Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगञ्जमा शेयर बजारप्रतिको आर्कषण बढ्दै

डेक्स

डेक्स

नेपालगञ्जमा शेयर बजारप्रतिको आर्कषण बढ्दै
ADVERTISEMENT

नेपालगञ्ज । पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको नेपालगञ्जमा शेयर बजारप्रतिको रुची बढ्दै गएको छ । 
स्नातक तहमा अध्ययन गर्ने विद्यार्थी देखि वैदेशिक रोजगारीमा संलग्न युवा र गृहणीले यहाँ शेयर कारोवार गरेको ब्रोकर कार्यालयले जनाएको छ । 
‘सुरु सुरुमा हामीले शाखा स्थापना गर्दा नेपालगञ्जमा पनि शेयर बजार हुन्छ भन्ने कुराको विश्वास थिएन तर अहिले २५ हजारको हाराहारीमा शेयर कारोवार गर्ने छन’ इम्पेरियल सेक्युरिटिज कम्पनी प्राली, नेपालगञ्जका प्रमुख उदय अधिकारीले भन्नुभयो । 
उहाँले स्थापनाकालमा घर घरमा पुगेर बैङ्क खाता र डिम्याट खाता खोल्न प्रोत्सहित गरेको र त्यसबाट प्रभावित भएर ८ हजार हाराहारीमा खाता खोलिएको जानकारी दिदै प्राथमिक निष्कासन (आइपीओ) परेर त्यसलाई बजारमा बेच्न खोज्नेको बाहुल्य रहेको तर दोस्रो बजारमा कारोवार गर्नेको सङ्ख्या कम भएको बताउनुभयो । 
शेयर कारोवारका विषयमा एउटा घरम एक जनालाई जानकारी भएपछि उसकै आधारमा सबै सदस्यले र आफन्तको समेत गरेर २५ जना सम्मको शेयर कारोवार गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै अधिकारीले खास गरी विद्यार्थीले आफ्नो आइपिओ मार्फत परेको शेयरबाट कलेजको शुल्क तिर्ने र खाजा खर्च चलाउने गरेको बताउनुभयो । शेयर कारोवारबाट केही विद्यार्थीले यस्तो लाभ लिन थालेपछि अन्यले पनि यसको शिको गरेको पाइएको छ । यसमा स्नातक तहका व्यस्थापन पढने विद्यार्थी शेयर कारोवारमा बढी रहेका छन । यस बाहेक, शिक्षा, मानविकी, बाणिज्य सङ्कायका विद्यार्थीले समेत सो कारोवार गरेका छन । 
उहाँले कोरिया, कुबेत, जापान र खाडी मुलुकको वैदेशिक रोजागारीमा गएकाले नेपालगञ्जको शेयर बजारमा उत्साहजनक लगानी गरेको उल्लेख गर्दै सबैभन्दा बढी खाडी मुलुकमा गएकाको शेयर लगानी बढी भएको बताउनुभयो । वैदेशिक रोजगारमा गएका करिव २० जनाले दैनिक शेयर बजारमा लगानी गर्ने गरेका छन । यस्तो लगानी गर्नेमा पुरुषसँगै महिलाको सङख्या पनि कम नभएको बताइएको छ । वैदेशिक रोजगारीमा गएकाले अनलाइनमार्फत धेरै कारोवार गर्ने गरेको पाइएको छ । 
ब्रोकरमार्फत विभिन्न स्कुल र कलेजमा गएर वित्तीय साक्षरताका कार्यक्रम अघि वढाएको उल्लेख गर्दै अधिकारीले यस वर्ष बाँकेका पाँच र बर्दियाका चार बलेजमा वित्तिय साक्षरताका कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । त्यसबाट शेयर बजारको दोस्रो बजारमा कारोवार गर्ने विषय थाहा नभएकाले सुरु समेत गरेका छन । 
‘अहिले पछिल्लो समय दोस्रो बजारमा कारोवार गर्नेको सङख्या पनि बढेको छ ’उहाँले भन्नुभयो । बजार घटदा कारोवार कम हुन्छ र सङ्ख्या कम हुन्छ र सूचक घटेकाले बनोबल पनि घटछ यस्तो बेला लगानीकर्तालाई आत्तिन नहुनेमा जोड दिदै राजनीतिक अस्थितरताको अन्तय हुने वित्तीकै बजारले लय समात्ने अधिकारीले विश्वास व्यक्त गर्नुभयो । 
उहाँले बजारको इन्डेक्स न्युनतम अवस्थामा रहेको औल्याउँदै दिर्घकालिन लगानीकर्तालाई अहिले पनि लगानीको अवसर भएको बताउनुभयो । ‘मेरो विचारमा अहिले लगानी गर्ने राम्रोसँग लाभान्वित हुन्छन ’अधिकारी भन्नुहुन्छ । 
शेयर लगानीकर्ता शिव सुवेदीले राष्ट्र बैङ्कको गलन नीतिका कारण शेयर बजार उकालो लाग्न नसकेको आरोप लगाउदै ठूला लगानीकर्ताले बजारमा चलखेल गरेको बताउनुभयो । 
उहाँले एकदिन बजार बढाउने र त्यसमा साना लगानीकर्ता फस्ने गरेको अनूभव सुनाउनुभयो । 
‘रानीतिक स्थायित्व मात्रै भएपनि बजार बढनमा सहयोग हुन्छ’ उहाँले भन्नुभयो ।  
वि.स २०७३ सालमा नेपालगञ्जमा एम्पेरियल सेक्युरिटिज प्राली पहिलो पटक स्थापना भएको थियो । त्सपछि कालिका सेक्युरिटिज प्राली सहित दुई ब्रोकर कार्यालय रहेका छन । यहाँ बाँके, बर्दिया, दाङ,कैलाली, कालिकोट, जुम्ला लगायतका जिल्लाबाट शेयर कारोवार गर्न लगानीकर्ता आउने गर्छन ।  कुनै बेला रु. २७ करोडसम्म कारोवार गरेको एम्पेरियल सेक्युरिटिजले अहिले पनि रु.१ करोडदेखि रु. १ करोड ५० लाख सम्म दैनिक कारोवार भएको दावी गरेको छ ।
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…