Pairabi logo

भदौ २५, २०८३, बिहीबार                    

सैनामैनामा पाँचौ राष्ट्रिय महोत्सव सुरु

सम्वाददाता

सम्वाददाता

सैनामैनामा पाँचौ राष्ट्रिय महोत्सव सुरु
ADVERTISEMENT

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा पाँचौ राष्ट्रिय सैनामैना महोत्सव सुरु भएको छ । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित सैनामैना २ कालिकाचोकमा वुधवारदेखि सैनामैना महोत्सव सुरु भएको हो ।

फागुन १७ देखि २८ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन गर्दै लुम्विनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले   मेलाले सैनामैनाको विकासलाई देशव्यापी रुपमा परिचित गराउन सफल भएको बताउनुभयो । 

उहाँले मेलाले नगरमा रहेका धार्मिक एवम् पर्यटकीय स्थल, कला र संस्कृतिहरुको पहिचान र यहाँ रहेका सबै सामाजिक संघ संस्थाहरुको बिचको एकतालाई अझै मजबुत बनाउने उल्लेख गर्नुभयो । 

ढकालले सैनामैना आधुनिक नगरको रुपमा विकसित भइरहेको पालिका रहेको जानकारी दिदै मेलाले विकासका लागि एक कोसेढुङ्गा साबित गर्ने विश्वास व्यक्त गर्नुभयो । 

देश आर्थिक रुपमा अप्ठ्यारो परिस्थितिमा रहेको र उद्योगी व्यापारीका सम्वन्धमा पनि भन्सार, कर लगायतका अनेकौ समस्या रहेकोमा  समस्या समाधान गर्न तीन तहका सरकारले ध्यान दिनुपर्ने ढकालको भनाइ छ ।  मेलामा कृषि उत्पादन, हस्तकला, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै अघि बढ्नुपर्नेमा ढकालले जोड दिनुभयो । 

 सैनामैना नगरपालिका प्रमुख फणिन्द्र प्रसाद शर्माले मेलाले आर्थिक  चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले मेलामा कृषिमा आधारित व्यापार पवद्र्धन गर्नुपर्नेमा जोड दिदैँ स्थानीय सरकार सहयोगका लागि  साथमा रहेको बताउनुभयो । 

महोत्सवमा १ लाख दर्शकले मेलाको अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र पौडेलले बताउनुभयो । मेलामा करिब १ सय ५० स्टल रहेका छन् । 

कार्यक्रममा नेपाल चेम्बर अफ कर्मस लुम्विनी प्रदेशका महासचिव जेपी कंडेल, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम खड्का लगायतले बोल्दै उद्योगी व्यवसीयी समस्यामा परेको गुनासो गर्नुभयो । 

समुद्घाटन समारोह महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र पौडेलको अध्यक्षता, लुम्विनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालको प्रमुख आतिथ्यता तथा प्रदेश सभा सदस्य कमला विश्वकर्मा, जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागार्ई, सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्मा, सैनामैना उपप्रमुख विना राना, पूर्व नगरप्रमुख चित्र बहादुर कार्की, मेलाका मुख्य प्रायोजक पुनम गुप्र प्राइभेट लिमिटेडका चेयरपर्सन प्रदिप गौतमको विशिष्ठ आतिथ्यता एवम् संघका पूर्व अध्यक्ष दुर्गा गौतम, विज्ञापन संकलन उपसमिति संयोजक मिन प्रसाद पौडेल, वडा नंं ४ का वडाध्यक्ष रामप्रसाद अधिकारी लगायतको आतिथ्यतामा भएको हो । 

महोत्सवमा संघका उपाध्यक्ष देवीदत्त सुवेदीको स्वागत तथा महासचिव हरिलाल न्यौपाने, परिचय पत्र व्यवस्थापन तथा पत्राचार वितरण उपसमिति संयोजक भिमलाल सुबेदीको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधी,  विभिन्न राजनीतिका दलका प्रमुख तथा प्रतिनिधी, अन्य सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, व्यापारी लगायतको सहभागिता रहेको थियो । 

मेला प्रवेशका लागि टिकटको दर रु।७० र विद्यार्थीहरुका लागि परिचय पत्रका आधारमा रु।५० कायम गरिएको छ । यस्तै जेष्ठ नागरिक, अपाङ्गता, असहाय भएका ब्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।  
महोत्सवमा संघका उपाध्यक्ष देवीदत्त सुवेदीको स्वागत तथा महासचिव हरिलाल न्यौपाने, परिचय पत्र व्यवस्थापन तथा पत्राचार वितरण उपसमिति संयोजक भिमलाल सुबेदीको सञ्चालनमा सम्पन्न भएको हो । 

मेला प्रवेशका लागि टिकटको दर रु।७० र विद्यार्थीहरुका लागि परिचय पत्रका आधारमा रु।५० कायम गरिएको छ । यस्तै जेष्ठ नागरिक, अपाङ्गता, असहाय भएका ब्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।  
 
ताजा

सबै

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयो…

लोकप्रिय

सबै

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

विद्यालयस्तरमा बाल संरक्षण सुदृढीकरणका लागि मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक

मधुवन, बर्दिया भदौ २२ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सा…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

यो पनि

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…