Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बाँकेको नानापुर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

डेक्स

डेक्स

बाँकेको नानापुर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै
ADVERTISEMENT

युवराज पाण्डे
नेपालगञ्ज ।  बाँकेको डुडुवा गाउँपाललिकाका वाड नं ५ स्थित नानापुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । 
सामुदायिक वन उपभोक्ता समितिको करिव दुई विगाहा जग्गामा निर्माण भएको रमणीय स्थानमा बनेको भौतिक संरचनामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरेर आन्तरिक पर्यटकले आन्नद लिइरहेका छन । 
लायन्स पार्क नाम दिइएको सो स्थानमा लायन्स स्तम्भ, सेल्फी जोन, गोल घर, कार्यक्रम गर्नका लागि हल लगायतमा रु. १७ लाख बरावरको भौतिक संरचना निर्माण भएको बावुकुवा सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष महेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो । 
उहाँले पर्यटन प्रवद्र्धनका लागि सामुदायिक वनसँग आन्तरिक सहमति गरेर त्यस क्षेत्रमा पर्यटकीय आर्कषण वढाउन विभिन्न योजना अघि सारिएको बताउनुभयो । 
नेपालगञ्ज बजारबाट करिव ५ किलोमिटरको उत्तर पूर्वमा पर्ने सो स्थान शान्त र रमणीय स्थानको रुपमा मानिदै आएको छ । वन जङ्गलसँगै प्राकृतिक सौन्दर्य र हरियालीले त्यहाँ पुग्ने पर्यटकलाई लोभ्याईरहेको हुन्छ । उक्त स्थानको वनबाट केही पर जङ्गली जनावरको समेत बासस्थान रहेकाले त्यसको समेत पर्यटकले छुट्टै आनन्द लिन सक्छन । 
‘यहाँ रहेको स्थानमा तारवार गरेर बाह्सिंगेलाई संरक्षण गरेर राख्न सकिन्छ र त्यसबाट अझै वढी आन्तरिक पर्यटन भित्राउन सकिन्छ’ शाहीले भन्नुभयो । डब्लु डब्लु एफको सहयोगमा करिव दुई विगाहाको हाराहारीमा करिव रु. १४ लाख खर्च गरेर निर्माण भएको तलाउले जैविक विविधिता र स्थानीय किसानको खेतमा चिस्यान समेत प्रदान गरेको उहाँले उल्लेख गर्नुभयो । उक्त पार्कबाट केही पर एक जना बावाले कुवा खनेर पानी खाने गरेका कारण बावुकुवा नामाकरण भएको मानिएको छ । 
शाहीले जैविक विविधताको संरक्षण गर्न  र जङ्गली जनावरलाई पानी खान बस्तीमा जाने जोखिम भएकोले थाकेका जनावरलाई पानी खान तलाउ निर्माण भएको जानकारी दिनुभयो । 
लायन्स क्लव अफ नेपालगञ्ज, सिद्धीविनायकका पूर्व अध्यक्ष शिवेन्द्र भण्डारीले पर्यटन पवद्र्धको उद्देश्यले त्यस क्षेत्रको विकास गर्न खोजिएको उल्लेख गर्दै त्यहाँ पर्यटन पवद्र्धन गर्न रु. १० करोडको डिपीआर निर्माण हुन लागेको बताउनुभयो । 
‘नेपालगञ्ज बजारबाट नजिकै पर्ने हराभरा र रमणीय स्थलले सबैलाई लोभ्याइरहेको छ’उहाँले भन्नुभयो । 
लियो क्लव अफ नेपालगञ्जका पूर्व अध्यक्ष तथा युवा व्यवसायी विष्णु श्रेष्ठले त्यहाँ पर्यटनको प्रचुर सम्भावना रहेकोले पार्कलाई अझ रमणीय बनाउन फुलवारी र गार्डेनको विकासमा जोड दिन आग्रह गर्नुभयो । 
उहाँले पर्यटकलाई फोटो खिच्न लालयित बनाउन र केही घण्टा भुल्ने वातावरण निर्माण गनुपर्ने उल्लेख गर्दै पछिल्लो समय बबई र कर्णली जाने अवस्थाको अन्तय भएको बताउनुभयो । 
तलाउमा फिसिङ् गरेर मनोरञ्जन लिने र पर्यटकलाई नयाँ अनूभव हुने  अवधारणा अघि ल्याउन आवश्यक भएको उल्लेख गर्दै स्थानीय समुदायको सहकार्यमा घरबास कार्यकम अघि वढाउन सकिने विश्वास व्यक्त गर्नुभयो । 
‘यसका लागि लगानी पनि आवश्यक हुन्छ त्यसैले सम्भावनाको अध्ययन गरेर, “कप्पल पार्क” का रुपमा पनि यसलाई स्थापित गर्न सकिन्छ’ उहाँले भन्नुभयो । 
डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले पर्यटन प्रर्वद्धनको कामलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिदै यसबाट आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ भन्नुभयो । 
डुडुवा गाउँपालिका वडा नं ५ का वडाध्यक्ष झङ्क बहादुर थापाले गाउँपालिकाको सिधिनिया घाट, कम्दी लागयतका क्षेत्र पर्यटकीय सम्भावनाको क्षेत्र भएको उल्लेख गर्दै बजेट अभावले विकास हुन नसकेको बताउनुभयो । 
‘धेरै पर्यटकीय सम्भावना भएका क्षेत्र छन तर बजेट नहँदा विकास गर्न सकिएको छैन’ उहाँले भन्नुभयो । शनिवार वा सार्वजनिक विदाको दिन नेपालगञ्ज बजारबाट नजिकै रहेको सो स्थानमा बनभोज खान र घुम्न स्थानीय जाने गर्छन । 


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…