Pairabi logo

मंसिर ०८, २०८१, शनिबार                    

वन्यजन्तुका लागि सोलार जडित पोखरी

डेक्स

डेक्स

वन्यजन्तुका लागि सोलार जडित पोखरी
ADVERTISEMENT

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जले बाघ, चित्तललगायतका वन्यजन्तुको संरक्षणका लागि सोलार जडित कृत्रिम पानी पोखरी निर्माण गरेको छ । निकुञ्जको सीमामा रहेका राप्ती र बबई नदीमा पानी नभएको र निकुञ्जभित्र पनि करिब ४६ खहरे खोलामा पानी नभएकाले वन्यजन्तुका लागि त्यस्ता पानी पोखरी निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकार दिनुभयो । 

“बिहान वा बेलुकाको समयमा वन्यजन्तु पानी खान तछाडमछाड गरेको दृश्य देख्न सकिन्छ”, उहाँले कुरा गर्दै भन्नुभयो । उहाँले सुक्खा समयमा चुरेको घाँसे मैदान आसपासमा सामान्य पानी रहने र वन्यजन्तुलाई पानीको अभाव हुने भएकाले प्रत्येक वर्ष करिब चार पोखरी निर्माण गर्ने योजनाअनुसार ती पानी पोखरी बनाइएको बताउनुभयो । 

“सोलार जडित बोरिङबाट निरन्तर पानी आइरहन्छ र त्यसबाट आहार खाने विभिन्न प्रजातिका वन्यजन्तु पोखरीमा आएर प्यास मेटछन्”, प्रमुख संरक्षण अधिकृत शाह भन्नुहुन्छ । निकुञ्जभित्र विभिन्न ठाउँका १० स्थानमा सोलार जडित पोखरी निर्माण भएका छन । यसलाई निकुञ्जको भूगोलअनुसार अझ बढाएर सघनरुपमा चार सय ५० पानी पोखरी निर्माण गर्ने योजना रहेको निकुञ्ज प्रशासनले जनाएको छ । सीमसार क्षेत्रमा पानी भइरहने पोखरी चार स्थानमा रहेको छ । निकुञ्जभित्र खनेर बनाइएको ८० पोखरी छ जहाँ सुक्खायामा पानी हुँदैन जसका कारण वन्यजन्तुलाई पानीको अभाव हुने गर्छ । 

कतिपय ठाउँमा ३० मिटरमा पनि पानी आएको छ भने कतिपय ठाउँमा ६० मिटरमा पनि पानी नआएको उल्लेख गर्दै अधिकृत शाहले सोलार जडित पोखरी निर्माणका लागि रु १० लाख खर्च हुने जानकारी दिनुभयो । शाहले पोखरी निर्माणसँगै वन्यजन्तुका आहारका लागि घाँसे मैदानसमेत बनाउँदै जाने जानकारी दिँदै वन्यजतुको सङ्ख्या, प्रकार र विविधतालाई संरक्षण गर्ने योजनाअनुसारका काम भइरहेको बताउनुभयो । 

निकुञ्जभित्र प्रत्येक दुई किलोमिटरको ग्रिडभित्र बाघको अनुगमन र गणना गर्ने काम भएको छ । प्रत्येक ग्रिडमा एउटा पानी पोखरी, घाँसे मैदानको संयोजन गर्नसके वन्यजन्तुलाई लुक्ने स्थानको समेत विकास भएपछि वन्यजन्तु ग्रिड बाहिर जान नरुचाउने र उसमा कुनै विचलन नआउने उहाँ बताउनुहुन्छ । 

“यसले मानव र वन्यजन्तुबीचको द्वन्द्व चुनौतीको रुपमा रहेको छ, त्यसलाई पनि सम्वोधन गर्ने छ”, शाहले भन्नुभयो । वन्यजन्तुका लागि चाहिने विषय भनेकै आहारा, पानी र लुक्ने स्थान हो । वन्यजन्तुको लागि झाडी र जङ्गल क्षेत्रको विकास गर्नसके त्यसले वन्यजन्तु बाहिर जाने अवस्था नहुने  बताइएको छ । निकुञ्जभित्र घासे मैदान २० स्थानमा रहेको छ । बाघलगायतका वन्यजन्तुको संरक्षण गर्ने र पर्यापर्यटनलाई जोड्ने विषयलाई प्राथमिकतामा पारेकाले पोखरी निर्माण कार्य बजेटअनुसार बर्सेनि हुने निकुञ्ज प्रशासनले जानकारी दिएको छ । 

उक्त निकुञ्ज जैविक विविधताको दृष्टिले आठ वटा इकोसिष्टम, एक सय चार वनस्पति, ३२ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी प्रकारका चरा, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा छ प्रकारका उभयचर पाइन्छन् । बाघको सङ्ख्या अहिले २५ रहेको छ ।  यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चरा रेकर्ड गरिएको बताइएको छ ।  

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले विसं २०६७ असार २८ गते  बाँके, दाङ र सल्यान जिल्लाको पाँचसय ५० वर्ग किलोमिटर क्षेत्र समेटी नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको थियो ।

ताजा

सबै

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…

फौजदारी कसुरको अनुसन्धान बारे छलफल

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेमा फौजदारी कसुरको अनुसन्धान सम्बन्धमा अन्तरक्रिय…

राप्तीसोनारी गाउँपालिकाले ५२ जना विपन्न परिवारको घर बनाउदै

राप्तीसोनारी (बाँके) ७ मङ्सिर ः बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक स्थिति कमजो…

सरकारलाई असफल हुने छुट छैन : मन्त्री अधिकारी

नेपालगन्ज, ७ मङ्सिर : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले …

लोकप्रिय

सबै

विश्व मत्स्य दिवस : बबई नदिमा १० हजार माछाका भुरा छोडियो

कमल राज पौडेल बर्दिया, ७ मंसिर :बर्दियाको गुलरिया नगरपालिका अन्तरगत पर्ने बबई नदिको…

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व व…

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

राप्तीसोनारी गाउँपालिकाले ५२ जना विपन्न परिवारको घर बनाउदै

राप्तीसोनारी (बाँके) ७ मङ्सिर ः बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक स्थिति कमजो…

यो पनि

बाँके र बर्दियामा ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण’ अभियान सुरु

बाँके र बर्दियामा ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण’ अभियान सुरु

नेपालगञ्ज २३ कात्तिक । नेपालगञ्ज स्थित समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले …

सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउछ : पुर्व मन्त्री केसी

सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउछ : पुर्व मन्त्री केसी

कपिलबस्तु, १४ असोज । लुम्बिनी प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसील…

लुम्विनी प्रदेश सरकारले सूचनाको हक कार्यान्वय गर्छ : मुख्यमन्त्री आचार्य

लुम्विनी प्रदेश सरकारले सूचनाको हक कार्यान्वय गर्छ : मुख्यमन्त्री आचार्य

लमही दाङ, ११ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सूचनाको हकको पू…

‘सूचनाको हक हरेक क्षेत्रले कार्यान्वयन गर्नुपर्छ’

‘सूचनाको हक हरेक क्षेत्रले कार्यान्वयन गर्नुपर्छ’

ललितपुर, १५ भदौ :राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा महेन्द्रमान गुरुङले सू…