Pairabi logo

पुस १३, २०८२, आइतबार                    

आफन्त र पुर्व सांसद मिलेर महिलालाई बेचेको आरोप

डेक्स

डेक्स

आफन्त र पुर्व सांसद मिलेर महिलालाई बेचेको आरोप
ADVERTISEMENT

नेपालगन्ज, २१ असार । बाँके डुडुवा गाउँपालिका वडा नम्बर–१ पिप्रहवाका नारायण कुर्मी र सिपुरी कुर्मीले आफनो छोरीलाई आफनै आफन्त र पुर्व सांसद विजय कुमार यादवले भारतमा लगेर बिक्री गरेको आरोप लगाएका छन् । नारायण र सिपुरीले आफनी १९ वर्षीय छोरी रेश्मा बर्मालाई आफना आफन्त पर्ने केही व्यक्ति र डुडुवाका स्थानीय नेता विजय कुमार यादवले घरमा कोही नभएको बेला घरबाट लगेर भारतीय नागरिकलाई बिक्री गरेको आरोप लगाए । 

बिहिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै कुर्मी परिवारले घटनाको बारेमा जानकारी गराउदै आफनो छोरीलाई भारतमा लगेर बिक्री गर्ने कार्यमा बुहारी नाता पर्ने केतिया कुर्मी, आरती बर्मा, पवन बर्मा, जलवर्षा कुर्मी, दिनेश कुर्मी, नेता यादवसहितको व्यक्तिहरुको संलग्नता रहेको कुर्मी परिवारले आरोप लगाएको छ । 

गत वैशाख २० गतेदेखि आफनो छोरी हराएको भन्दैं प्रहरी कहा उजुरी गर्न जाने क्रममा स्थानीय नेता यादवले पछि हाम्रो गाउँसमाजको विवादलाई छलफल गरेर मिलाउने भन्दै कुर्मी दम्पतीलाई रोक्नु भएको थियो । नेता यादवसहित व्यक्ति मिलेर आफनी छोरी रेश्मालाई रुपैडिहा थाना अन्र्तगत पर्ने बाबागन्ज नजिकैको अचकवा गाउँमा लगेर कुन्दन बर्मासँग जर्वजस्ती विवाह गरिदिएको रेश्माका बुबा नारायण कुर्मीले बताउनुभयो ।  

उहाँले भन्नुभयो,–“छोरीलाई नेपाल फिर्ता बोलाईदिनु भन्दा कसैले सुनेन । मेरो छोरीलाई आफन्त र विजय यादवले १ लाख रुपैयाँमा बिक्री गरेका छन् । उनीहरुले मलाई भेटेर यो घटना बाहिर न ल्याउनुस बरु तपाईलाई एक लाख रुपैया दिन्छु भनेर भनेका थिए ।” हामीलाई केही रकम दिएर घटनाको बारेमा सार्वजनिक नगर्न दबाब दिइरहेका छन । प्रहरी चौकीमा उजुरी दिन पनि दिएनन् ।’ अब के गर्ने हामीलाई न्याय चाहिएको हो उहाँले भन्नुभयो । 

सुरुमा यादवले १ लाखमा विवाद मिलाउने प्रतिवद्धता गर्नुभएको थियो । तर पछि उहाले ६० हजार भारतीय रुपैयाँ रेश्माका बुबा आमालाई दिएर विवाद सामसुम पार्ने प्रयास गर्नुभयो । घटनाको बारेमा प्रत्यक्ष रुपमा जानकार स्थानीय राम कुमार कुर्मीले नेता यादवले भारतीय नागरिकसँग रकम लिएर आफनी चेली रेश्मालाई बिक्री गरिएको आरोप लगाउनुभयो ।  

रेश्माको यसअघि नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १३ स्थित गगापुर निवासी कधई बर्मासँग विवाह भएको थियो । कधईको मानसिक अवस्था ठिक नभएका कारण रेश्मा माइतीघर डुडुवामा बस्दै आएकी थिईन । कधईको एक महिना अघि मृत्यु भयो । पतिको मृत्यु कार्यमा समेत रेश्मा सहभागि हुन सक्नुभएन ।

माइती रहेका बेला आफनी बुहारी पर्ने केतियाले विभिन्न प्रलोभनमा पारेर भारत बाबागन्ज अचकवा गाउँका इन्द्रजीत कुर्मीका छोरा कुन्दनलाई बिक्री गरेको रेश्माका आमा सिपुरीले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले भन्नुभयो, “जर्वजस्ती अपहरण गरेर मेरो छोरीलाई भारतमा लगेर बिक्री गरे ।  

रेश्माका बुबा–आमालाई ६० हजार भारतीय रकम लिएर विवाद मिलाउन यादवले दबाब दिदैं आउनुभएको छ । मानवबेचखिन जस्तो कुरालाई समेत ढाकछेप गर्न नेता यादवले दबाब दिईरहेको स्थानीय राम कुमार कुर्मीले बताउनुभयो ।  
 
 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…