Pairabi logo

भदौ २५, २०८३, बिहीबार                    

नेपालगञ्ज विमानस्थलको स्थलगत अनुगमन

डेक्स

डेक्स

नेपालगञ्ज विमानस्थलको स्थलगत अनुगमन
ADVERTISEMENT


नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले आज नेपालगञ्ज विमानस्थलको स्थलगत अनुगमन गर्नुभएको छ । 
उहाँले निर्माणाधिन नयाँ टर्मिनल भवनको विषयमा जानकारी लिदै सो टर्मिनल भवन समयमा नै सक्न निर्देशन दिनुभयो । सन् २०१७ मा निर्माण भएको गुरुयोजनाका आधारमा  नेपालगञ्जमा सुविधा सम्पन्न टर्मिनल भवन निर्माण थालिएको छ । 
रु. ३ अर्ब लागतमा निर्माण हुन लागेको उक्त भवनमा १४ टीकट काउण्टर, ७२ विभिन्न पसल, तीन भिजिट कक्ष लगायत रहने विमानस्थल परियोजनाले जनाएको छ । ३७ महिनाभित्रमा काम सक्ने सक्ने लक्ष्य राखिएको टर्मिनल भवनमा अत्याधुनिक उपकरण र प्रविधिको प्रयोग हुने बताइएको छ । 
अनुगमनपछि नेपालगञ्ज विमानस्थलको स्तारोन्नती, विकास तथा विस्तार सम्वन्धी अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री किराँतीले नयाँ निर्माण हुन लागेको टर्मिनलको काम १० प्रतिशत पुरा भएको उल्लेख गर्दै छिटो काम गर्ने नाममा गुणस्तरलाई ध्यान दिन समेत आग्रह गर्नुभयो । 
उहाँले पर्यटनको आधार भौतिक पूर्वाधार, जहाज र सडक भएको उल्लेख गर्दै पर्यटन प्रवद्र्धनबाट आर्थिक विकास हुन सक्ने बताउनुभयो । 
बाँके क्षेत्र नं २ बाट प्रतिनिधिसभाका सदस्य डा. धवलशम्शेर राणाले नेपालगञ्जबाट दील्ली, देहरादुन र चण्डीगढ उडान भए यसले यस क्षेत्रको विकासमा कायापलट हुने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले अहिलेपनि जग्गा अधिग्रहणको रकम स्थानीयले नपाएको गुनासो आएको उल्लेख गर्दै मानसरोवरको दृश्यावलोकन गरेर पर्यटकलाई आर्कर्षित गर्न सकिने बताउनुभयो ।  
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनीयर प्रदीप अधिकारीले नयाँ बन्न लागेको टर्मिनल भवनबाट आन्तरिक र अन्र्तराष्ट्रिय उडान हुने जानकारी दिदै विगतका तुलनामा हवाई उडानमा परिवर्तन भएको बताउनुभयो  । सो अवसरमा गुरुयोजनाको विस्तृत विवरण समेत प्रश्तुत गरिएकोे थियो । 
यसैविच प्रतिनिधिसभा सदस्य डा. राणा, नेपालगञ्ज उपमहानगरपाकिाका प्रमुख प्रशान्त विष्ट लगायतले आज संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीलाई ज्ञापनपत्र बुझाँउदै नेपालगञ्जलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न ध्यानाकर्षण गराउनुभएको छ । 
उहाँहरुले देशको सवैभन्दा वढी क्यासिनो  तारे होटेल उपमहानगरमा सञ्चालनमा रहेको उल्लेख गर्दै यसलाई भारतीय शहरसँग जोडन हवाई मार्ग आवश्यक भएको बताउनुभयो । 
हाल बुद्ध एअरले अनुमति पाएमा नेपालगञ्ज—दील्ली, नेपालगञ्ज—चण्डीगढ र नेपालगञ्ज—देहरादुन हवाई उडान गर्न तयार भएको उल्लेख गर्दै डा. राणाले नेपाल पक्षबाट उक्त उडानको माग गरिदिन आग्रह गर्नुभएको छ । 


त्यसै गरी  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हवाई यातायातको सुरक्षाको सवालमा सरकार गम्भीर रहेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल बाँकेले बुधबार नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री किरातीले हवाई यातायातको सुरक्षाको सवाल मानव जीवनसँगै पर्यटनको विकाससँग पनि जोडिएकोले सरकार सो विषयमा गम्भीर रहेको बताए ।

हवाई सुरक्षाका लागि आवश्यक प्राविधिक जाँचदेखि उपकरणको जाँच र फेरबदलसम्मका सम्पूर्ण विषयमा कडाई गर्न सम्बन्धित सबैलाई निर्देशन जारी गरिसकिएको उनले बताए ।

देशको समृद्धि र आर्थिक विकासका लागि पर्यटनको विकास अपरिहार्य भएको जनाउँदै मन्त्री किरातीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले विभिन्न योजना र कार्यक्रम तयार पारिरहेको बताए ।

हवाई यातायातको विस्तारका लागि सरकारले देशका सबै विमानस्थलको विकास र स्तरोन्तीलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । मन्त्री किरातीले सोही क्रममा नेपालगञ्ज विमानस्थलमा तीन अर्ब बढीको लगानीमा अत्याधुनिक टर्मिनल भवन निर्माण सुरु गरेको बताए ।

मन्त्री किरातीले वायु सेवा निगम, नागरिक उड्डयन प्राधिकरण र पर्यटन विकासको क्षेत्रमा सुधार गर्न सम्बन्धित विभाग प्रमुखलाई सय दिनको समय दिइएको बताए । नेपाल वायु सेवा निगमलाई सक्षम र सबल बनाएर देशका विभिन्न विमानस्थलमा उडान विस्तार गर्ने उनको भनाइ छ ।

मन्त्री किरातीले पत्रकारका जिज्ञासाको जवाफ सम्बन्धित विभागका प्रमुखलाई दिन लगाएका थिए । सो अवसरमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी र नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पत्रकारका जिज्ञासाको जवाफ दिएका थिए ।

प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा ९माओवादी केन्द्र० बाँकेका संयोजक नरेन्द्र पाण्डे, नागरिक उड्यन कार्यालय नेपालगञ्जका प्रमुख सुरेश खनाललगायतको उपस्थिति थियो ।

ताजा

सबै

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयो…

लोकप्रिय

सबै

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

विद्यालयस्तरमा बाल संरक्षण सुदृढीकरणका लागि मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक

मधुवन, बर्दिया भदौ २२ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सा…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

यो पनि

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…