Pairabi logo

माघ १३, २०८२, सोमबार                    

सैनामैनामा पाँचौ राष्ट्रिय महोत्सव सुरु

सम्वाददाता

सम्वाददाता

सैनामैनामा पाँचौ राष्ट्रिय महोत्सव सुरु
ADVERTISEMENT


सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा पाँचौ राष्ट्रिय सैनामैना महोत्सव सुरु भएको छ । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित सैनामैना २ कालिकाचोकमा वुधवारदेखि सैनामैना महोत्सव सुरु भएको हो ।

फागुन १७ देखि २८ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन गर्दै लुम्विनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले   मेलाले सैनामैनाको विकासलाई देशव्यापी रुपमा परिचित गराउन सफल भएको बताउनुभयो । 

उहाँले मेलाले नगरमा रहेका धार्मिक एवम् पर्यटकीय स्थल, कला र संस्कृतिहरुको पहिचान र यहाँ रहेका सबै सामाजिक संघ संस्थाहरुको बिचको एकतालाई अझै मजबुत बनाउने उल्लेख गर्नुभयो । 

ढकालले सैनामैना आधुनिक नगरको रुपमा विकसित भइरहेको पालिका रहेको जानकारी दिदै मेलाले विकासका लागि एक कोसेढुङ्गा साबित गर्ने विश्वास व्यक्त गर्नुभयो । 

देश आर्थिक रुपमा अप्ठ्यारो परिस्थितिमा रहेको र उद्योगी व्यापारीका सम्वन्धमा पनि भन्सार, कर लगायतका अनेकौ समस्या रहेकोमा  समस्या समाधान गर्न तीन तहका सरकारले ध्यान दिनुपर्ने ढकालको भनाइ छ ।  मेलामा कृषि उत्पादन, हस्तकला, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै अघि बढ्नुपर्नेमा ढकालले जोड दिनुभयो । 

 सैनामैना नगरपालिका प्रमुख फणिन्द्र प्रसाद शर्माले मेलाले आर्थिक  चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले मेलामा कृषिमा आधारित व्यापार पवद्र्धन गर्नुपर्नेमा जोड दिदैँ स्थानीय सरकार सहयोगका लागि  साथमा रहेको बताउनुभयो । 

महोत्सवमा १ लाख दर्शकले मेलाको अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र पौडेलले बताउनुभयो । मेलामा करिब १ सय ५० स्टल रहेका छन् । 

कार्यक्रममा नेपाल चेम्बर अफ कर्मस लुम्विनी प्रदेशका महासचिव जेपी कंडेल, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम खड्का लगायतले बोल्दै उद्योगी व्यवसीयी समस्यामा परेको गुनासो गर्नुभयो । 

समुद्घाटन समारोह महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र पौडेलको अध्यक्षता, लुम्विनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालको प्रमुख आतिथ्यता तथा प्रदेश सभा सदस्य कमला विश्वकर्मा, जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागार्ई, सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्मा, सैनामैना उपप्रमुख विना राना, पूर्व नगरप्रमुख चित्र बहादुर कार्की, मेलाका मुख्य प्रायोजक पुनम गुप्र प्राइभेट लिमिटेडका चेयरपर्सन प्रदिप गौतमको विशिष्ठ आतिथ्यता एवम् संघका पूर्व अध्यक्ष दुर्गा गौतम, विज्ञापन संकलन उपसमिति संयोजक मिन प्रसाद पौडेल, वडा नंं ४ का वडाध्यक्ष रामप्रसाद अधिकारी लगायतको आतिथ्यतामा भएको हो । 

महोत्सवमा संघका उपाध्यक्ष देवीदत्त सुवेदीको स्वागत तथा महासचिव हरिलाल न्यौपाने, परिचय पत्र व्यवस्थापन तथा पत्राचार वितरण उपसमिति संयोजक भिमलाल सुबेदीको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधी,  विभिन्न राजनीतिका दलका प्रमुख तथा प्रतिनिधी, अन्य सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, व्यापारी लगायतको सहभागिता रहेको थियो । 

मेला प्रवेशका लागि टिकटको दर रु।७० र विद्यार्थीहरुका लागि परिचय पत्रका आधारमा रु।५० कायम गरिएको छ । यस्तै जेष्ठ नागरिक, अपाङ्गता, असहाय भएका ब्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।  
महोत्सवमा संघका उपाध्यक्ष देवीदत्त सुवेदीको स्वागत तथा महासचिव हरिलाल न्यौपाने, परिचय पत्र व्यवस्थापन तथा पत्राचार वितरण उपसमिति संयोजक भिमलाल सुबेदीको सञ्चालनमा सम्पन्न भएको हो । 

मेला प्रवेशका लागि टिकटको दर रु।७० र विद्यार्थीहरुका लागि परिचय पत्रका आधारमा रु।५० कायम गरिएको छ । यस्तै जेष्ठ नागरिक, अपाङ्गता, असहाय भएका ब्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।  
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…