पूर्वपश्चिम राजमार्ग स्थित बासगढी नगरपालिकाको केदारेश्वर धामदेखि बबई सिचाईको कार्यालय रहेको बैदि सम्मको बाटोमा उपयुक्त स्थानमा उहाँको शालिक बनाउन पर्छ र ईतिहास जोगाउन पर्छ ।
कमल राज पौडेल
वि.स.१९९३ सालमा कपिलबस्तुको चैनपुरबाट विश्रामप्रसाद थारु जमिदार हरिहर गौतमको कमैयाको रुपमा काम गर्न आए । विश्राम प्रसाद थारु बर्दियाको मोतिपुर आउँदा साथमा श्रीमती र तिन छोराहरु पनि आएका थिए ।
तिन छोरा मध्ये जेठा छोरा थिए शिवरतन यसरी वि.स १९९३ सालमा बाबुको काखमा बसेर जमिदार हरिहर गौतमको भावी कमैयाको रुपमा खेत जोत्ने उदेश्यले आएका शिवरतनले कमैयाको छोरा भएको कारणले राम्रो शिक्षा हाँसिल त गर्न पाएनन् तर सामान्य लेखपढ भने गरे सानै देखि आफनो थारु जातिका मानिसहरुले जमिन्दारको कमैया बस्नु पर्ने, अरुको खेतिपाती जोत्नु पर्ने यस्ता दृश्य देखेर शिवरतन छटपटाउथे तर उनले गर्न सक्ने त केहि थिएन ।
त्यही समयमा नेपाली काँग्रेसका थारु जातिका नेता राधा कृष्ण थारुसंग उनको भेट उनैको गाँउ मोतिपुरमा भयो । राधा कृष्ण थारु नेपाली काग्रेसको पक्षमा जनमत तयार गर्न थारु गाँउ बस्तीमा धेरै जसो गै रहन्थे । राधा कृष्ण थारुसंग सधै जसो भेट भैरहने हुदाँ शिवरतनलाई पनि राजनीतिक चस्को लागि सकेको थियो तर आफनो कलिलो उमेर र कमैयाको छोरा हुनाले शिवरतनले राधाकृष्ण थारुका साथ साथै लागेर राजनीति यात्रा गर्न सकेन्न ।
यदी त्यो बेला राधाकृष्ण थारुको पछाडी लागेर राजनीतिक यात्रामा शिवरतन निस्केको भए उनको ईतिहास आज छुट्टै हुने थियो । शिवरतन १४ वर्षको हुदाँ २००७ सालमा राणा शासनको अन्त्य भयो । २०१५ सालमा नेपालको पहिलो प्रजातान्त्रिक आम निर्वाचन भयो । २२ वर्षिय शिवरतनले पहिलो पटक भोट हाल्ने मौका पाए ।
त्यो भोट पनि उनले आफु यूवा हुदाँ देखि नै चिने जानेको नेपाली काग्रेसका उम्मेदवार राधाकृष्ण थारुलाई हाले । राधाकृष्ण थारुले त्यो निवार्चन जिते नेपालमा राणा शासनको अन्त्य भएर आम निर्वाचनमा नेपाली काग्रेसले अत्याधिक बहुमत पाएर विपी कोईरालाको नेतृत्वमा सरकार बनाए पछी जनअपेक्ष्या बमोजिम काम गर्न नसकेको भन्दै २०१७ साल पौष १ गते राजा महेन्द्रले विपी लाई बखास्त गर्दै शासन सत्ता आफनो हातमा लिए र पौष २२ गते पंचायती ब्यवस्था घोषण गरे २०१९ साल पौष १ गते पंचायती संबिधान जारी गरे ।
त्यही संबिधान बमोजिम २०२० सालमा देशभरका गाँउ पंचायत हरुमा प्रधानपंच, उप प्रधानपंन्च र गाँउ पंचायत सदस्यहरुको निर्वाचन भयो । सानै देखि राजनीतिक झुकाउ भएको शिवरतन थारु पनि त्यस निर्वाचनमा उम्मेदवारको रुपमा सामिल भए र २७ वर्षिय शिवरतन थारुले आफनो मोतीपुर गाँउ पंचायतको प्रधानपन्च जिते ।
