Pairabi logo

फागुन ०७, २०८२, बिहीबार                    

प्रधानमन्त्रीको भारत भ्रमण : लक्ष्मणपुर बाँधको सवाल

डेक्स

डेक्स

प्रधानमन्त्रीको भारत भ्रमण : लक्ष्मणपुर बाँधको सवाल
ADVERTISEMENT

काग कराउँदैछ गर्छ पिना सुक्दैगर्छ’ भन्ने उक्ति अहिले नेपाल सरकारको सोच र गतिविधिसँग मिल्दोजुल्दो छ ।  बाँकेको लक्ष्मणपुर बाँध र यसले पारेको प्रभावका विषयमा वर्षौदेखि आवाज उठाइदै आइएको छ तथापी त्यसको सुनुवाई कहीं कतैबाट हुन सकेको छैन ।

यो सवाल सरकारलाई थाहा नभएको पनि हैन तर जसका सामु जुन तरिकाले सावाल उठान  र सम्वोधनको पहल गर्नु पर्ने हो त्यो हुन सकिरहेको छैन । ३ दशकदेखिको समस्या एकातिर छदै थियो, पछिल्लो चरण अर्को समस्या पनि थपिएको छ– भारतद्धारा सीमानजिकै बनाइएको ’बाँधजस्तो सडक’ । तटवन्ध जस्तो देखीने सडक बारे मीडियामार्फत सार्वजनिक भए पनि  कराउने फेरी हराउने जस्तै भयो । यती बेला नेपालका  प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा रहनु भएका बेला यी सवाललाई सार्वजनिक गर्ने प्रयास गरिएको छ । 

लक्ष्मणपुर बाँध र प्रभाव 
एक देशले अर्को छिमेकी देशलाई असर पर्ने गरि सीमा क्षेत्रको ८ किमीभित्र कुनै संरचना बनाउन नपाइने दुइ देशीय कानूनी प्रावधान भएपनि भारत सरकारले सन् १९८५मा सीमाको ८ किमी भित्रै लक्ष्मणपुर व्यारेज बनायो । खोल्न र बन्द गर्न मिल्ने १४ ढोका भएको व्यारेज २ सय ८४ मिटर लामो छ । यस्तै सन् २००० मा सीमा भन्दा ३ देखि ५ सय मिटर दुरीमै २२।५ की मी कलकलवा एफलक्स बण्ड निर्माण ग¥यो ।

यो बाँध नेपाल भारत सिमा ९दशगजा०मा पर्ने पिलर न १९ बाट भारतीय भूमिमा ३ सय मि। टाढा र पिलर न २० बाट ६ सय ५० मि। मात्र टाढा रहेको छ । साढे २२ किलो मिटर लम्बाई, ५ मिटर चौडाई र ५ मिटर उचाई रहेको सोही तटवन्धका कारण गन्धैली, सुतैया र डुडुवा नालाको बहाव रोकिन्छ । जसका कारण राप्ती वारिपारीको हजारौं विघाः खेती योग्य जमिन वर्षेनी डुबान, पटान र कटानको चपेटामा पर्छ । कलकलवा तटबन्ध बनाउनु अघि नेपालका कुनै पनि भूभाग डुवान, कटान र पटान नभएको लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिका अध्यक्ष एवं स्थानीय बासिन्दा जगदीश वहादुर सिंहको दावी छ ।  

घरबासै उठान गर्ने गरि आउने बाढीका कारण वर्षेनी अन्नपात, उव्जाउ जमिन नोक्सान भइरहेको छ । तर त्यसको आधिकारिक लेखाजोखा पनि सरकारसँग पनि छैन् । सरकारी एक तथ्यांकअनुसार – बाढी, डुबान, कटानबाट ३१ गाउँ प्रभावित हुन्छन् । बाढीका कारण २ हजार ५० घरधुरीका १५ हजार बढी नागरिक प्रत्यक्ष प्रभावित हुन्छन् भने ३ हजार हेक्टर क्षेत्रफल डुवानमा पर्दछ । स्थानीयको भनाई अनुसार–बाढीका कारण ५ हजार घरघुरीका ४० हजार प्रभावित भइरहेका छन् । हालसम्म ४० हजार विघा भन्दा बढि खेतियोग्य जमिन बगरमा परिणत भइसकेको छ । हजारौको संख्यामा विस्थापीत भइसकेका छन् ।

