रविन्द्रकुमार ज्ञवाली ।
मोबाइलको प्रयोग एक तर्फ त निकै महत्वपुर्ण रहेको देखिन्छ भने यसको विपरीत मोबाइलको अत्याधिक प्रयोगले विशेषगरी युवा जगत को मा ठुलो असर पो गर्दै छ कि ?
साँझ, विहान, दिनमा, रातमा हरेक क्षण मोबाइल मै व्यस्त रहनुले युवाहरु एक्लिने, आफुमै व्यस्त रहने, कोही पनि नचाहिने जस्ता प्रवृत्ति ले उनिहरुमा पारिवारिक , सामाजिक तवरमा अन्य सँग सम्मिलित हुने जस्ता कुराहरुबाट बढिजसो टाढा नै रहने बानी पो बस्न थालेको छ ।
अहिले संसारमा मानिसक स्वास्थ अर्थात चिन्ता, टेन्सन, डिप्रेशन जस्ता विषयहरु ह्वात्तै बढ्दै छ । बहुसंख्यक युवाहरुमा ंपछि के गर्ने भन्ने को निर्क्योेल मै अलमलमा हुने गरेको देखिन्छ । युवाहरु २० २१ वर्ष पुग्दा सामान्यतया देखिन पर्ने परिपक्कता धेरै नै कम भैसकेको पाइन्छ अहिले ।
पहिले का युवाहरु १२-१५ वर्ष मै परिपक्क जस्तै हुन पुग्थे, धेरै कुराहरुमा उनीहरु आत्मनिर्भर हुने गर्थे, आफ्ना व्यक्तिगत कुराहरुमा स्वस्फुर्त स्वयं समर्थ हुने गर्दथे, घरेलु दैनिक कामहरुमा पोख्त हुने गर्थे, घरभित्र देखि बाहिर सम्म का कामहरु त्यस बखत का युवाहरुले सहजै सम्पन्न गर्ने गर्दथे तर अहिले १८-२० वर्ष सम्म का युवाहरु केटाकेटी नै हुन कि भन्ने भान हुन्छ /
कारण युवाहरु त्यस समय प्राकृतिक र सामाजिक रुपमा हुर्कने गर्थे र उनीहरु मा विशेष असामान्य चेतनाको विकास हुने गर्थ्यो , प्रकृतिबाट उनिहरु धेरै कुरा सिक्ने गर्दथे ।
तर अहिले बालक हुर्काइू पुरै कृतिम भैसक्यो । युवाहरुमा एकांकीपना, पर(निर्भरता अत्याधिक बढेको छ र हुर्कने क्रममा बाबुआमाले पनि अझ आफ्ना छोरा छोरीलाइ मायाको नाममा काम गर्न नदिने ूतिमि सक्दैनौ भन्ने जस्ता कुराहरुले नै बढ्दै गरेका बालबालिकाहरु पर(निर्भरता तर्फ धकेलेको छ । एक्लै मोबाइल मै व्यस्त रहनुले उनीहरु आफ्नै परिवारका सदस्यहरु बाट समेत एक्लिने हुन पुगेका छन् र यो विषय राम्रो कदापि होइन ।
मोबाइल को अत्याधिक प्रयोग ले भविष्यमा धेरै युवाहरु एकांकी ९गैर(सामाजिक० बन्ने हुन कि भन्ने तर्क गर्न सकिन्छ र मानसिक स्वास्थमा समेत असर नपुग्ला भन्न सकिन्न।
(यो विषय खुद म मा नै पाएर मैले मोबाइल मा धेरै व्यस्त हुनाले मेरो महत्वपुर्ण समय के के गुमाउँदै छु भन्ने महशुस हुन थाल्यो र लेख्न मन लागेको हो ।)