड्चन समेत नआउने भएकाले सबै सेवाग्राहीहरुलाई जन्मदर्ता र नागरिकता बनाउन आग्रह गर्नुभयो । 

कार्यक्रममा वडा सदस्य मोहम्मद सरिफ खा, अभियन्ता सुर्यलाल यादव, अरुणकुमार तिवारी, रामवरण अहिर लगायतले बोल्नुभएको थियो । त्यसक्रममा सहभागीहरुले नागरिकता प्राप्त गर्न भोगेका समस्या र कानून उपचारका बारेमा जिज्ञासा राखेका थिए । 

कानूनी पहिचान नागरिकता र जन्मदर्ता भनेको के हो, प्राप्त गर्न अपनाउनुपर्ने प्रक्रिया, यसको महत्व तथा प्रयोगलगायतका बारेमा पत्रकार राकेशकुमार मिश्रले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा करिब ७५ भन्दा बढी स्थानीयहरुको सहभागिता थियो । 

कार्यक्रम पश्चात नेपालको संविधान २०७२ अवधी अनुवाद संविधानलाई वडाध्यक्ष यादवलाई प्रदान गरिएको थियो ।

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…