Pairabi logo

माघ १३, २०८२, सोमबार                    

सैनामैना महोत्सवको तयारी पुरा

सम्वाददाता

सम्वाददाता

सैनामैना महोत्सवको तयारी पुरा
ADVERTISEMENT

सैनामैना । पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक ब्यापार महोत्सवको तयारी पुरा भएको छ ।

“देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित वुधवारदेखि सुरु हुने महोत्सवको तयारी पुरा भएको  पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । 

सैनामैना व्यापार संघको आयोजनामा वुधवारदेखि सुरु हुने मेलाको लुम्विनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका कार्यवाहक अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । 
फागुन १७ देखि २८ गतेसम्म सञ्चालन हुने महोत्सवमा १ लाख दर्शकले मेलाको अवलोकन गर्ने लक्ष्य लिइएको संयोजक पौडेलले बताउनुभयो । 

वुधवार पूर्वबाट रानिबगिया र पश्चिम मुर्गियाबाट जनचेतनामुलक र्यालीसहित मेलाको समुद्घाटन हुनेछ । स्टल व्यवस्थापन समितीका संयोजक देवीदत्त सुबेदीका अनुसार मेलामा करिब १ सय ५० स्टल रहनेछन् । मेला विहान १० बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ । 

मेलामा सैनामैनाको विविधता झल्काउने झाँकीसहितको बृहत शोभायात्रा, सैनामैनाका आदिवासीहरुको रहन सहन, भेषभुषाको प्रर्दशनी, स्थानिय, राष्ट्रिय एवम् अन्तरराष्ट्रिय उत्पादित वस्तु तथा सेवाहरुको व्यापार, पाँचौ सैनामैना डान्सिङ्ग आइडल, नगरस्तरीय खुल्ला लोक गीत प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, कृषि सामाग्री प्रदर्शन, हस्तकला प्रदर्शनी, संस्कृतिको प्रबद्र्धन लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने मेलाका साँस्कृतिक संयोजक चाम बहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रचार प्रसार व्यवस्थापन समितिका संयोजक गोबिन्द पोखरेलले कृषि स्टलका लागि निःशुल्क गरिएको बताउनुभयो । 

मेला प्रवेशका लागि टिकटको दर रु।७० र विद्यार्थीहरुका लागि परिचय पत्रका आधारमा रु।५० कायम गरिएको छ । यस्तै जेष्ठ नागरिक, अपाङ्गता, असहाय भएका ब्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।  

मेला सचिवालय स्थलमा आयोजना गरिएको पत्रकार सम्मेलन संघका कार्यवाहक अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षता, सैनामैना नगरपालिका पूर्व नगर प्रमुख चित्र बहादुर कार्की, पूर्व अध्यक्ष दुर्गा गौतम, विज्ञापन संकलन उपसमिति संयोजक मिन प्रसाद पौडेल लगायतको आतिथ्यतामा भएको हो । पत्रकार सम्मेलन प्रचार प्रसार व्यवस्थापन समितिका संयोजक गोबिन्द पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो । 

मेला सैनामैना व्यापार संघ र सैनामैना उद्योग वाणिज्य संघले आलोपालो आयोजना गर्ने सहमति अनुसार यस वर्ष सैनामैना व्यापार संघले आयोजना गर्न लागेको हो । 
महोत्सवको सैनामैना उद्योग बाणिज्य संघ सैनामैना, रुपन्देही सह ( आयोजक, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लुम्विनी प्रदेश र सैनामैना नगरपालिका प्रबद्र्धक तथा नेपाल चेम्बर अफ कर्मस लुम्विनी प्रदेश संरक्षकको रुपमा रहेको छ । 


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…