Pairabi logo

असोज १८, २०८३, आइतबार                    

हिंसापीडित महिलालाई आर्थिक सहयोग

डेक्स

डेक्स

हिंसापीडित महिलालाई आर्थिक सहयोग
ADVERTISEMENT

कोहलपुर, ३ बैशाख । बाँके कोहलपुर नगपालिका–२ शक्तिनगरकी घरेलुहिंसा पीडित एक जना महिलालाई कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गरेको छ । गएको माघ १५ गते स्थानीय भानुभक्त विकले आफ्नै श्रीमति गंगा विक र छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए । 
गंगाको ज्यान जोगिएपनि छोरा प्रिन्सको भने उपचारका क्रममा मृत्यु भएको थियो । कोहलपुर नगरपालिकाले हिंसा पीडित राहात कोषबाट गंगालाई ५० हजार रुपैयाँ आर्थिक सहायता गरेको हो । आइतबार एक कार्यक्रमकाबीच नगरपालिकाका कार्यबहाक नगर प्रमुख संगिता सुवेदी, वडा नं. २ का वडा अध्यक्ष हरिसिंह कठायत र कार्यपालिका सदस्य तथा नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विश्वकर्माले गंगालाई चेक हस्तान्तरण गर्नु भएको हो । 
कार्यक्रममा बोल्दै कार्यवहाक नगर प्रमुख सुवेदीले आर्थिक अवस्था कमजोर भएकी गंगालाई सहयोग पुगोस् भन्ने उद्देश्यले राहात कोषबाट आर्थिक सहायता गरिएको बताउनुभयो । उहाँले गंगाको समस्या प्रत्येक महिलाको समस्या भएकाले घरेलु हिंसाविरुद्ध एक हुन सबैलाई आव्हान गर्नुभयो । 
वडा अध्यक्ष हरिसिंह कठायतले घरेलु हिंसाविरुद्ध बोल्न आग्रह गर्नुभयो । गंगाको जीवन रक्षाका लागि स्थानीयबासीले ठूलो सहयोग गरेको भन्दै उहाँले यस्ता हिंसा अन्त्यका लागि सबैको सहयोग हुन आवश्यक रहेको बताउनुभयो । 
कार्यपालिका सदस्य इश्वरी विकले यस्ता जधन्य अपराध हुन नदिन जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइनु पर्ने बताउनुभयो । घटना हुनै नदिने गरी समाजमा अग्रीम बहस चलाउन आवश्यकता रहेको समेत उहाँको भनाइ छ । 
पालिकाले आर्थिक सहयोग गरेकोप्रति गंगाले खुसी व्यक्त गर्नु भएको थियो । उहाँले छिमेकी तथा वडाका जनप्रतिनिधि र पालिकाले आफ्नो उपचारमा ठूलो सहयोग गरेको भन्दै धन्यवाद समेत दिनुभएको थियो । 
भानुक्ता अहिले पूर्पक्षका लागि कारागारमा छन् । कार्यक्रममा स्थानीयबासीहरुले आफ्नो टोलको अन्य समस्याबारे पनि जनप्रतिनिधिहरुले ध्यानाकर्षण गराएका थिए । 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…