बाँधरुपी सडक 
सीमा क्षेत्रबाट ८ किलोमिटर परसम्म कुनै समानान्तर संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय नियम छ । तर पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा एक हजार ६ सय किमी सडक निर्माण भइसकेको खवर छ । ’इन्डो नेपाल समानान्तर सीमा सुरक्षा सडक’को नाममा भारतले सडक भने पनि ’तटबन्ध’ निर्माण गरेको नेपालीको बुझाइ छ । नाम जे दिइए पनि त्यसले ९यही अवस्थामा० नेपालतिरको अधिकांश भूभाग डुबानमा पार्दै आएको छ ।

आफ्नो भूमिमा जे पनि गर्न पाइन्छ भन्ने मनशाय र दम्भका साथ भारतले सडक निर्माण गरिरहयो । आन्तरिक सुरक्षाका लागि सडक निर्माण गरेको  भारतले दाबी गर्दै आएको छ । बाँकेको करिब १ सय ५० किलोमिटर क्षेत्र भारतको उत्तर प्रदेशसँग जोडिएको छ । बाँकेसँग जोडिएका अधिकांस क्षेत्रमा बाँध जस्तो सडक निर्माण भइसकेको छ ।

सडक निर्माण भइरहदा समाचारहरु सार्वजनिक पनि भए, निर्माण प्र्रक्रिया तत्काल रोक्न नेपालका तर्फबाट औपचारिक आग्रहबाहेक थप सार्थक पहल गरिएन । दुईदेखि सात मिटर अग्लो र ३० मिटर चौडा सडकले बाढी, डुबान, कटानलगायत अन्य जोखिम पनि बढाउने सम्भावना छ ।

नेपाली भूमि भई बग्ने नाला र सोतालाई समेत भारतले बन्द गरेको छ । यसले राप्ती नदी आसपासका गाउँमात्र नभई नेपालगन्ज उपमहानगरपालिका, हिरमिनिया, पीप्रहवा, साइगाउँ, सीतापुर, राधापुर, नरैनापुरलगायतका दर्जनौं गाउँहरू डुवानमा पार्ने छ । कहिले पनि डुबान नभएको नरैनापुरका धेरै ठाउँ भारतीय बाँध र अग्लो सडककै कारण बाढी आउने र डुबान हुन थालेको नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तियाक अहमद शाह बताउँछन् । 

अहिले सीमामा करिब ३÷३ किमी दूरीमा एसएबीका पोस्ट रहेका छन् । निर्माण भइरहेको सडक विशेषतः सैन्य ९एसएसबी० आवागमन, गस्ती गतिविधिका लागिमात्र हो। तर एसएसबीले दुवै देशका जनताको आवागमनमा सहजतासँगै सुविधाका लागि पनि हो भनेको छ । तथापि पानीको स्वाभाविक बहावलाई थुन्नेचाहिँ पक्कै हो  ।

यो सडकले नेपाली बस्ती डुब्ने खतरा छ । भारतको कोणबाट ठीक पनि हुनसक्ला । तर त्यसले नेपाली भूमि र जनतालाई प्रत्यक्ष प्रभाव पार्छ भने त्यो कसरी जायज हुनसक्छरु आफ्नो भूमिमा सडक निर्माण गर्नै पाइँदैन भन्ने पनि होइन, तर पानी भने थुन्न पाइँदैन । आफ्नो स्वार्थपूर्तिका लागि अरुलाई डुबाउने भारतीय कार्यलाई नेपालीले किन र कसरी सहनेरु पानीको बहाव सहजरूपमा हुन पाउनुप¥यो भन्ने हो।

सो सडक खण्डमा पर्याप्त पुल, कल्भर्ट, ह्युमपाइप राखिनुपर्छ भन्ने बाँकेबासीको माग हो । यसो नगरिँदा नेपालीलाई मात्र हैन, भारतीयलाई समेत दीर्घकालीन प्रभाव पर्ने निश्चित छ । बडे दादाका रूपमा आफूलाई उभ्याउन रूचि राख्ने भारतले असल छिमेकीका नाताले नेपाली जनताको सुरक्षालाई ख्याल गर्नुपर्छ। असल छिमेकीले कहिल्यैै पनि अर्को छिमेकीको कुभलो चाहनु हँुदैन ।

भारतले सीमानजिकै कहीँ पुल, कहीँ बाँध बाँधेर नेपाली भूमी डुबानमा पार्दै आएको छ । सीमा दुई मुलुकको साझा विषय हो। यसैले सीमानजिकै निर्माण गरिने कुनै पनि संरचना साझा दृष्टिकोण र सहमतिमै बनाइनुपर्छ । 
प्रधानमन्त्रीले गर्नुु पर्ने पहल 
राप्तीको समस्या प्राकृतिक या विपद होइन, भारतद्धारा सिर्जीत कृत्रिम समस्या हो । हामै्र कमजोरीको फाइदा भारतले लिइरहेको हो । भारतको हरेक कदमप्रति नेपाल सरकारलाई जानकारी नभएको होइन । बाँध, तटवन्ध र सडक निर्माण गरेर भारतले के सिद्ध गर्न खोज्दैछ रु भन्ने कुरा सरकारले बेलैमा हेक्का राखेर आवश्वक पहलकदमी गरेको भए सायद यती विपत्ती व्यहोर्नु पर्ने थिएन ।

