Pairabi logo

भदौ २५, २०८३, बिहीबार                    

नेपालगञ्जमा शेयर बजारप्रतिको आर्कषण बढ्दै

डेक्स

डेक्स

नेपालगञ्जमा शेयर बजारप्रतिको आर्कषण बढ्दै
ADVERTISEMENT

नेपालगञ्ज । पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको नेपालगञ्जमा शेयर बजारप्रतिको रुची बढ्दै गएको छ । 
स्नातक तहमा अध्ययन गर्ने विद्यार्थी देखि वैदेशिक रोजगारीमा संलग्न युवा र गृहणीले यहाँ शेयर कारोवार गरेको ब्रोकर कार्यालयले जनाएको छ । 
‘सुरु सुरुमा हामीले शाखा स्थापना गर्दा नेपालगञ्जमा पनि शेयर बजार हुन्छ भन्ने कुराको विश्वास थिएन तर अहिले २५ हजारको हाराहारीमा शेयर कारोवार गर्ने छन’ इम्पेरियल सेक्युरिटिज कम्पनी प्राली, नेपालगञ्जका प्रमुख उदय अधिकारीले भन्नुभयो । 
उहाँले स्थापनाकालमा घर घरमा पुगेर बैङ्क खाता र डिम्याट खाता खोल्न प्रोत्सहित गरेको र त्यसबाट प्रभावित भएर ८ हजार हाराहारीमा खाता खोलिएको जानकारी दिदै प्राथमिक निष्कासन (आइपीओ) परेर त्यसलाई बजारमा बेच्न खोज्नेको बाहुल्य रहेको तर दोस्रो बजारमा कारोवार गर्नेको सङ्ख्या कम भएको बताउनुभयो । 
शेयर कारोवारका विषयमा एउटा घरम एक जनालाई जानकारी भएपछि उसकै आधारमा सबै सदस्यले र आफन्तको समेत गरेर २५ जना सम्मको शेयर कारोवार गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै अधिकारीले खास गरी विद्यार्थीले आफ्नो आइपिओ मार्फत परेको शेयरबाट कलेजको शुल्क तिर्ने र खाजा खर्च चलाउने गरेको बताउनुभयो । शेयर कारोवारबाट केही विद्यार्थीले यस्तो लाभ लिन थालेपछि अन्यले पनि यसको शिको गरेको पाइएको छ । यसमा स्नातक तहका व्यस्थापन पढने विद्यार्थी शेयर कारोवारमा बढी रहेका छन । यस बाहेक, शिक्षा, मानविकी, बाणिज्य सङ्कायका विद्यार्थीले समेत सो कारोवार गरेका छन । 
उहाँले कोरिया, कुबेत, जापान र खाडी मुलुकको वैदेशिक रोजागारीमा गएकाले नेपालगञ्जको शेयर बजारमा उत्साहजनक लगानी गरेको उल्लेख गर्दै सबैभन्दा बढी खाडी मुलुकमा गएकाको शेयर लगानी बढी भएको बताउनुभयो । वैदेशिक रोजगारमा गएका करिव २० जनाले दैनिक शेयर बजारमा लगानी गर्ने गरेका छन । यस्तो लगानी गर्नेमा पुरुषसँगै महिलाको सङख्या पनि कम नभएको बताइएको छ । वैदेशिक रोजगारीमा गएकाले अनलाइनमार्फत धेरै कारोवार गर्ने गरेको पाइएको छ । 
ब्रोकरमार्फत विभिन्न स्कुल र कलेजमा गएर वित्तीय साक्षरताका कार्यक्रम अघि वढाएको उल्लेख गर्दै अधिकारीले यस वर्ष बाँकेका पाँच र बर्दियाका चार बलेजमा वित्तिय साक्षरताका कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । त्यसबाट शेयर बजारको दोस्रो बजारमा कारोवार गर्ने विषय थाहा नभएकाले सुरु समेत गरेका छन । 
‘अहिले पछिल्लो समय दोस्रो बजारमा कारोवार गर्नेको सङख्या पनि बढेको छ ’उहाँले भन्नुभयो । बजार घटदा कारोवार कम हुन्छ र सङ्ख्या कम हुन्छ र सूचक घटेकाले बनोबल पनि घटछ यस्तो बेला लगानीकर्तालाई आत्तिन नहुनेमा जोड दिदै राजनीतिक अस्थितरताको अन्तय हुने वित्तीकै बजारले लय समात्ने अधिकारीले विश्वास व्यक्त गर्नुभयो । 
उहाँले बजारको इन्डेक्स न्युनतम अवस्थामा रहेको औल्याउँदै दिर्घकालिन लगानीकर्तालाई अहिले पनि लगानीको अवसर भएको बताउनुभयो । ‘मेरो विचारमा अहिले लगानी गर्ने राम्रोसँग लाभान्वित हुन्छन ’अधिकारी भन्नुहुन्छ । 
शेयर लगानीकर्ता शिव सुवेदीले राष्ट्र बैङ्कको गलन नीतिका कारण शेयर बजार उकालो लाग्न नसकेको आरोप लगाउदै ठूला लगानीकर्ताले बजारमा चलखेल गरेको बताउनुभयो । 
उहाँले एकदिन बजार बढाउने र त्यसमा साना लगानीकर्ता फस्ने गरेको अनूभव सुनाउनुभयो । 
‘रानीतिक स्थायित्व मात्रै भएपनि बजार बढनमा सहयोग हुन्छ’ उहाँले भन्नुभयो ।  
वि.स २०७३ सालमा नेपालगञ्जमा एम्पेरियल सेक्युरिटिज प्राली पहिलो पटक स्थापना भएको थियो । त्सपछि कालिका सेक्युरिटिज प्राली सहित दुई ब्रोकर कार्यालय रहेका छन । यहाँ बाँके, बर्दिया, दाङ,कैलाली, कालिकोट, जुम्ला लगायतका जिल्लाबाट शेयर कारोवार गर्न लगानीकर्ता आउने गर्छन ।  कुनै बेला रु. २७ करोडसम्म कारोवार गरेको एम्पेरियल सेक्युरिटिजले अहिले पनि रु.१ करोडदेखि रु. १ करोड ५० लाख सम्म दैनिक कारोवार भएको दावी गरेको छ ।
 
ताजा

सबै

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयो…

लोकप्रिय

सबै

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

विद्यालयस्तरमा बाल संरक्षण सुदृढीकरणका लागि मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक

मधुवन, बर्दिया भदौ २२ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सा…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

यो पनि

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…