Pairabi logo

असोज २१, २०८३, बुधबार                    

नेपाल एसिया कपमा छनौट

सम्वाददाता

सम्वाददाता

नेपाल एसिया कपमा छनौट
ADVERTISEMENT

काठमाडौं । नेपाल एसीसी प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट हुन सफल भएको छ ।  आज कीर्तिपुरमा सम्पन्न फाइनलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै नेपालले  क्रिकेट इतिहासकै ठूलो उपलब्धि हासिल गरेको खेलकुदका जानकारले जनाएका छन । 

अब नेपालले भारत र पाकिस्तानसँग एशिया कपमा खेल्नेछ ।प्रिमियर कपको विजेताले एसिया कपमा छनोट हुने प्रावधान  थियो ।  पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुने तालिका छ ।  एसिया कपमा पाकिस्तान, भारत र नेपाल समूह ए मा हुनेछन्। समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।  

नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो । सिंगापुरमा भएको एसिसि ट्रफीको फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। त्यो समयमा भारत र पाकिस्तानको कार्गिल युद्ध चलिरहेका कारण एसिया कप हुन सकेन। 
गुलशन झा र भीम सार्कीले नटआउट अर्धशतकीय साझेदारी गरेपछि यूएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३०।३ ओभरमा पुरा गर्‍यो । झा र सार्कीले ९६ रनको साझेदारी गरे। गुलशनले ८४ बलमा ६७ रन बनाए । उनले ३ चौका र ६ छक्का प्रहार गरे । भीमले ७२ बल खेलेर ३६ रन बनाउनेक्रममा ४ चौका प्रहार गरे ।

गुलशनको  एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो पटक अर्धशतक पुरा गरे । डेढ महिनाअघि विश्व क्रिकेट लिग २ को अन्तिम खेलमा उनले यूएईविरुद्ध नै नटआउट ५० रन बनाएका थिए ।

सामान्य लक्ष्य पछ्याएको नेपालको शुरुवात खराब रह्यो ।   ८ ओभरमा नेपालले मात्र २२ रन बनाउँदा ३ विकेट गुमाएको थियो । कुशल भुर्तेल १ रनमा आउट भए । उनलाई रोहन मुस्ताफाले एलबीडब्लु आउट गरे । आसिफ शेख पनि एलबीडब्लु आउट भए । उनलाई आयन खानले ८ रनमा आउटगरे ।

कप्तान रोहित पौडेल १ रन मात्र बनाई रोहन मुस्तफाको बलमा बोल्ड भएपछि निकै दबाबमा थियो । तर गुलसन झा र भीम सार्कीले नेपाली इनिङ उकासे र जित दिलाएर छोडे । लगातार विकेट गुमाएपनि गुलसनले टिकेर खेल्दै एक समय एक्लै रन बटुलेका थिए । उनले अर्को एण्डमा टिकेर भीम सार्कीले साथ दिए । पछि भीमले पनि खुलेर खेले र चौथो विकेटका लागि ९६ रनको साझेदारी भयो । 

वर्षाका कारण सोमबार स्थगित खेलले मंगलबार पनि निरन्तरता पाउदा यूएईलाई मंगलबार ३३।१ ओभरमा १ सय १७ रनमा अलआउट भएको थियो । सोमबार नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७।३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भइ खेल अवरुद्ध हुन पुगेको थियो ।

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…