Pairabi logo

बैशाख २६, २०८२, शुक्रबार                    

प्रधानमन्त्रीको भारत भ्रमण : लक्ष्मणपुर बाँधको सवाल

डेक्स

डेक्स

प्रधानमन्त्रीको भारत भ्रमण : लक्ष्मणपुर बाँधको सवाल
ADVERTISEMENT

काग कराउँदैछ गर्छ पिना सुक्दैगर्छ’ भन्ने उक्ति अहिले नेपाल सरकारको सोच र गतिविधिसँग मिल्दोजुल्दो छ ।  बाँकेको लक्ष्मणपुर बाँध र यसले पारेको प्रभावका विषयमा वर्षौदेखि आवाज उठाइदै आइएको छ तथापी त्यसको सुनुवाई कहीं कतैबाट हुन सकेको छैन ।

यो सवाल सरकारलाई थाहा नभएको पनि हैन तर जसका सामु जुन तरिकाले सावाल उठान  र सम्वोधनको पहल गर्नु पर्ने हो त्यो हुन सकिरहेको छैन । ३ दशकदेखिको समस्या एकातिर छदै थियो, पछिल्लो चरण अर्को समस्या पनि थपिएको छ– भारतद्धारा सीमानजिकै बनाइएको ’बाँधजस्तो सडक’ । तटवन्ध जस्तो देखीने सडक बारे मीडियामार्फत सार्वजनिक भए पनि  कराउने फेरी हराउने जस्तै भयो । यती बेला नेपालका  प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा रहनु भएका बेला यी सवाललाई सार्वजनिक गर्ने प्रयास गरिएको छ । 

लक्ष्मणपुर बाँध र प्रभाव 
एक देशले अर्को छिमेकी देशलाई असर पर्ने गरि सीमा क्षेत्रको ८ किमीभित्र कुनै संरचना बनाउन नपाइने दुइ देशीय कानूनी प्रावधान भएपनि भारत सरकारले सन् १९८५मा सीमाको ८ किमी भित्रै लक्ष्मणपुर व्यारेज बनायो । खोल्न र बन्द गर्न मिल्ने १४ ढोका भएको व्यारेज २ सय ८४ मिटर लामो छ । यस्तै सन् २००० मा सीमा भन्दा ३ देखि ५ सय मिटर दुरीमै २२।५ की मी कलकलवा एफलक्स बण्ड निर्माण ग¥यो ।

यो बाँध नेपाल भारत सिमा ९दशगजा०मा पर्ने पिलर न १९ बाट भारतीय भूमिमा ३ सय मि। टाढा र पिलर न २० बाट ६ सय ५० मि। मात्र टाढा रहेको छ । साढे २२ किलो मिटर लम्बाई, ५ मिटर चौडाई र ५ मिटर उचाई रहेको सोही तटवन्धका कारण गन्धैली, सुतैया र डुडुवा नालाको बहाव रोकिन्छ । जसका कारण राप्ती वारिपारीको हजारौं विघाः खेती योग्य जमिन वर्षेनी डुबान, पटान र कटानको चपेटामा पर्छ । कलकलवा तटबन्ध बनाउनु अघि नेपालका कुनै पनि भूभाग डुवान, कटान र पटान नभएको लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिका अध्यक्ष एवं स्थानीय बासिन्दा जगदीश वहादुर सिंहको दावी छ ।  

घरबासै उठान गर्ने गरि आउने बाढीका कारण वर्षेनी अन्नपात, उव्जाउ जमिन नोक्सान भइरहेको छ । तर त्यसको आधिकारिक लेखाजोखा पनि सरकारसँग पनि छैन् । सरकारी एक तथ्यांकअनुसार – बाढी, डुबान, कटानबाट ३१ गाउँ प्रभावित हुन्छन् । बाढीका कारण २ हजार ५० घरधुरीका १५ हजार बढी नागरिक प्रत्यक्ष प्रभावित हुन्छन् भने ३ हजार हेक्टर क्षेत्रफल डुवानमा पर्दछ । स्थानीयको भनाई अनुसार–बाढीका कारण ५ हजार घरघुरीका ४० हजार प्रभावित भइरहेका छन् । हालसम्म ४० हजार विघा भन्दा बढि खेतियोग्य जमिन बगरमा परिणत भइसकेको छ । हजारौको संख्यामा विस्थापीत भइसकेका छन् ।

बाँधरुपी सडक 
सीमा क्षेत्रबाट ८ किलोमिटर परसम्म कुनै समानान्तर संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय नियम छ । तर पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा एक हजार ६ सय किमी सडक निर्माण भइसकेको खवर छ । ’इन्डो नेपाल समानान्तर सीमा सुरक्षा सडक’को नाममा भारतले सडक भने पनि ’तटबन्ध’ निर्माण गरेको नेपालीको बुझाइ छ । नाम जे दिइए पनि त्यसले ९यही अवस्थामा० नेपालतिरको अधिकांश भूभाग डुबानमा पार्दै आएको छ ।

