Pairabi logo

पुस २५, २०८२, शुक्रबार                    

लुम्बिनी प्रदेश सरकार संकटमा

डेक्स

डेक्स

लुम्बिनी प्रदेश सरकार संकटमा
ADVERTISEMENT


बुटवल । राष्ट्रपति निर्वाचनका लागि बनेको राजनीतिक समीकरणले लुम्बिनी प्रदेश सरकारको भविष्य संकटमा परेको छ ।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सदुर्शन बरालले केन्द्रमा बनेको राजनीतिक समीकरणले प्रदेशमा पनि स्वाभाविक रुपमा प्रभाव पार्ने बताउनुभयो । यद्यपि, केन्द्रमा नयाँ समीकरण बने पनि लुम्बिनी प्रदेशमा कसरी अघि बढ्ने भन्नेबारेमा अझै छलफल सुरु नभएको उहाँले  जानकारी दिनुभयो।

आफूहरु केन्द्रको निर्देशन पर्खिएर बसिरहेको उहाँको भनाइ छ । केन्द्रको निर्देशन आएपछि मात्र कांग्रेससँगको समीकरणका आधारमा जान सकिने उहाँको भनाइ छ ।
लुम्बिनी प्रदेशमा अहिले एमाले नेतृत्वको सरकार छ । तर, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा नेपाल, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चासहितको नयाँ गठबन्धन केन्द्रमा बनेका कारण तीन दल मिलेर लुम्बिनी प्रदेशमा पनि सरकार गठन गर्न सक्ने सम्भावना बढेको छ ।
माओवादी केन्द्रले प्रदेश सरकारबाट कुनै पनि बेला समर्थन फिर्ता लिन सक्ने बुझेर नै एमालेले लुम्बिनी प्रदेश सरकार जोगाउनका लागि छलफल थालेको छ ।
लुम्बिनी प्रदेशसभाका एमाले मुख्य सचेतक तुलसी प्रसाद चौधरीले  गठबन्धन बचाउन दलहरूसँग छलफल गरिरहेको बताउँनुहुन्छ। उहाँले तत्काल राप्रपाका मन्त्रीले लुम्बिनी प्रदेश सरकारबाट राजीनामा नदिने विश्वास व्यक्त गर्दै माओवादी र राप्रपासँग नयाँ ढंगले छलफल चलिरहेको बताउनुभयो ।

‘हाम्रो चाहना भनेकै लुम्बिनी प्रदेशमा गठबन्धन टिकोस् भन्ने हो, उहाँहरूले पनि केन्द्रमा जे भए पनि प्रदेशमा हामीलाई डिस्टर्ब नगर भन्दै यही गठबन्धनमा रहेर केन्द्रमा लबिङ गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 

राप्रपाबाट मन्त्री बनेका जानकी प्रसाद यादवले आफू पार्टीको सिपाही भएकाले पार्टीले जे भन्छ, त्यही मान्ने बताउनुभयो । तर प्रदेश सरकारमा बस्ने कि बाहिरिने भनेर आफूलाई केन्द्रबाट कुनै निर्देशन नआएको उहाले बताउनुभयो । 

८७ सदस्यीय प्रदेशसभामा ५८ सांसदको समर्थनसहित गिरी पुस २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।  लुम्बिनीमा बहुमतको लागि ४४ सांसद आवश्यक पर्छ ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राप्रपा, नागरिक उन्मुक्तिका ४÷४, जसपा, जनमत र लोसपाका ३÷३, स्वतन्त्र २ र राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १÷१ जना सांसद छन् । केन्द्रमा बनेको ८ दलीय गठबन्धन लुम्बिनी प्रदेशमा पनि कायम रहे  एमाले सरकारबाट बाहिरिनुपर्ने अवस्था आउँछ । 


 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

यो पनि

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…