नदी, जलश्रोत, सीमा र नागरिकको बाँच्न पाउने अधिकारसँग जोडिएका यस्ता विषयलाई महत्वका साथ राजनैतिक, कुटनैतिक पहलमार्फत स्थायी समाधान खोजीनु पथ्र्यो । तर सरकार त्यसतर्फ केन्द्रीत नै भएको देखीदैन । यो समस्या बाँकेबासीको मात्र समस्या र विषय हुँदै होइन । अन्तराष्ट्रिय कानून, सन्धि, सम्झौताका आधारमा हेरिनुपर्ने र सम्वोधन गरिनुपर्ने हो ।

सरकारले लक्ष्मणपुर बाँध र बाँध जस्तो सडकबारे तत्कालै अल्पकालिन, दिर्घकालिन उपाय अवलम्वन गर्न जरुरी छ । यति बेला हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा हुनुहुन्छ । उहाँले भारत समक्ष उठान गर्नु पर्ने विषय धेरै होलान तथापी यो विषय पनि राष्ट्रिय महत्वकासाथै भारत सँग सम्वन्धित भएकाले पनि उठान गर्नु पर्छ भन्ने धेरैको भनाई छ ।  बाँकेको डुबान, कटान र बाढीको समस्या समाधानको विषयलाई प्राथमिकताकासाथ भारत समक्ष कुरा राख्न सुझाउँछन् – लक्ष्मणपुर बाँध पीडित संघर्र्ष समितिका अध्यक्ष जगदिश बहादुर सिंह ।

भारतले यसरी स्थायी बाँध, सडक लगायतका स्थायी संरचना बनाउँदा अन्तर्राष्ट्रिय सीमा मापदण्डको पालना गर्दै नेपाल र नेपालीलाई कुनै असर नपर्ने गरि मात्र बनाउन पाउँछ । सीमा समस्या बारे प्रधानमन्त्री प्रचण्डले यती बेला कुटनीतिक, राजनैतिक पहल गर्नुपर्छ । भारतीय कदमप्रति बेलैमा सार्थक बार्ता र प्राविधिक प्रक्रिया नबढाए, पछि पछुताउनु बाहेकको केही बाँकी रहने छैन । सबैलाई चेतना भया ।

ताजा

सबै

‘शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत सम्बोधन गर्छ’ : गौडेल

कोहलपुर फागुन ६ । चुनावी माहोल तात्दै जाँदा शिक्षासँग जोडिएका मुद्दालाई केन्द्रमा रा…

‘नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ’ : उम्मेदवार पुन

बाँके (खजुरा), फागुन ६ । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर …

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

नेपालगन्ज, ६ फागुनः बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय अ…

स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव

नेपालगन्ज, फागुन ६ । बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्स…

लोकप्रिय

सबै

बाँकेमा तीन राजनीतिक दलका प्रतिबद्धतापत्र सार्वजनिक

नेपालगञ्ज, ६ फागुनः आगामी फागुन २१ गने हुने निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक द…

राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया

नेपालगन्ज । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन सञ्चारमाध्यमले आचारसंहिता पा…

युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद

नेपालगन्ज, फागुन ३ : बाँके, क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्…

गौडेलद्धारा आफ्नै वडाबाट घरदैलो

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेल कोहलपुर नगरपालिका वडा नं।३ स्थ…

यो पनि

'यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान'

'यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान'

बाँके क्षेत्र नम्बर १ मा करीब एक दशकपछि रुख चिन्हमा मतदान गर्न पाउने वातावरण छ । आगा…

रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

तुला अधिकारी १९ माघ २०६१ । बिहानी सिफ्टको कक्षा सकिने बेला हुँदैथियो । आरआर कलेजम…

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मा…

जीवनका मौन तर गहिरो यात्रास् महिनावारीदेखि रजोनिवृत्तिसम्म

जीवनका मौन तर गहिरो यात्रास् महिनावारीदेखि रजोनिवृत्तिसम्म

अधिवक्ता मीना पराजुली जीवनका धेरै अध्यायहरू छन्, जसलाई हामी आफैँले बाँड्न हिच्किचाउँ…