Pairabi logo

भदौ २५, २०८३, बिहीबार                    

नेपालगञ्जको आर्थिक विकास रणनीति मस्यौदामाथि छलफल

डेक्स

डेक्स

नेपालगञ्जको आर्थिक विकास रणनीति मस्यौदामाथि छलफल
ADVERTISEMENT

 

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँको आर्थिक विकास रणनीति मस्यौदा तयार गरेको छ । एक बर्ष लगाएर तयार पारिएको नेपालगञ्ज आर्थिक विकास रणनीति मस्यौदामाथि आज छलफल गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका र स्थानीय सरोकारवालाले जिआइजेडरएलपेडको सहजीकरणमा तयार गरेको मस्यौदामाथि  अन्तिम छलफल गरिएको हो । विभिन्न ६ वटा उपक्षेत्रहरुसहित तयार गरिएको मस्यौदामाथि ६ वटा कार्य समूह गठन गरेर छलफल गरिएको छ । स्थानीय सरोकारवालाहरु सबै एकै ठाउँमा संगै बसेर साझा खाका बनाई योजनाबद्धरुपमा काम गर्ने उद्देश्यले आर्थिक विकास रणनीतिलाई अन्तिम रुप दिन लागिएको हो ।

व्यापार, खाद्य प्रशोधन, प्राविधिक र व्यवसायिक शिक्षा, पर्यटन, कृषि लगायतका ६ वटा आर्थिक उपक्षेत्रीय पहिचान गरेर मस्यौदा तयार गरिएको जिआइजेडरएलपेडका परामर्शदाता डा.तेजहरि घिमिरेले बताउनुभयो । त्यस्तै विकासका प्राथमिकतामा स्थानीय आर्थिक सुशासन र प्रणालीगत क्षमतालाई अभिबृद्धि गर्ने, स्थानीय बस्तु तथा सेवाहरुको उपभोग र प्रबद्र्धनलाई बढावा दिने, व्यापार विस्तार र डिजिटलाइजेशन लगायतका विषयलाई समेटिएको घिमिरेले उल्लेख गर्नुभयो । 

यसको कार्यान्वयनको लागि नगर प्रमुखको संयोजकत्वमा एउटा संयन्त्र बनाउने प्रस्ताब गरिएको छ । नगर प्रमुखको संयोजकत्वमा बाणिज्य संघ, सहकारी संघ, स्थानीय गैरसरकारी संस्था महासंघ, साना तथा घरेलु उद्योग महासंघ लगायत सदस्य रहने र सचिवालयको रुपमा उपमहानगरपालिकाको आर्थिक मशाशाखाले काम गर्ने प्रस्ताव गरिएको घिमिरेले जानकारी दिए । यस्तै नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत रहने गरी अनुगमन संयन्त्र बनाइनेछ ।

यो रणनीति वि।स।२०८० देखि २१०० सम्म २० बर्षका लागि लागि कार्यान्वयनमा ल्याउने गरी बनाइएको छ । वि।सं। २१०० सम्ममा प्रतिव्यक्ति घरपरिवार आय अमेरिकी डलर २२ हजारसम्म पुर्याउने आकांक्षासहित स्थानीय उत्पादनले ३५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य लिइएको आर्थिक विकास रणनीति मस्यौदा तयार गरिएको छ । यस्तै हरित र सफा नगरका रुपमा विकास गर्ने लक्ष्य पनि छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले आर्थिक विकास रणनीतिले लगानी, उत्पादन र बजारीकरणका लागि उपयुक्त वातावरण बनाउन भूमिका खेल्ने बताए । यसबाट स्थानीय अर्थतन्त्रलाई बढावा दिने गरी उपयुक्त वातावरण बनाउन सहयोग पुग्ने भन्दै उनले स्थानीय साझेदारहरुलाई संगसंगै हिँडाउन पनि सहज हुने विश्वास व्यक्त गरे । रिजालले रणनीतिलाई कार्यान्वयनयोग्य र बोधगम्य बनाउने गरी मस्यौदामाथि छलफल गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद एवम निवर्तमान नगर प्रमुख डा।धवलशमशेर राणाले उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्य नेपालगञ्जको चार वटा पिलर भएको बताउँदै यी पिलरहरुको प्रबद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालगञ्ज उपमहानगरपालिका आफैं विकास गर्ने इन्जिन नभएर सहजीकरण गर्ने क्याटालिष्टको भूमिकामा रहने बताउनुभयो। स्थानीय साझेदारहरुको सहयोग र सहकार्यमा मात्र रणनीतिक योजनाले मूर्तरुप लिने भन्दै उहँले सबैको साझेदारीमा जोड दिनुभयो । 

कार्यक्रमको अध्यक्षता गरेका नगर प्रमुख प्रशान्त विष्टले २० बर्षको लागि तयार पारिएको आर्थिक विकास रणनीति नेपालगञ्जको आर्थिक विकासका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो। सबैको साझा सरोकार र दायित्वले मात्रै रणनीतिक योजनाहरु कार्यान्वयन गर्न सहज हुने भन्दै उहााले स्थानीय अर्थतन्त्रलाई प्रबद्र्धन गर्दै आयात प्रतिस्थापनको महात्वाकांक्षी लक्ष्यसहित आर्थिक विकास रणनीति तयार पारिएको बताउनुभयो । 

कार्यक्रममा परियोजनाका बारेमा जिआइजेडरएलपेडका रामचन्द्र लामिछाने, एजेण्डा र उद्देश्यहरुबारे क्रिश्चियन सून, भविष्यको कार्यदिशाबारे टिम लिडर दिप्ती खकुरेलले प्रस्तुतिकरण गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजालले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण महिला विकास अधिकृत मञ्जु पाण्डेले गरेकी थिइन् ।

ताजा

सबै

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयो…

लोकप्रिय

सबै

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

विद्यालयस्तरमा बाल संरक्षण सुदृढीकरणका लागि मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक

मधुवन, बर्दिया भदौ २२ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सा…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

यो पनि

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…