Pairabi logo

भदौ २५, २०८३, बिहीबार                    

सैनामैना महोत्सवको तयारी पुरा

सम्वाददाता

सम्वाददाता

सैनामैना महोत्सवको तयारी पुरा
ADVERTISEMENT

सैनामैना । पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक ब्यापार महोत्सवको तयारी पुरा भएको छ ।

“देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित वुधवारदेखि सुरु हुने महोत्सवको तयारी पुरा भएको  पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । 

सैनामैना व्यापार संघको आयोजनामा वुधवारदेखि सुरु हुने मेलाको लुम्विनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका कार्यवाहक अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । 
फागुन १७ देखि २८ गतेसम्म सञ्चालन हुने महोत्सवमा १ लाख दर्शकले मेलाको अवलोकन गर्ने लक्ष्य लिइएको संयोजक पौडेलले बताउनुभयो । 

वुधवार पूर्वबाट रानिबगिया र पश्चिम मुर्गियाबाट जनचेतनामुलक र्यालीसहित मेलाको समुद्घाटन हुनेछ । स्टल व्यवस्थापन समितीका संयोजक देवीदत्त सुबेदीका अनुसार मेलामा करिब १ सय ५० स्टल रहनेछन् । मेला विहान १० बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ । 

मेलामा सैनामैनाको विविधता झल्काउने झाँकीसहितको बृहत शोभायात्रा, सैनामैनाका आदिवासीहरुको रहन सहन, भेषभुषाको प्रर्दशनी, स्थानिय, राष्ट्रिय एवम् अन्तरराष्ट्रिय उत्पादित वस्तु तथा सेवाहरुको व्यापार, पाँचौ सैनामैना डान्सिङ्ग आइडल, नगरस्तरीय खुल्ला लोक गीत प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, कृषि सामाग्री प्रदर्शन, हस्तकला प्रदर्शनी, संस्कृतिको प्रबद्र्धन लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने मेलाका साँस्कृतिक संयोजक चाम बहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रचार प्रसार व्यवस्थापन समितिका संयोजक गोबिन्द पोखरेलले कृषि स्टलका लागि निःशुल्क गरिएको बताउनुभयो । 

मेला प्रवेशका लागि टिकटको दर रु।७० र विद्यार्थीहरुका लागि परिचय पत्रका आधारमा रु।५० कायम गरिएको छ । यस्तै जेष्ठ नागरिक, अपाङ्गता, असहाय भएका ब्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।  

मेला सचिवालय स्थलमा आयोजना गरिएको पत्रकार सम्मेलन संघका कार्यवाहक अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षता, सैनामैना नगरपालिका पूर्व नगर प्रमुख चित्र बहादुर कार्की, पूर्व अध्यक्ष दुर्गा गौतम, विज्ञापन संकलन उपसमिति संयोजक मिन प्रसाद पौडेल लगायतको आतिथ्यतामा भएको हो । पत्रकार सम्मेलन प्रचार प्रसार व्यवस्थापन समितिका संयोजक गोबिन्द पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो । 

मेला सैनामैना व्यापार संघ र सैनामैना उद्योग वाणिज्य संघले आलोपालो आयोजना गर्ने सहमति अनुसार यस वर्ष सैनामैना व्यापार संघले आयोजना गर्न लागेको हो । 
महोत्सवको सैनामैना उद्योग बाणिज्य संघ सैनामैना, रुपन्देही सह ( आयोजक, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लुम्विनी प्रदेश र सैनामैना नगरपालिका प्रबद्र्धक तथा नेपाल चेम्बर अफ कर्मस लुम्विनी प्रदेश संरक्षकको रुपमा रहेको छ । 

ताजा

सबै

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयो…

लोकप्रिय

सबै

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

विद्यालयस्तरमा बाल संरक्षण सुदृढीकरणका लागि मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक

मधुवन, बर्दिया भदौ २२ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सा…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

यो पनि

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…