Pairabi logo

पुस २४, २०८२, बिहीबार                    

नेपाल एसिया कपमा छनौट

सम्वाददाता

सम्वाददाता

नेपाल एसिया कपमा छनौट
ADVERTISEMENT

काठमाडौं । नेपाल एसीसी प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट हुन सफल भएको छ ।  आज कीर्तिपुरमा सम्पन्न फाइनलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै नेपालले  क्रिकेट इतिहासकै ठूलो उपलब्धि हासिल गरेको खेलकुदका जानकारले जनाएका छन । 

अब नेपालले भारत र पाकिस्तानसँग एशिया कपमा खेल्नेछ ।प्रिमियर कपको विजेताले एसिया कपमा छनोट हुने प्रावधान  थियो ।  पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुने तालिका छ ।  एसिया कपमा पाकिस्तान, भारत र नेपाल समूह ए मा हुनेछन्। समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।  

नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो । सिंगापुरमा भएको एसिसि ट्रफीको फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। त्यो समयमा भारत र पाकिस्तानको कार्गिल युद्ध चलिरहेका कारण एसिया कप हुन सकेन। 
गुलशन झा र भीम सार्कीले नटआउट अर्धशतकीय साझेदारी गरेपछि यूएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३०।३ ओभरमा पुरा गर्‍यो । झा र सार्कीले ९६ रनको साझेदारी गरे। गुलशनले ८४ बलमा ६७ रन बनाए । उनले ३ चौका र ६ छक्का प्रहार गरे । भीमले ७२ बल खेलेर ३६ रन बनाउनेक्रममा ४ चौका प्रहार गरे ।

गुलशनको  एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो पटक अर्धशतक पुरा गरे । डेढ महिनाअघि विश्व क्रिकेट लिग २ को अन्तिम खेलमा उनले यूएईविरुद्ध नै नटआउट ५० रन बनाएका थिए ।

सामान्य लक्ष्य पछ्याएको नेपालको शुरुवात खराब रह्यो ।   ८ ओभरमा नेपालले मात्र २२ रन बनाउँदा ३ विकेट गुमाएको थियो । कुशल भुर्तेल १ रनमा आउट भए । उनलाई रोहन मुस्ताफाले एलबीडब्लु आउट गरे । आसिफ शेख पनि एलबीडब्लु आउट भए । उनलाई आयन खानले ८ रनमा आउटगरे ।

कप्तान रोहित पौडेल १ रन मात्र बनाई रोहन मुस्तफाको बलमा बोल्ड भएपछि निकै दबाबमा थियो । तर गुलसन झा र भीम सार्कीले नेपाली इनिङ उकासे र जित दिलाएर छोडे । लगातार विकेट गुमाएपनि गुलसनले टिकेर खेल्दै एक समय एक्लै रन बटुलेका थिए । उनले अर्को एण्डमा टिकेर भीम सार्कीले साथ दिए । पछि भीमले पनि खुलेर खेले र चौथो विकेटका लागि ९६ रनको साझेदारी भयो । 

वर्षाका कारण सोमबार स्थगित खेलले मंगलबार पनि निरन्तरता पाउदा यूएईलाई मंगलबार ३३।१ ओभरमा १ सय १७ रनमा अलआउट भएको थियो । सोमबार नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७।३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भइ खेल अवरुद्ध हुन पुगेको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…

लोकप्रिय

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…