Pairabi logo

कात्तिक १३, २०८३, बिहीबार                    

यौन शक्ति वढाउने अचुक उपाय

डेक्स

डेक्स

यौन शक्ति वढाउने अचुक उपाय
ADVERTISEMENT


नेपालगञ्ज । प्राचीनकालदेखि जाइफल विभिन्न रोगको उपचारमा उपयोग हुँदै आएको छ । आयुर्वेद अनुसार जाइफल वेदनानाशक, दातनाशक, कुमिनाशक हुन्छ । यसलाई स्नायु प्रणालीका लागि उपयोगी मानिन्छ । यसमा पाचक गुण प्रचुर मात्रामा भएकोले र कलेजोलाई सक्रिय गर्ने भएकोले पाचनको लागि समेत उपयोगी छ ।

अनिद्रा, शूल, अपच, खोकी, बाडुली, शीघ्रपतन र नपुंसकताजस्ता व्याधी हटाउन पनि यो उपयोगी मानिन्छ । जाइफलको चूर्ण र तेल उपयोग गर्ने गरिन्छ । चूर्णको मात्रा भने ५०० मिलिग्रामदेखि एक ग्राम र तेल एकदेखि तीन थोपा उपयोग गर्न सकिन्छ । अनुहारको कालोपोतो हटाउनसमेत जाइफल फाइदाकारी मानिन्छ ।

आयुर्वेदका ज्ञाताहरूका अनुसार जाइफल ढुंगामा घोटेर तयार गरिएको लेप अनुहारमा लगाउनाले कालोपोतो हट्छ । यसले डन्डीफोर आदिको दाग र हल्का कालोपनालाई समेत कम गर्छ । जाइफलले यौनशक्ति पनि बढाउँछ । कम्मरको पीडा, गठिया रोगमा जाइफलको लेप वा तेलले मालिस गर्दा आराम मिल्छ ।

गठियाबाहेक चोटग्रस्त मर्केको, सुन्नेको अंगमा समेत जाइफललाई तोरीको तेलमा मिलाएर मालिस गर्नाले सन्चो हुन्छ । जाइफलको मालिसले शरीरमा गर्मी आउँछ, चुस्ती र फुर्ती आउँछ र पसिनाको रूपमा विकार शरीरबाट बाहिर निस्कन्छ । पेट दुखेको बेला जाइफलको दुईचार थोपा तेल खानाले सन्चो हुन्छ ।

परम्परागत उपचार प्रणाली अनुसार दुखेको दाँतमा जाइफलको तेल चोबेको रुवा ९कपास० राख्दा पीडा कम भएर जान्छ । दाँतमा कीरा लागेको भए मर्छ । जाइफलको तेलमा पीडानासक गुण हुने भएकाले यसले मालिस गर्दा अंगविशेष केही समयको लागि संज्ञाशून्य हुन्छ । त्यसैले दुखाइको अनुभूति हुन पाउँदैन ।

परम्परागत चिकित्सा प्रणाली अनुसार निद्रा नलाग्ने समस्या भए, जाइफललाई घोटेर घिउमा मिसाई परेलामा लगाउनुपर्छ अनि निद्रा लाग्छ । गाईको घिउमा जाइफल घोटेर पैताला र परेलामा लगाउँदा पनि निद्रा लाग्छ । आयुर्वेद अनुसार जाइफलको चुर्ण नपुंसकता हटाउनसमेत प्रभावकारी हुने गर्छ ।

स्रोत ः एजेन्सी

ताजा

सबै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

लोकप्रिय

सबै

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…