२०२०सालमा भएको त्यो निर्वाचन शिवरतनका साथ साथै बर्दियाबासीका लागि पनि यादगार भयो किनकी मोतिपुरबाट कमैया शिवरतनले चुनाब जिते भने गुलरिया गाँउपन्चायतको प्रधानपन्चमा उनका मालिक जमिन्दार हरिहर गौतमले जिते । अब कमैया र मालिक एकै साथ आगामी जिल्ला पंचायत बैठकमा बस्ने भए भनेर अन्य मानिसहरुले हाँसो गर्थे भन्छन् उनका छोरा पहरा थारुले ।
जिल्लाका गाँउपंचायतहरुमा निर्वाचन सम्पन्न भएपछी २०२० साल जेष्ठ २० गते मुकुन्दराज उपाध्यायको अध्यक्ष्यतामा जिल्ला पंचायत समीतिको बैठक बस्यो भावी जिल्ला पंचायत सभापतिका छनोटका लागि । त्यस बैठकमा शिवरतन र हरिहर गौतम दुबै सामिल भए सदस्यको हैसियतले संभवत त्यो पहिलो घटना थियो होला शिवरतन हरिहर गौतमको अगाडी बसेको ।
जहिले पनि उनको अगाडी शिर झुकाएर कमैयाहरुलाई उभिन पथ्र्यो । यस्तो नियम थियो हरिहर गौतमको साम्राज्यमा तर पंचायती ब्यवस्थाको त्यो निर्वाचनले हरिहरलाई आफनो कमैयाको सामुन्ने एउटै बेन्चमा बस्न बाध्य बनायो । सक्रिय रुपमा राजनीतिकमा होमिएका शिवरतनको कद दिन प्रतिदिन राजनीतिक क्षेत्रमा बढिरहेको थियो ।
उनी त्यस बेला गुलरिया सदरमुकामको पूर्व भादा पारीको क्षेत्रमा एउटा चर्चित थारु नेता भैसकेका थिए । शिवरतन प्रधानपंन्च भए पछी सदरमुकाम गुलरिया सधै जसो आवजाव गर्न थाले सबै खाले विचार र सिद्धान्तका मानिसहरु संग संम्र्जक हुनाले शिवरतनको बौद्धिक क्षमताको विकास हुदै गयो । शिवरतन किसानहरुको हकहित का लागि लडाई लडिरहन्थे भने भूमिमा सुधार हुनुपर्छ किसानहरुले आफनो खेतबारी संन्चित गर्न पाउँनु पर्छ ।
त्यसको लागि हामीले ब्यापक कुलोहरु निमार्ण गर्नुपर्छ भन्थे । शिवरतनलाई आफनो खेतबारी आफै जत्नु पर्ने तर त्यहाँ सिचाई को ब्यवस्था नहुदाको पिडा अधिक थियो । जति धेरै पिडा भएपनि शिवरतनले गर्न सक्ने केही थिएन किनकी त्यस बेला आजको जस्तो स्थानीय निकायमा बजेट थिएन । त्यसैले धेरै विकासका सपनाहरु अधुरो रहन्थे तर पनि शिवरतनको मनमा एउटा अठोट थियो ।
एक दिन पुरै बर्दियामा कुलो निर्माण गरी सबै भूमि सिन्चित गर्ने तर दिनहरु बित्दै गए जिल्ला पंचायतमा सभापतीहरु फेरीदै गए भने शिवरतनको उपस्थित जिल्ला पंचायतमा कायम नै रहयो । देशको बस्तु स्थिती तथ्यबोध गरी देशामा विकासको मुल फुटाउने उदेश्य लिएर देश भ्रमणमा निस्केका राजा विरेन्द्र २०२९साल माघ १८ गते बर्दियाको जिल्ला पंचायतको प्रगाणमा आईपुगे ।
बर्दिया भ्रमण गरेपछी राजा विरेन्द्रले थारु जातिका बारेमा राम्ररी अध्ययन गनेै मौका पाए र त्यही बेला उनको मन मतिष्कमा शिवरतन थारु बसिसकेका थिए । २०३४ सालमा शिवरतन जिल्ला पंचायत उप (सभापति हुदाँ उनी राजाद्धारा राष्ट्रिय पंचायत सदस्यमा मनोनीत भए । एउटा कमैयाको छोरो पूर्व कपिल बस्तुबाट भबिष्यमा हरिहर गौतम को कमैया नै हुने भनेर बर्दिया आएका शिवरतन अब माननीय भएर पूर्व काठमाण्डौ तिर जाने भए ।
