Pairabi logo

साउन २४, २०८३, आइतबार                    

मानव बेचबिखन नियन्त्रण गर्न स्थानीय तहको भुमिकाप्रति जोड

डेक्स

डेक्स

मानव बेचबिखन नियन्त्रण गर्न स्थानीय तहको भुमिकाप्रति जोड
ADVERTISEMENT

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि स्थानीय तहको भुमिका प्रभावकारी हुनुपर्ने आवश्यकतामा जोड दिइएको छ । जिल्लामा मानव बेचबिखन तथा ओसार पसार कार्यलाई नियन्त्रणका गर्नका लागि कुनै एक व्यक्ति तथा संस्थाले मात्रै कार्यक्रम गरेर सम्भव नभएकोले स्थानीय तहको प्रभावकारी भूमिका हुनुपर्नेमा जोड दिइएको हो । 

मानव बेचबिखन तथा ओसार पसारबिरुद्धको राष्ट्रिय दिवसको अवसरमा नेपालगञ्जमा बिहीबार आयोजित जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मानव बेचबिखन कार्यको जोखिम बढ्दै गएको र यसको नियन्त्रणका लागि स्थानीय सरकारले वेवास्ता गरिरहेको देखिएको भन्दै स्थानीय तहको सक्रियता र अपन्त्व लिनुपर्ने कार्यक्रमका वक्ताहरुको भनाई थियो ।

हालसम्म जिल्लाका केही पालिकाहरुले मात्रै कार्यबिधि निर्देशिका निर्माण गरेर पालिकास्तरीय नियन्त्रण समितिको गठन तथा कार्य संचालन गरिरहेको भन्दै सबै पालिकामा यस्तो खालको सयन्त्रण निर्माण गर्न आवश्यक रहेको सहभागिहरुले उल्लेख गरेका थिए । 

जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सीता कार्कीले जिल्लाका स्थानीय तहले यो बिषय गम्भीरताका साथ लिन र कार्यक्रमहरु संचालन गर्न आग्रह गर्नुभएको थियो । जिल्लाका बिभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरुको उपस्थिति रहेको सो कार्यक्रममा उपप्रमुख कार्कीले वडास्तरमा समेत सयन्त्रण निर्माण गरेर टोल टोलमा सचेतनामुलक कार्यक्रम संचालन गर्न अनुरोध गर्नुभयो । 

कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले मानव बेचबिखन तथा ओसार पसार कार्यबिरुद्ध कोहलपुुर बिगतदेखि नै सक्रिय भएर लागिरहेको भन्दै आर्थिक वर्षको शुरुवात अघि नै यस बिरुद्धका जिल्लास्तरको कार्यक्रमको खाका बनाएर पालिकासंग सहकार्य गर्न जिल्लास्तरीय समितिलाई अनुरोध गर्नुभयो । 

कोहलपुर पश्चिम नेपालको ट्रान्जिट प्वाईन्टका रुपमा रहेको र मानव बेचबिखन तथा ओेसार पसारको जोखिम धेरै रहेकाले वडास्तरमा सचेतनामूलक कार्यक्रम संचालन गरिएको समेत मेयर आचार्यले बताउनुभयो । साथै उहाँले जिल्लास्तरीय समितिले आर्थिक वर्षको योजना निर्माण गर्नुअघि नै सो खाकासहित आए आफुहरु यस बिरुद्ध लाग्न तयार रहेको समेत प्रतिबद्धता जनाउनुभयो । 

बैजनाथ गाउँपालिका उपप्रमुख निर्मला रोकायले बैजनाथले जिल्लामै पहिलो पालिकाका रुपमा निर्देशिका निर्माण गरेर बिगतदेखि नै कार्यक्रमहरु संचालन गरिरहेको जानकारी गराउनुभएको थियो । उपप्रमुख रोकायले यतिले मात्रै यसलाई नियन्त्रण गर्न नसकिने भन्दै राज्यले नीति तथा कार्यक्रममा समेत यो मुद्दालाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिका उपप्रमुख मनिषा सिंह थारु, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा, नेपालगञ्ज प्रमुख मञ्जु पाण्डेय, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदी, कोहलपुरकी महिला बिकास अधिकृत घट्ना शाह, जानकी गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कल्पना गाहामगर, विनरक इन्टरनेशनल नेपालकी लुम्बिनी प्रदेशकी बरिष्ठ कार्यक्रम कार्यन्वयन संयोजक कमला पन्त लगायतले जिल्ला मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि भएका र गर्नुपर्ने कार्यहरुको बारेमा आफ्नो धारणा राख्नुभएको थियो । 

मानव बेचबिखन बिरुद्धको जिल्लास्तरीय समितिको आयोजना तथा माइती नेपाल, हाम्रो सम्मान परियोजना, शक्ति समूह, साथी संस्था र आइ एन एफ नेपालको साझेदारीमा भएको सो कार्यक्रममा माइती नेपालका संयोजक केशव कोइरालाले मानव बेचबिखनमा जिल्लाको अवस्था दर्शाउनुभएको थियो भने कार्यक्रमलाई शक्ति समूहकी संयोजक निर्मला पोडेलले संचालन गर्नुभएको थियो ।

ताजा

सबै

बाँकेमा थपिए तीन हजार ७७६ मतदाता

नेपालगञ्ज, २१ साउनः निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँक…

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक

बर्दिया, साउन २१ । बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि बर्दियामा सञ्चालित से…

बाँकेको एक इँटा भट्टामा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज, २० साउनः नेपालगन्ज उपमहानगरपालिका१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्…

राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न

बर्दिया, साउन २० । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन…

लोकप्रिय

सबै

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक

बर्दिया, साउन २१ । बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि बर्दियामा सञ्चालित से…

राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न

बर्दिया, साउन २० । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन…

बर्दियाका बिद्यालयहरुद्धारा समावेशी र हिंसामुक्त वातावरण प्रवद्र्धन कार्ययोजना तयार

बर्दिया, मधुवन । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुवन न…

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

यो पनि

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…

मुक्त कमैया र सुकुम्वासीको जग्गा दर्ता तथा नामसारी सम्बन्धमा उच्च अदालतको आदेश

मुक्त कमैया र सुकुम्वासीको जग्गा दर्ता तथा नामसारी सम्बन्धमा उच्च अदालतको आदेश

नेपालगन्ज ३२ असार । मुक्त कमैया तथा भूमिहीन सुकुम्वासीहरूले प्राप्त गरेको जग्गाको अंश…

न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउन डुडुवामा दुईदिने प्रशिक्षण

न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउन डुडुवामा दुईदिने प्रशिक्षण

डुडुवा (बाँके) २० असार । डुडुवा गाउँपालिकामा दुई दिने न्यायिक समिति सम्बन्धी प्रशिक्…