Pairabi logo

असोज ०२, २०८२, बिहीबार                    

नेपालगञ्जको आर्थिक विकास रणनीति मस्यौदामाथि छलफल

डेक्स

डेक्स

नेपालगञ्जको आर्थिक विकास रणनीति मस्यौदामाथि छलफल
ADVERTISEMENT

 

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँको आर्थिक विकास रणनीति मस्यौदा तयार गरेको छ । एक बर्ष लगाएर तयार पारिएको नेपालगञ्ज आर्थिक विकास रणनीति मस्यौदामाथि आज छलफल गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका र स्थानीय सरोकारवालाले जिआइजेडरएलपेडको सहजीकरणमा तयार गरेको मस्यौदामाथि  अन्तिम छलफल गरिएको हो । विभिन्न ६ वटा उपक्षेत्रहरुसहित तयार गरिएको मस्यौदामाथि ६ वटा कार्य समूह गठन गरेर छलफल गरिएको छ । स्थानीय सरोकारवालाहरु सबै एकै ठाउँमा संगै बसेर साझा खाका बनाई योजनाबद्धरुपमा काम गर्ने उद्देश्यले आर्थिक विकास रणनीतिलाई अन्तिम रुप दिन लागिएको हो ।

व्यापार, खाद्य प्रशोधन, प्राविधिक र व्यवसायिक शिक्षा, पर्यटन, कृषि लगायतका ६ वटा आर्थिक उपक्षेत्रीय पहिचान गरेर मस्यौदा तयार गरिएको जिआइजेडरएलपेडका परामर्शदाता डा.तेजहरि घिमिरेले बताउनुभयो । त्यस्तै विकासका प्राथमिकतामा स्थानीय आर्थिक सुशासन र प्रणालीगत क्षमतालाई अभिबृद्धि गर्ने, स्थानीय बस्तु तथा सेवाहरुको उपभोग र प्रबद्र्धनलाई बढावा दिने, व्यापार विस्तार र डिजिटलाइजेशन लगायतका विषयलाई समेटिएको घिमिरेले उल्लेख गर्नुभयो । 

यसको कार्यान्वयनको लागि नगर प्रमुखको संयोजकत्वमा एउटा संयन्त्र बनाउने प्रस्ताब गरिएको छ । नगर प्रमुखको संयोजकत्वमा बाणिज्य संघ, सहकारी संघ, स्थानीय गैरसरकारी संस्था महासंघ, साना तथा घरेलु उद्योग महासंघ लगायत सदस्य रहने र सचिवालयको रुपमा उपमहानगरपालिकाको आर्थिक मशाशाखाले काम गर्ने प्रस्ताव गरिएको घिमिरेले जानकारी दिए । यस्तै नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत रहने गरी अनुगमन संयन्त्र बनाइनेछ ।

यो रणनीति वि।स।२०८० देखि २१०० सम्म २० बर्षका लागि लागि कार्यान्वयनमा ल्याउने गरी बनाइएको छ । वि।सं। २१०० सम्ममा प्रतिव्यक्ति घरपरिवार आय अमेरिकी डलर २२ हजारसम्म पुर्याउने आकांक्षासहित स्थानीय उत्पादनले ३५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य लिइएको आर्थिक विकास रणनीति मस्यौदा तयार गरिएको छ । यस्तै हरित र सफा नगरका रुपमा विकास गर्ने लक्ष्य पनि छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले आर्थिक विकास रणनीतिले लगानी, उत्पादन र बजारीकरणका लागि उपयुक्त वातावरण बनाउन भूमिका खेल्ने बताए । यसबाट स्थानीय अर्थतन्त्रलाई बढावा दिने गरी उपयुक्त वातावरण बनाउन सहयोग पुग्ने भन्दै उनले स्थानीय साझेदारहरुलाई संगसंगै हिँडाउन पनि सहज हुने विश्वास व्यक्त गरे । रिजालले रणनीतिलाई कार्यान्वयनयोग्य र बोधगम्य बनाउने गरी मस्यौदामाथि छलफल गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद एवम निवर्तमान नगर प्रमुख डा।धवलशमशेर राणाले उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्य नेपालगञ्जको चार वटा पिलर भएको बताउँदै यी पिलरहरुको प्रबद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालगञ्ज उपमहानगरपालिका आफैं विकास गर्ने इन्जिन नभएर सहजीकरण गर्ने क्याटालिष्टको भूमिकामा रहने बताउनुभयो। स्थानीय साझेदारहरुको सहयोग र सहकार्यमा मात्र रणनीतिक योजनाले मूर्तरुप लिने भन्दै उहँले सबैको साझेदारीमा जोड दिनुभयो । 