आफ्नो भूमिमा जे पनि गर्न पाइन्छ भन्ने मनशाय र दम्भका साथ भारतले सडक निर्माण गरिरहयो । आन्तरिक सुरक्षाका लागि सडक निर्माण गरेको  भारतले दाबी गर्दै आएको छ । बाँकेको करिब १ सय ५० किलोमिटर क्षेत्र भारतको उत्तर प्रदेशसँग जोडिएको छ । बाँकेसँग जोडिएका अधिकांस क्षेत्रमा बाँध जस्तो सडक निर्माण भइसकेको छ ।

सडक निर्माण भइरहदा समाचारहरु सार्वजनिक पनि भए, निर्माण प्र्रक्रिया तत्काल रोक्न नेपालका तर्फबाट औपचारिक आग्रहबाहेक थप सार्थक पहल गरिएन । दुईदेखि सात मिटर अग्लो र ३० मिटर चौडा सडकले बाढी, डुबान, कटानलगायत अन्य जोखिम पनि बढाउने सम्भावना छ ।

नेपाली भूमि भई बग्ने नाला र सोतालाई समेत भारतले बन्द गरेको छ । यसले राप्ती नदी आसपासका गाउँमात्र नभई नेपालगन्ज उपमहानगरपालिका, हिरमिनिया, पीप्रहवा, साइगाउँ, सीतापुर, राधापुर, नरैनापुरलगायतका दर्जनौं गाउँहरू डुवानमा पार्ने छ । कहिले पनि डुबान नभएको नरैनापुरका धेरै ठाउँ भारतीय बाँध र अग्लो सडककै कारण बाढी आउने र डुबान हुन थालेको नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तियाक अहमद शाह बताउँछन् । 

अहिले सीमामा करिब ३÷३ किमी दूरीमा एसएबीका पोस्ट रहेका छन् । निर्माण भइरहेको सडक विशेषतः सैन्य ९एसएसबी० आवागमन, गस्ती गतिविधिका लागिमात्र हो। तर एसएसबीले दुवै देशका जनताको आवागमनमा सहजतासँगै सुविधाका लागि पनि हो भनेको छ । तथापि पानीको स्वाभाविक बहावलाई थुन्नेचाहिँ पक्कै हो  ।

यो सडकले नेपाली बस्ती डुब्ने खतरा छ । भारतको कोणबाट ठीक पनि हुनसक्ला । तर त्यसले नेपाली भूमि र जनतालाई प्रत्यक्ष प्रभाव पार्छ भने त्यो कसरी जायज हुनसक्छरु आफ्नो भूमिमा सडक निर्माण गर्नै पाइँदैन भन्ने पनि होइन, तर पानी भने थुन्न पाइँदैन । आफ्नो स्वार्थपूर्तिका लागि अरुलाई डुबाउने भारतीय कार्यलाई नेपालीले किन र कसरी सहनेरु पानीको बहाव सहजरूपमा हुन पाउनुप¥यो भन्ने हो।

सो सडक खण्डमा पर्याप्त पुल, कल्भर्ट, ह्युमपाइप राखिनुपर्छ भन्ने बाँकेबासीको माग हो । यसो नगरिँदा नेपालीलाई मात्र हैन, भारतीयलाई समेत दीर्घकालीन प्रभाव पर्ने निश्चित छ । बडे दादाका रूपमा आफूलाई उभ्याउन रूचि राख्ने भारतले असल छिमेकीका नाताले नेपाली जनताको सुरक्षालाई ख्याल गर्नुपर्छ। असल छिमेकीले कहिल्यैै पनि अर्को छिमेकीको कुभलो चाहनु हँुदैन ।

भारतले सीमानजिकै कहीँ पुल, कहीँ बाँध बाँधेर नेपाली भूमी डुबानमा पार्दै आएको छ । सीमा दुई मुलुकको साझा विषय हो। यसैले सीमानजिकै निर्माण गरिने कुनै पनि संरचना साझा दृष्टिकोण र सहमतिमै बनाइनुपर्छ । 
प्रधानमन्त्रीले गर्नुु पर्ने पहल 
राप्तीको समस्या प्राकृतिक या विपद होइन, भारतद्धारा सिर्जीत कृत्रिम समस्या हो । हामै्र कमजोरीको फाइदा भारतले लिइरहेको हो । भारतको हरेक कदमप्रति नेपाल सरकारलाई जानकारी नभएको होइन । बाँध, तटवन्ध र सडक निर्माण गरेर भारतले के सिद्ध गर्न खोज्दैछ रु भन्ने कुरा सरकारले बेलैमा हेक्का राखेर आवश्वक पहलकदमी गरेको भए सायद यती विपत्ती व्यहोर्नु पर्ने थिएन ।

