Pairabi logo

पुस १३, २०८२, आइतबार                    

कानूनी पहिचानबारे सामुदायिक सचेतना

डेक्स

डेक्स

कानूनी पहिचानबारे सामुदायिक सचेतना
ADVERTISEMENT

नेपालगन्ज ३, असोज । मधेशी तथा ग्रामिण क्षेत्रमा नागरिकता र जन्मदर्ताको महत्वबारे स्थानीयलाई अझ बढी बुझाउनुपर्नेमा जोड दिइएको छ ।

मधेशी समुदायका नागरिकले काम परेपछि मात्र नागरिकता, जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्ता, सम्वन्ध विच्छेद, बसाई सराई दर्ता गराउने भएकाले समयमा दर्ता गराउने कार्यमा स्थानीय तहको भुमिका प्रभावकारी बनाउनुपर्ने बताइएको थियो । 

महिला कानून र विकास मञ्च र सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा आज बाँकेको जानकी–२ बेलभारमा कानूनी पहिचान (नागरिकता र जन्मदर्ता) सामुदायिक सचेतना कार्यक्रमका सहभागिहरुलाई नागरिकता लगायतका विषयमा अभिमुखीकरण गरिएको थियो । 

कार्यक्रममा प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले नेपाली नागरिकको बैधानिक पहिचानका लागि नागरिकता बनाउनुपर्ने भन्दै संविधानले व्यवस्था गरेको मौलिक हकलाई पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपालको संविधान एउटा समाबेशीमुलक संविधान भएकाले यसको अध्ययन र प्रयोग सबैले गरेपछि मात्र यसको उपलब्धी देखिने भन्दै सांसद तिवारीले कानूनी जटिलता लगायतका विषयमा सुझाव दिन समेत आग्रह गर्नुभयो । उहाँले ग्रामिण समुदायमा अझै पनि महिलाहिंसा जस्ता विभिन्न घटनाहरु बढीरहेकाले त्यस्ता घटनालाई बाहिर ल्याई कानूनी उपचारमा जानुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा वरिष्ठ अधिबक्ता सुनिल कुमार श्रेष्ठले नागरिकको पहिलो पहिचान नै नागरिकता भएकोले नेपालमा जन्मिएका सबैले नागरिकता बनाउनुपर्ने आग्रह गर्दै नेपालको संविधानले नागरिकता सम्वन्धी गरेको व्यवस्थालाई सम्वन्धित निकायले अझै पनि कार्यान्वयन नगरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले आमाको नामबाट नागरिकता दिने भनेर कानूनले व्यवस्था गरेको तर स्थानीय प्रशासनले सहज रुपमा नदिएपछि अदालत जानुपर्ने अवस्था रहेको भन्नुभयो । वरिष्ठ अधिबक्ता श्रेष्ठले नागरिकता लगायतका कानून प्रक्रिया सबैले तत्काल बनाउनुपर्नेमा जोड दिंदै नागरिकता सम्वन्धी कुनै समस्या भएमा संस्थामार्फत आवश्यक सहजीकरण गर्ने बताउनुभयो । 

वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले वडाले नागरिकता लगायतका कानून प्रक्रिया पुगेकालाई विभिन्न सिफारिसहरु सहज रुपमा उपलब्ध गराउदै आएको भन्दै स्थानीय नागरिकहरुलाई यसबारे सचेतनाका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । 

कार्यक्रममा कानूनी पहिचान नागरिकता र जन्मदर्ताका बारेमा अधिबक्ता तिवारी र पत्रकार राकेशकुमार मिश्रले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा करिब ६० भन्दा बढी स्थानीयहरुको सहभागिता थियो । 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…