Pairabi logo

असोज २६, २०८३, सोमबार                    

दुध उत्पादन वृद्धि गर्न डोर टु डोर कार्यक्रम

डेक्स

डेक्स

दुध उत्पादन वृद्धि गर्न डोर टु डोर कार्यक्रम
ADVERTISEMENT

कमल राज पौडेल 
बर्दिया २० असार । पशु बाझोपन निवारण र दुध उत्पादनमा वृद्धिका लागि घरदैलो ९ डोर टु डोर ० कार्यक्रम संचालन भएको छ । बाँसगढी नगरपालिकाको समन्वय र राष्ट्रिय पशु प्रजनन कार्यलको प्राविधिक टोलि सहित एकीकृत कृषि पशुपन्छी विकास कार्यलय गुलरिया बर्दियाले बाँसगढी नगरपालिकाको वडा न। २,४,५ र ६ मा यो कार्यक्रम संचालन गरेको छ ।

पशु पालक कृषकहरुको घरदैलोमा आएर पशु धनको उपचार गरि नि शुल्क औषधी दिने यो कार्यक्रम कृषकहरुका लागि एकदमै लाभदायक र फलदायी छ भन्दै खुसी व्यक्त गर्नु हुन्छ पशु पालक कृषक राजु ढकाल । कृषक ढकाल भन्नुहुन्छ अहिले चेक गर्दा  मेरो पशु धनमा पनि बाझोपन देखा पर्यो आफ्नो पशु धनमा बाझोपन छ भन्ने कुरा मलाई थाहा थिएन आज मेरो गाई गोठमा आएर मेरो पशु धनको उपचार गरि मलाई लाखौं रुपियाँको नोक्सानी बाट बचाई दिनु भयो भन्दै वहाँले एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यलयको प्राविधिक टिम लाई धन्यवाद व्यक्त गर्नु भयो ।

बाँसगढी नगरपालिका कृषकहरुका लागि समर्पित नगरपालिका हो नगरपालिकाले आर्थिक बर्ष २०८०र०८१ को नीति तथा कार्यक्रममा पशु पालक कृषकहरुका लागी धेरै कार्यक्रमहरु ल्याएको छ ।

त्यो कार्यक्रम बाट बाँसगढी नगरपालिका भित्रका पशु पालक कृषकहरुलाई पशु पालन क्षेत्रमा थप हौसला मिल्ने छ । यसरी कृषकहरुको गाई भैंसी गोठमा गएर पशु धनको उपचार गरि सेवा दिएकोमा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यलय गुलरिया बर्दियाको सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गर्दै पशु बाझोपन निवारण सेवा घरदैलो ९ डोर टु डोर ० कार्यक्रमको उद्घाटन बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले गर्नु भयो ।

घरदैलो ९ डोर टु डोर ० कार्यक्रम गर्नुको मुख्य उदेश्य गाई भैसिमा बाझोपन निवारण गर्नु र दुध उत्पादनमा वृद्धि गरि पशु पालन क्षेत्रमा रहेका कृषकहरुको आय स्तर बढाउने लक्ष्य हो । त्यो लक्ष्य पुरा गर्नका लागि कृषकहरुको गोठ गोठमा गएर बाझो पशुहरुको पहिचान गरेर त्यसको उपचार गरि त्यसलाई फेरि उत्पादन सिल बनाउने यो कार्यक्रम हो यस्ता कार्यक्रम विगत देखी हुदै आइरहेको छ विशेषगरी दुध उत्पादन हुने क्षेत्रलाई पहिचान गरेर यो कार्यक्रम हुने गर्दछ ।

उपचारका साथै कृषकहरुलाई आफ्नो पशु धनको सुरक्षा कसरी गर्न सकिन्छ पशुलाई समयमा उचित आहार दिने र समय समयमा पशु प्राविधिकहरु संग आफ्नो पशु स्वास्थको बारेमा परामर्श गरि उचित औषधी उपचार गरे पशुमा बाझोपनको निवारण कृषक आफैंले पनि गर्न सक्ने एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यलय गुलरिया बर्दियाका कार्यलय प्रमुख सागर ढकालले बताउनु भयो ।

बर्दिया जिल्ला भित्र भैंसी भन्दा बढी गाईमा बाझोपनको समस्या देखिए पनि घरदैलो ९ डाृेर टु डोर ० कार्यक्रमको माध्यमबाट निवारण भइरहेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यलय गुलरिया बर्दियाका पशु विकास अधिकृत डा सुमन खनालले बताउनु भयो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…