उनको जीवनमा अकल्पनीय घटना घटेको थियो । सामान्य लेखपढ गरेको राम्ररी नेपाली बोल्न पनि नजान्ने कहिल्यै काठमाण्डौ नदेखेको तर माननीय पद र त्यसको जिम्मेवारी निभाउनै पर्यो । उनी आफनो सहयोगीको रुपमा गुलरिया निवासी नवीन चंन्द शर्मालाई साथमा लिएर काठमाण्डौ पुगे ।
त्यही वर्ष बिजया दशमीको अवसरमा पहिलाको चलन अनुसार राजा विरेन्द्र द्धारा सबै राष्ट्रिय पंचायत सदस्यहरुलाई एक एक वटा खसीबोका उपहास स्वरुप दिए ।
अन्य जिल्लाका माननीयहरु उपहार स्वरुप पाएको खसीबोका समाती आ–आफनो जिल्ला तिर लागे तर बर्दियाका माननीय शिवरतन थारुले भने राजालाई भेट नगरी आफु जिल्ला नर्फकने भन्दै नारायहिटी राज दरवारमा पुगी बिन्तीपत्र चढाए । उनको बिन्तीपत्र पाएपछी राजाले शिवरतनलाई राजदरबारमा उपस्थिती गराउन आफनो सचिव लाई आदेश गरे ।
राजाको अगाडी शिवरतन उपस्थित भएपछी, राजाले शिवरतनलाई सोधे “तिमी किन दशै मनाउन घर नगएको चौधरी” ? राजाको प्रश्न सुनेपछी शिवरतनले भने “महाराज मैतो ज्यौ त्यौ करके दशै मनालेम मगर बर्दियाक हमार थारु किसान कैसिन दशै मनाई” त्यस पछी राजाले शिवरतनलाई सोधे तिम्रो किसान लाई दशै मनाउन के गर्नु पर्छ ?
शिवरतनको जवाफ थियो
“महाराज दो पुलवा एक कुलवा होएक परल सरकार” शिवरतनको कुरा सुनेपछी राजाले आफनो सचिवसंग सोधे हाम्रो माननीय ज्यूले भन्नु भएको कुरा के हो भनेर राजाको कुरा सुने पछी सचिवले राजालाई भने माननीय ज्यूले “दुईवटा पुल र एउटा कुलोको माग गर्नु भएको छ”।
त्यस पछी राजा विरेन्द्र शिवरतन तिर हेरेर हाँसे र शिवरतनले पनि राजाको सामु शिर निहुराय त्यही समयमा राजाले आफनो सचिव लाई आदेश गरे सिचाई र सड्क विभाग हेर्ने मन्त्रीहरुलाई बोलाई शिवरतनसंग सम्र्पक गरी बर्दियाका दुईवटा पुल र सिचाईका लागि कुलोको लागत इस्टीमेट तयार गरी हामी सामु पेश गर भन्ने आदेश भयो ।
राजा विरेन्द्रको आदेश बमोजिम सम्बन्धित विभागका कर्मचारीहरु त्यही दशैताका शिवरतनसंग बर्दिया आए र माग बमोजिम मानखोला र भादा खोलामा पुल निर्माणका लागि नाप जोख गरे भने कुलो खनाएर त्यो कुलोमा पानी ल्याउन हाल बबई सिचाई अफिस भएको स्थानमा पानी ड्याम बाँधेर जम्मा गर्ने उदेश्य अनुसारको लागत इस्टीमेट बनाई टोली काठमाण्डौ फर्कियो ।
शिवरतन थारुको माग बमोजिम बबई सिचाईको काम सुरु भयो भने यता मानखोला र भादापुलको निमार्ण कार्य पनि सुरु भयो । शिवरतनले पुल र कुलोको साथ साथै विधालयहरु बनाए भने मैनापोखर, मोतिपुर र बासगढी जाने बाटो समेत खनाए । उनले आफु मोतिपुर गाँउपंचायत को प्रधानपंन्च, जिल्ला पंचायत सदस्य र उपसभापति हँुदै राष्ट्रिय पंचायत सदस्यसम्मको यात्रामा आफुले भ्याए सम्मको निश्र्वाथ सेवा गरे ।