कार्यक्रमको अध्यक्षता गरेका नगर प्रमुख प्रशान्त विष्टले २० बर्षको लागि तयार पारिएको आर्थिक विकास रणनीति नेपालगञ्जको आर्थिक विकासका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो। सबैको साझा सरोकार र दायित्वले मात्रै रणनीतिक योजनाहरु कार्यान्वयन गर्न सहज हुने भन्दै उहााले स्थानीय अर्थतन्त्रलाई प्रबद्र्धन गर्दै आयात प्रतिस्थापनको महात्वाकांक्षी लक्ष्यसहित आर्थिक विकास रणनीति तयार पारिएको बताउनुभयो । 

कार्यक्रममा परियोजनाका बारेमा जिआइजेडरएलपेडका रामचन्द्र लामिछाने, एजेण्डा र उद्देश्यहरुबारे क्रिश्चियन सून, भविष्यको कार्यदिशाबारे टिम लिडर दिप्ती खकुरेलले प्रस्तुतिकरण गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजालले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण महिला विकास अधिकृत मञ्जु पाण्डेले गरेकी थिइन् ।

ताजा

सबै

गणेशमान सिंहको स्मृतिमा दिप प्रज्वलन

नेपालगञ्ज, २ असोज । नेपाली काँग्रेसका त्यागी नेता स्वर्गीय गणेशमान सिंहको २८औं स्मृति…

सुनाखरीद्धारा नेपालगन्ज उपमहानगरपालिकालाई कम्प्युटर प्रदान

नेपालगन्ज २ असोज । सुनाखरी रेष्टुरेण्ट प्रा.लिले नेपालगन्ज उपमहानगरपालिका कार्यालयलाई…

नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै

नेपालगन्ज, ३० भदौ :बाँकेका केही सरकारी कार्यालयबाट लुटपाट गरेको सामान फिर्ता हुन थ…

पिआइएल समुह नेपालगन्जद्धारा निःशुल्क कानुनी परामर्श सेवा शुरु

नेपालगन्ज २० भदौ । नेपालगन्जका कानून व्यवसायीले निःशुल्क अनलाईन कानूनी परामर्श सेवा …

लोकप्रिय

सबै

पिआइएल समुह नेपालगन्जद्धारा निःशुल्क कानुनी परामर्श सेवा शुरु

नेपालगन्ज २० भदौ । नेपालगन्जका कानून व्यवसायीले निःशुल्क अनलाईन कानूनी परामर्श सेवा …

सुनाखरीद्धारा नेपालगन्ज उपमहानगरपालिकालाई कम्प्युटर प्रदान

नेपालगन्ज २ असोज । सुनाखरी रेष्टुरेण्ट प्रा.लिले नेपालगन्ज उपमहानगरपालिका कार्यालयलाई…

अस्थायी रुपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज, २९ भदौः आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थ…

नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै

नेपालगन्ज, ३० भदौ :बाँकेका केही सरकारी कार्यालयबाट लुटपाट गरेको सामान फिर्ता हुन थ…

यो पनि

तीन महिने तालिमले इन्दिरा र गीतालाई बनायो आर्थिक रुपमा सक्षम

तीन महिने तालिमले इन्दिरा र गीतालाई बनायो आर्थिक रुपमा सक्षम

बर्दिया । बर्दियाको राजापुर नगरपालिकाकी इन्दिरा चौधरी र गीता चौधरी केही महिना पहिल…

नेपालगञ्जमा मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार जरिवाना

नेपालगञ्जमा मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार जरिवाना

नेपालगञ्ज । नेपालगञ्जमा मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना ग…

सेवाग्राहीको सहकारी प्रति असन्तुष्टि चिर्न अभिमुखीकरण

सेवाग्राहीको सहकारी प्रति असन्तुष्टि चिर्न अभिमुखीकरण

पवन जायसवाल नेपालगन्ज २८, असार । पछिल्लो समय मौलाउँदै गएको सहकारीप्रतिको चरम असन्तु…

डुडुवाको १८औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु ५६ करोड बढीको बजेट सार्वजनिक

डुडुवाको १८औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु ५६ करोड बढीको बजेट सार्वजनिक

डुडुवा (बाँके) १० असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२।०८३ को नीति तथ…