Pairabi logo

पुस १३, २०८२, आइतबार                    

हिंसापीडित महिलालाई आर्थिक सहयोग

डेक्स

डेक्स

हिंसापीडित महिलालाई आर्थिक सहयोग
ADVERTISEMENT

कोहलपुर, ३ बैशाख । बाँके कोहलपुर नगपालिका–२ शक्तिनगरकी घरेलुहिंसा पीडित एक जना महिलालाई कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गरेको छ । गएको माघ १५ गते स्थानीय भानुभक्त विकले आफ्नै श्रीमति गंगा विक र छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए । 
गंगाको ज्यान जोगिएपनि छोरा प्रिन्सको भने उपचारका क्रममा मृत्यु भएको थियो । कोहलपुर नगरपालिकाले हिंसा पीडित राहात कोषबाट गंगालाई ५० हजार रुपैयाँ आर्थिक सहायता गरेको हो । आइतबार एक कार्यक्रमकाबीच नगरपालिकाका कार्यबहाक नगर प्रमुख संगिता सुवेदी, वडा नं. २ का वडा अध्यक्ष हरिसिंह कठायत र कार्यपालिका सदस्य तथा नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विश्वकर्माले गंगालाई चेक हस्तान्तरण गर्नु भएको हो । 
कार्यक्रममा बोल्दै कार्यवहाक नगर प्रमुख सुवेदीले आर्थिक अवस्था कमजोर भएकी गंगालाई सहयोग पुगोस् भन्ने उद्देश्यले राहात कोषबाट आर्थिक सहायता गरिएको बताउनुभयो । उहाँले गंगाको समस्या प्रत्येक महिलाको समस्या भएकाले घरेलु हिंसाविरुद्ध एक हुन सबैलाई आव्हान गर्नुभयो । 
वडा अध्यक्ष हरिसिंह कठायतले घरेलु हिंसाविरुद्ध बोल्न आग्रह गर्नुभयो । गंगाको जीवन रक्षाका लागि स्थानीयबासीले ठूलो सहयोग गरेको भन्दै उहाँले यस्ता हिंसा अन्त्यका लागि सबैको सहयोग हुन आवश्यक रहेको बताउनुभयो । 
कार्यपालिका सदस्य इश्वरी विकले यस्ता जधन्य अपराध हुन नदिन जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइनु पर्ने बताउनुभयो । घटना हुनै नदिने गरी समाजमा अग्रीम बहस चलाउन आवश्यकता रहेको समेत उहाँको भनाइ छ । 
पालिकाले आर्थिक सहयोग गरेकोप्रति गंगाले खुसी व्यक्त गर्नु भएको थियो । उहाँले छिमेकी तथा वडाका जनप्रतिनिधि र पालिकाले आफ्नो उपचारमा ठूलो सहयोग गरेको भन्दै धन्यवाद समेत दिनुभएको थियो । 
भानुक्ता अहिले पूर्पक्षका लागि कारागारमा छन् । कार्यक्रममा स्थानीयबासीहरुले आफ्नो टोलको अन्य समस्याबारे पनि जनप्रतिनिधिहरुले ध्यानाकर्षण गराएका थिए । 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…