Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

बाँकेको नानापुर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

डेक्स

डेक्स

बाँकेको नानापुर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै
ADVERTISEMENT

युवराज पाण्डे
नेपालगञ्ज ।  बाँकेको डुडुवा गाउँपाललिकाका वाड नं ५ स्थित नानापुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । 
सामुदायिक वन उपभोक्ता समितिको करिव दुई विगाहा जग्गामा निर्माण भएको रमणीय स्थानमा बनेको भौतिक संरचनामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरेर आन्तरिक पर्यटकले आन्नद लिइरहेका छन । 
लायन्स पार्क नाम दिइएको सो स्थानमा लायन्स स्तम्भ, सेल्फी जोन, गोल घर, कार्यक्रम गर्नका लागि हल लगायतमा रु. १७ लाख बरावरको भौतिक संरचना निर्माण भएको बावुकुवा सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष महेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो । 
उहाँले पर्यटन प्रवद्र्धनका लागि सामुदायिक वनसँग आन्तरिक सहमति गरेर त्यस क्षेत्रमा पर्यटकीय आर्कषण वढाउन विभिन्न योजना अघि सारिएको बताउनुभयो । 
नेपालगञ्ज बजारबाट करिव ५ किलोमिटरको उत्तर पूर्वमा पर्ने सो स्थान शान्त र रमणीय स्थानको रुपमा मानिदै आएको छ । वन जङ्गलसँगै प्राकृतिक सौन्दर्य र हरियालीले त्यहाँ पुग्ने पर्यटकलाई लोभ्याईरहेको हुन्छ । उक्त स्थानको वनबाट केही पर जङ्गली जनावरको समेत बासस्थान रहेकाले त्यसको समेत पर्यटकले छुट्टै आनन्द लिन सक्छन । 
‘यहाँ रहेको स्थानमा तारवार गरेर बाह्सिंगेलाई संरक्षण गरेर राख्न सकिन्छ र त्यसबाट अझै वढी आन्तरिक पर्यटन भित्राउन सकिन्छ’ शाहीले भन्नुभयो । डब्लु डब्लु एफको सहयोगमा करिव दुई विगाहाको हाराहारीमा करिव रु. १४ लाख खर्च गरेर निर्माण भएको तलाउले जैविक विविधिता र स्थानीय किसानको खेतमा चिस्यान समेत प्रदान गरेको उहाँले उल्लेख गर्नुभयो । उक्त पार्कबाट केही पर एक जना बावाले कुवा खनेर पानी खाने गरेका कारण बावुकुवा नामाकरण भएको मानिएको छ । 
शाहीले जैविक विविधताको संरक्षण गर्न  र जङ्गली जनावरलाई पानी खान बस्तीमा जाने जोखिम भएकोले थाकेका जनावरलाई पानी खान तलाउ निर्माण भएको जानकारी दिनुभयो । 
लायन्स क्लव अफ नेपालगञ्ज, सिद्धीविनायकका पूर्व अध्यक्ष शिवेन्द्र भण्डारीले पर्यटन पवद्र्धको उद्देश्यले त्यस क्षेत्रको विकास गर्न खोजिएको उल्लेख गर्दै त्यहाँ पर्यटन पवद्र्धन गर्न रु. १० करोडको डिपीआर निर्माण हुन लागेको बताउनुभयो । 
‘नेपालगञ्ज बजारबाट नजिकै पर्ने हराभरा र रमणीय स्थलले सबैलाई लोभ्याइरहेको छ’उहाँले भन्नुभयो । 
लियो क्लव अफ नेपालगञ्जका पूर्व अध्यक्ष तथा युवा व्यवसायी विष्णु श्रेष्ठले त्यहाँ पर्यटनको प्रचुर सम्भावना रहेकोले पार्कलाई अझ रमणीय बनाउन फुलवारी र गार्डेनको विकासमा जोड दिन आग्रह गर्नुभयो । 
उहाँले पर्यटकलाई फोटो खिच्न लालयित बनाउन र केही घण्टा भुल्ने वातावरण निर्माण गनुपर्ने उल्लेख गर्दै पछिल्लो समय बबई र कर्णली जाने अवस्थाको अन्तय भएको बताउनुभयो । 
तलाउमा फिसिङ् गरेर मनोरञ्जन लिने र पर्यटकलाई नयाँ अनूभव हुने  अवधारणा अघि ल्याउन आवश्यक भएको उल्लेख गर्दै स्थानीय समुदायको सहकार्यमा घरबास कार्यकम अघि वढाउन सकिने विश्वास व्यक्त गर्नुभयो । 
‘यसका लागि लगानी पनि आवश्यक हुन्छ त्यसैले सम्भावनाको अध्ययन गरेर, “कप्पल पार्क” का रुपमा पनि यसलाई स्थापित गर्न सकिन्छ’ उहाँले भन्नुभयो । 
डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले पर्यटन प्रर्वद्धनको कामलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिदै यसबाट आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ भन्नुभयो । 
डुडुवा गाउँपालिका वडा नं ५ का वडाध्यक्ष झङ्क बहादुर थापाले गाउँपालिकाको सिधिनिया घाट, कम्दी लागयतका क्षेत्र पर्यटकीय सम्भावनाको क्षेत्र भएको उल्लेख गर्दै बजेट अभावले विकास हुन नसकेको बताउनुभयो । 
‘धेरै पर्यटकीय सम्भावना भएका क्षेत्र छन तर बजेट नहँदा विकास गर्न सकिएको छैन’ उहाँले भन्नुभयो । शनिवार वा सार्वजनिक विदाको दिन नेपालगञ्ज बजारबाट नजिकै रहेको सो स्थानमा बनभोज खान र घुम्न स्थानीय जाने गर्छन । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…