उनकै कार्यकालमा बबई सिचाई स्थापना भएर बैदिमा अफिस थियो । भवनहरु निमार्ण भैरहेका थिए र बबई सिचाईको पानी ८ किलो मिटरको कुलो बनाई राजकुलवा सम्म पानी आईसकेको थियो । ठिक त्यही समयमा २०४६ सालको राजनीतिक परिर्वतन भयो र देशमा प्रजातन्त्र आयो । शिवरतन थारुले एउटा कुलो र पुलको निर्माण कार्य सुरु गराए तर उनको कार्यकालमा सम्पन्न हुन सकेन ।
हरिहर गौतमको कमैया शिवरतन थारुले राजालाई बिन्तीपत्र चढाएर दुईवटा पुल र एउटा कुलो बर्दियाली जनतालाई उपहार स्वरुप दिएका शिवरतन थारुलाई अहिले र्बिर्दया बासीले चिन्दैन्न । यहाँसम्म कि प्रजातन्त्र बहाली पछी तत्कालीन पंचहरुको समुह मिलेर बनेको राप्रपाकमा जिवनको अन्तिम अवस्थासम्म कार्यकर्ताको रुपमा रहेका शिवरतन थारुलाई त्यँही पार्टीका नेता कार्यकर्ता समेतले बिर्सिसकेका छन् ।
यस जिल्लामा थारु जातिको नामबाट संचालित जति पनि संघ संस्थाहरु छन ति संस्थाले पनि आफनै जातिका एउटा होनहार ब्यक्तित्व शिवरतन थारुलाई चिन्दैन्न् तर बबई सिचाई र त्यस क्षेत्रमा बनेको नहरको कुरा आउना साथ नेकपाका वामदेब गौतमको नाम जोडेर जयजयकार गर्छन । त्यँही बबई सिचाई र नहर देखाएर नेकपाका वामदेबले विगत २५ वर्ष देखि बर्दियाका जनतालाई दोहन गरेका छन् ।
थारु जातिका इमान्दार
राजनीतिक ब्यक्तित्व शिवरतन थारुले जीवनको अन्तिम अवस्था धेरै कष्टकर रुपले काट्नु पर्यो किनकी उनी इमान्दर भएकोले त्यती लामा समयसम्म सक्रिय राजनीतिकमा भएर पनि सम्पति आर्जन गर्न सकेन्न । त्यसैले होला उनले आफनो जीवनमा राम्रो घर बनाएर बस्न पनि सकेन्न नत छोरालाई राम्रो शिक्षा दिक्षा नै दिन सके ।
लामो समयसम्म अस्वस्थ भएर वर्षौ बिस्तारमा दिनरात काटेदै २०६२ सालमा ८१ वर्षको उमेरमा हामी सबैलाई अलबिदा भन्दै यस धर्तिलाई छोडीगए तर उनले गरेको हाम्रो जिल्ला प्रतिको यति ठुलो योगदान न हिजो कसैले गरेका थिए न अब भविष्यमा गर्छन होला । हामीले आफनो ठाँउका कर्मठ सच्चा माटोप्रति माया गर्ने शिवरतन थारुको सम्मान पक्कै गर्न सकेका छैनौ ।
यदि बर्दियाबासीहरुले बर्दियाको इतिहास भोलीका पिडीलाई भन्नु पर्दा शिवरतनको इतिहास पनि जोडिएको अवश्य छ त्यो ईतिहास लाई जोगाउनु हामी सबैको कतब्र्य र सम्मान हो । हामीले हाम्रो जिल्लामा विभिन्न राजनीतिक ब्यक्तीत्व बोकेका एकदलको मात्र स्वार्थ भएका ब्यक्तिको शालिक बनाउन उत्ताउलो भएका हुन्छौ तर हाम्रो जिल्लाको सम्पूर्ण विकासमा निश्वार्थ लागिरहेका थारु शिवरतनको शालिक किन बनाउन बिर्सेयौ ।
अब छिटै पूर्वपश्चिम राजमार्ग स्थित बासगढी नगरपालिकाको केदारेश्वर धाम देखि बबई सिचाई को कार्यालय रहेको बैदि सम्मको बाटोमा उपयुक्त स्थानमा उहाँको शालिक बनाउन पर्छ र ईतिहास जोगाउन पर्छ । कसैले पनि कसैको ईतिहास मेटने कोशिस नगरौ । म बबई सिचाईका जन्मदाता शिवरतन थारु प्रति हाद्र्धिक श्रद्धान्जली अर्पण गर्दछु ।
(स्रोत–बाँसगढी नगरपालिका वडा नं. ५ केदारेश्वर धाम निवासी लिलाधर शर्मा लगायत मोतिपुर गाँउबासी)