नदी, जलश्रोत, सीमा र नागरिकको बाँच्न पाउने अधिकारसँग जोडिएका यस्ता विषयलाई महत्वका साथ राजनैतिक, कुटनैतिक पहलमार्फत स्थायी समाधान खोजीनु पथ्र्यो । तर सरकार त्यसतर्फ केन्द्रीत नै भएको देखीदैन । यो समस्या बाँकेबासीको मात्र समस्या र विषय हुँदै होइन । अन्तराष्ट्रिय कानून, सन्धि, सम्झौताका आधारमा हेरिनुपर्ने र सम्वोधन गरिनुपर्ने हो ।

सरकारले लक्ष्मणपुर बाँध र बाँध जस्तो सडकबारे तत्कालै अल्पकालिन, दिर्घकालिन उपाय अवलम्वन गर्न जरुरी छ । यति बेला हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा हुनुहुन्छ । उहाँले भारत समक्ष उठान गर्नु पर्ने विषय धेरै होलान तथापी यो विषय पनि राष्ट्रिय महत्वकासाथै भारत सँग सम्वन्धित भएकाले पनि उठान गर्नु पर्छ भन्ने धेरैको भनाई छ ।  बाँकेको डुबान, कटान र बाढीको समस्या समाधानको विषयलाई प्राथमिकताकासाथ भारत समक्ष कुरा राख्न सुझाउँछन् – लक्ष्मणपुर बाँध पीडित संघर्र्ष समितिका अध्यक्ष जगदिश बहादुर सिंह ।

भारतले यसरी स्थायी बाँध, सडक लगायतका स्थायी संरचना बनाउँदा अन्तर्राष्ट्रिय सीमा मापदण्डको पालना गर्दै नेपाल र नेपालीलाई कुनै असर नपर्ने गरि मात्र बनाउन पाउँछ । सीमा समस्या बारे प्रधानमन्त्री प्रचण्डले यती बेला कुटनीतिक, राजनैतिक पहल गर्नुपर्छ । भारतीय कदमप्रति बेलैमा सार्थक बार्ता र प्राविधिक प्रक्रिया नबढाए, पछि पछुताउनु बाहेकको केही बाँकी रहने छैन । सबैलाई चेतना भया ।

ताजा

सबै

बर्दियामा वन विनास रोक्ने विषयमा उच्च अदालतद्धारा लिखित जावफ माग

बर्दिया जिल्लामा रहेका वन क्षेत्र भित्र विकास निमार्ण गर्ने वाहानमा वन विनास रोक्ने विष…

बालबालिका तथा अभिभावकलाई लागु औषधविरुद्धको चेतनामुलक अभिमुखीकरण शुरु

बैजनाथ (बाँके) २५ बैशाख । बाँकेको बैजनाथ गाउँपालिकाका बालबालिका तथा अभिभावकका ल…

बर्दियाका ५० जना युवतिले व्यवसायमूलक तालिम लिए

बर्दिया । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका युवाहर…

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार जन्मले होइन, अनुभूति र अपनत्वले कर्णालीसँग मे…

लोकप्रिय

सबै

बर्दियामा वन विनास रोक्ने विषयमा उच्च अदालतद्धारा लिखित जावफ माग

बर्दिया जिल्लामा रहेका वन क्षेत्र भित्र विकास निमार्ण गर्ने वाहानमा वन विनास रोक्ने विष…

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार जन्मले होइन, अनुभूति र अपनत्वले कर्णालीसँग मे…

मधुवन नगरपालिकाको शिक्षा निति र शैक्षिक योजना बारे सुझाव संकलन

बर्दिया २३ बैशाख । बर्दियाको मधुवन नगरपालिकाको शैक्षिक योजना २०८२/२०९१ र शिक्षा नीत…

बर्दियाका ५० जना युवतिले व्यवसायमूलक तालिम लिए

बर्दिया । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका युवाहर…

यो पनि

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार जन्मले होइन, अनुभूति र अपनत्वले कर्णालीसँग मे…

प्रमुख जिल्ला अधिकारीलाई पत्र - २

प्रमुख जिल्ला अधिकारीलाई पत्र - २

श्री प्रमुख जिल्ला अधिकारी ज्यु । जिल्ला प्रशासन कार्यालय बाँके । ४० दिन हारहारी हुन ल…

अन्तर्राष्ट्रिय महिला दिवस :  महिलाका उपलब्धिहरूको सम्मान र लैंगिक समानताको लागि संघर्ष गर्ने दिन

अन्तर्राष्ट्रिय महिला दिवस :  महिलाका उपलब्धिहरूको सम्मान र लैंगिक समानताको लागि संघर्ष गर्ने दिन

अधिवक्ता मीना पराजुली अन्तर्राष्ट्रिय महिला दिवसप्रत्येक वर्ष मार्च ८ मा मनाइन्छ, र यो दि…

कर्णाली राजमार्गले  आशा ,भरोसा भन्दा निरासा र पिंडा थप्दै ।

कर्णाली राजमार्गले  आशा ,भरोसा भन्दा निरासा र पिंडा थप्दै ।

अधिबक्ता नरेन्द्रनाथ योगी रेखाङ्कनको (२०४२/०४५) २१ र शिलन्याशको (२०४८) १५बर्ष पछि चैत…