Pairabi logo

साउन २८, २०८३, बिहीबार                    

विपदमा सहकार्य गर्न  बैंकर सहमत

डेक्स

डेक्स

विपदमा सहकार्य गर्न  बैंकर सहमत
ADVERTISEMENT

नेपालगञ्ज । भूकम्प, बाढी तथा डुवान, महामारी लगायतका विपदमा सहकार्य गर्न यहाँका बैंकर सहमत भका छन । 
उनीहरुले विपद जोखिम न्यूनीकरण र सामाजिक उत्तरदायित्व कोष परिचालनमा निजी क्षेत्रको भूमिका विषयमा बैंकसँगको समन्वय वैठकमा बैंकको सामाजिक उत्तरदायित्वलाई विपदमा लगाउन तयार भएको बताएका छन । शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) ले करिव २० बैंकसँग  छलफल गरेको थियो । 
नेपालगञ्जमा रहेका  बाणिज्य तथा विकास बैंकका प्रमुख एवम् प्रतिनिधिको उपस्थिति रहेको आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । त्यसक्रममा बैंकहरुका प्रमुख र प्रतिनिधिले विपत व्यवस्थापनका लागि सहकार्य र हातेमालो गर्न तयार रहेको बताएका छन् । वैठकमा विपत जोखिम न्यूनीकरणका लागि कोष सुनिश्चितताको पहल गर्ने सहमति बनेको छ । नेपालगन्ज उपमहानगरपालिकाले विपत सम्बन्धि क्रियाकलापहरुको सूचीकरण गरेर बैंकहरुलाई उपलब्ध गराउने भएको छ । 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपतलाई प्राथमिकतामा राखेर विपत न्यूनीकरण सम्बन्धि विभिन्न क्रियाकलाप संचालन गरिरहेको बताउँदै विपतसंग जुध्न सरकारी(निजी क्षेत्रको साझेदारी अपरिहार्य रहेको बताउनुभयो। उहाँले विपतका बेला बैंकिङ क्षेत्र अझ बढी सुरक्षित र सुचारु हुनुपर्ने बताउँदै जोखिम न्यूनीकरणमा बैंकहरुको उत्तरदायित्व आवश्यक रहेको उल्लेख गर्नुभयो। उपप्रमुख कमरुद्दिन राईले नेपालगञ्ज विपतको जोखिममा रहेको भन्दै विपत जोखिम न्यूनीकरणका लागि सबै क्षेत्रको हातेमालोमा जोड दिनुभयो । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्द्धन सिंह सम्झनाले आपसी हातेमालोबाट मात्र विपतको सामना गर्न सकिने उल्लेख गर्नुभयो ।  

विपद जोखिम न्यूनीकरणमा बैंकहरुको संलग्नताका विषयमा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले प्रस्तुतिकरण गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम विपतको क्षेत्रमा केन्द्रित गर्न बैंकहरुलाई आग्रह गर्नुभएको थियो  । उहाँले नेपालगञ्ज उपमहानगरपालिका र बैंकका बीचमा साझेदारी जरुरी रहेको बताउनुभयो । वैठकमा नेपालगञ्ज उपमहानगरपालिकामा विपद न्यूनीकरणका लागि भइरहेका प्रयास, उपलब्धि र चुनौतीबारे वातावरण तथा विपद शाखा प्रमुख वातावरण इन्जिनियर प्रकाश डिसीले जानकारी गराउनुभएको थियो । सुपरका नरेश निदालले परियोजनाका बारेमा जानकारी गराउनुभएको थियो ।

शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना ९सुपर प्रोजेक्ट० नेपालगन्ज उपमहानगरपालिकामा संचालित छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सुपर प्रोजेक्ट सञ्चालनमा छ । नेपालगञ्जको वडा नम्बर ३ र ७ मा सुपर प्रोजेक्ट सञ्चालन भइरहेको छ ।


 

ताजा

सबै

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…

बाँकेमा जनचेतनामूलक कार्यक्रम गरेर राष्ट्रिय स्तनपान सप्ताह मनाईयो

नेपालगन्ज, साउन २५ । जीवनका लागि पोषण परियाृजना अन्तर्गत बाँके युनेस्को क्लबले जिल्ला…

नेपाल प्रहरी विशेष सुरक्षा गणद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २५ साउन । नेपाल प्रहरी बिशेष सुरक्षा गण नेपालगन्जले रक्तदान का…

डुडुवाका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम

नेपालगन्ज, साउन २४ । बाँकेको डुडुवा गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई कुपोषण व्य…

लोकप्रिय

सबै

बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण

बर्दिया, साउन २४ । बर्दियाको बारबर्दिया नगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्याप…

डुडुवाका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम

नेपालगन्ज, साउन २४ । बाँकेको डुडुवा गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई कुपोषण व्य…

बाँकेमा जनचेतनामूलक कार्यक्रम गरेर राष्ट्रिय स्तनपान सप्ताह मनाईयो

नेपालगन्ज, साउन २५ । जीवनका लागि पोषण परियाृजना अन्तर्गत बाँके युनेस्को क्लबले जिल्ला…

नेपाल प्रहरी विशेष सुरक्षा गणद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २५ साउन । नेपाल प्रहरी बिशेष सुरक्षा गण नेपालगन्जले रक्तदान का…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…