Pairabi logo

असोज १८, २०८३, आइतबार                    

अदालतमा विचाराधीन मुद्दा फिर्ता हुने गरी बनेको कानुनप्रति आपत्ति

डेक्स

डेक्स

अदालतमा विचाराधीन मुद्दा फिर्ता हुने गरी बनेको कानुनप्रति आपत्ति
ADVERTISEMENT

नेपालगन्ज । अदालतमा विचाराधीन मुद्दासमेत फिर्ता हुने गरी बनेको कानुनप्रति बाँकेका अधिकारकर्मी र कानून ब्यवसायीले गम्भिर आपत्ति जनाएका छन् । 

प्रस्तावित संशोधन विधेयक अघि नबढाई पीडितको न्याय, दण्डहिनताको अन्त्य र कानूनी शासनमा जोड दिन अधिकारकर्मीले बिज्ञप्तीमार्फत सरकारसंग माग समेत गरेका छन्।  

अधिकारकर्मीहरु नेपाल बार एशोसिएसनका पुर्व केन्द्रिय उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, नेपालगंज उच्च बार एशोसिएसनका अध्यक्ष चित्र बहादुर शाही, बाँके जिल्ला बार अध्यक्ष जनक बहादुर शाही, एडभोकेसी फोरमका लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता बसन्त गौतम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका प्रदेश संयोजक भोला महत, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेका संयोजक बल बहादुर चन्द, मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरी, अधिकारकर्मी रबिन्द्र कर्ण, नेपालगंज उच्च बारमा पुर्व अध्यक्ष बिकाश आचार्य, नेपाल बार एशोसिएसनका पुर्व केन्द्रिय सदस्य मधुर पाठक र सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता बिश्वजित तिवारी लगायतले संयुक्त रुपमा प्रेश बिज्ञप्ती जारी गर्दै अदालतमा बिचाराधिन मुद्धा फिर्ता लिन सकिने प्रावधान प्रति आपत्ती जनाउनुभएकाे ‌छ । 

‘जस्तो सुकै फौजदारी अपराधको कसूरमा मुद्दा चलाइएका राजनीतिक दल वा समूहका नेता तथा सदस्यहरुलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउने बहानामा तिनका मुद्दा फिर्ता लिई फौजदारी दायित्वबाट उन्मुक्ति दिने उद्देश्यले मुलुकी फौजदारी कार्यबिधि संहिता, २०७४ को दफा ११६ मा थप हुनेगरि गरीएको संशोधन विधेयक प्रति हामी असहमति व्यक्त गर्दछौ’ । अधिकारकर्मीले बिज्ञप्तीमा भनेका छन् । 

पीडकलाई संरक्षण र दण्डहीनतालाई प्रश्रय हुनेगरी ऐन संशोधन नगर्न र पीडितको न्याय तथा मुलुकको सुशासन प्रति संवेदनशील हुन अधिकारकर्मीले सरकार र सत्तापक्ष तथा प्रतिपक्षी दलका सांसदलाई आग्रह गरेका छन् ।  

मानव अधिकारको विश्वव्यापी घोषणापत्र, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि,संविधानको धारा २०(९) र २१ एवं सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट प्रतिपादित सिद्धान्त समेतको बर्खिलाप हुने गरी कानुन निर्माण गर्ने सरकारको पहल प्रति अधिकारकर्मीले घोर आपत्ति जनाएका छन् । 


‘राजनीतिको आडमा गम्भीर फौजदारी कसुरमा मुद्दा चलेका व्यक्तिहरूलाई उन्मुक्ति दिनेगरि नेपाल सरकारले कानुन निर्माण गर्न लाग्नु नेपालको संविधान,लोकतन्त्र, न्यायका आधारभूत सिद्धान्त, विधिको शासन, सर्वोच्च अदालतको आदेश तथा अन्तर्राष्ट्रिय कानुन विपरित रहेको अधिकारकर्मीले बिज्ञप्तीमा भनेका छन् ।  

संसदमा विचाराधीन उक्त विधेयक अदालतको आदेश, मानवअधिकारका विश्वव्यापी मुल्यमान्यता तथा सिद्धान्त,नेपालको संविधानले प्रत्याभूत गरेको न्यायिक तथा अपराध पीडितको मौलिक हक समेतको विपरित रहेको अधिकारकर्मीले भनेका छन्

प्रस्तावित संशोधन विधेयक अघि नबढाई पीडितको न्याय, दण्डहिनताको अन्त्य र कानूनी शासनमा जोड दिन अधिकारकर्मीले बिज्ञप्तीमार्फत सरकारसंग माग गरेका हुन । 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…