Pairabi logo

असोज १८, २०८३, आइतबार                    

आफन्त र पुर्व सांसद मिलेर महिलालाई बेचेको आरोप

डेक्स

डेक्स

आफन्त र पुर्व सांसद मिलेर महिलालाई बेचेको आरोप
ADVERTISEMENT

नेपालगन्ज, २१ असार । बाँके डुडुवा गाउँपालिका वडा नम्बर–१ पिप्रहवाका नारायण कुर्मी र सिपुरी कुर्मीले आफनो छोरीलाई आफनै आफन्त र पुर्व सांसद विजय कुमार यादवले भारतमा लगेर बिक्री गरेको आरोप लगाएका छन् । नारायण र सिपुरीले आफनी १९ वर्षीय छोरी रेश्मा बर्मालाई आफना आफन्त पर्ने केही व्यक्ति र डुडुवाका स्थानीय नेता विजय कुमार यादवले घरमा कोही नभएको बेला घरबाट लगेर भारतीय नागरिकलाई बिक्री गरेको आरोप लगाए । 

बिहिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै कुर्मी परिवारले घटनाको बारेमा जानकारी गराउदै आफनो छोरीलाई भारतमा लगेर बिक्री गर्ने कार्यमा बुहारी नाता पर्ने केतिया कुर्मी, आरती बर्मा, पवन बर्मा, जलवर्षा कुर्मी, दिनेश कुर्मी, नेता यादवसहितको व्यक्तिहरुको संलग्नता रहेको कुर्मी परिवारले आरोप लगाएको छ । 

गत वैशाख २० गतेदेखि आफनो छोरी हराएको भन्दैं प्रहरी कहा उजुरी गर्न जाने क्रममा स्थानीय नेता यादवले पछि हाम्रो गाउँसमाजको विवादलाई छलफल गरेर मिलाउने भन्दै कुर्मी दम्पतीलाई रोक्नु भएको थियो । नेता यादवसहित व्यक्ति मिलेर आफनी छोरी रेश्मालाई रुपैडिहा थाना अन्र्तगत पर्ने बाबागन्ज नजिकैको अचकवा गाउँमा लगेर कुन्दन बर्मासँग जर्वजस्ती विवाह गरिदिएको रेश्माका बुबा नारायण कुर्मीले बताउनुभयो ।  

उहाँले भन्नुभयो,–“छोरीलाई नेपाल फिर्ता बोलाईदिनु भन्दा कसैले सुनेन । मेरो छोरीलाई आफन्त र विजय यादवले १ लाख रुपैयाँमा बिक्री गरेका छन् । उनीहरुले मलाई भेटेर यो घटना बाहिर न ल्याउनुस बरु तपाईलाई एक लाख रुपैया दिन्छु भनेर भनेका थिए ।” हामीलाई केही रकम दिएर घटनाको बारेमा सार्वजनिक नगर्न दबाब दिइरहेका छन । प्रहरी चौकीमा उजुरी दिन पनि दिएनन् ।’ अब के गर्ने हामीलाई न्याय चाहिएको हो उहाँले भन्नुभयो । 

सुरुमा यादवले १ लाखमा विवाद मिलाउने प्रतिवद्धता गर्नुभएको थियो । तर पछि उहाले ६० हजार भारतीय रुपैयाँ रेश्माका बुबा आमालाई दिएर विवाद सामसुम पार्ने प्रयास गर्नुभयो । घटनाको बारेमा प्रत्यक्ष रुपमा जानकार स्थानीय राम कुमार कुर्मीले नेता यादवले भारतीय नागरिकसँग रकम लिएर आफनी चेली रेश्मालाई बिक्री गरिएको आरोप लगाउनुभयो ।  

रेश्माको यसअघि नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १३ स्थित गगापुर निवासी कधई बर्मासँग विवाह भएको थियो । कधईको मानसिक अवस्था ठिक नभएका कारण रेश्मा माइतीघर डुडुवामा बस्दै आएकी थिईन । कधईको एक महिना अघि मृत्यु भयो । पतिको मृत्यु कार्यमा समेत रेश्मा सहभागि हुन सक्नुभएन ।

माइती रहेका बेला आफनी बुहारी पर्ने केतियाले विभिन्न प्रलोभनमा पारेर भारत बाबागन्ज अचकवा गाउँका इन्द्रजीत कुर्मीका छोरा कुन्दनलाई बिक्री गरेको रेश्माका आमा सिपुरीले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले भन्नुभयो, “जर्वजस्ती अपहरण गरेर मेरो छोरीलाई भारतमा लगेर बिक्री गरे ।  

रेश्माका बुबा–आमालाई ६० हजार भारतीय रकम लिएर विवाद मिलाउन यादवले दबाब दिदैं आउनुभएको छ । मानवबेचखिन जस्तो कुरालाई समेत ढाकछेप गर्न नेता यादवले दबाब दिईरहेको स्थानीय राम कुमार कुर्मीले बताउनुभयो ।  
 
 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…