Pairabi logo

पुस २५, २०८२, शुक्रबार                    

सुशील कोइरालाको स्मृतिमा रक्तदान

डेक्स

डेक्स

सुशील कोइरालाको स्मृतिमा रक्तदान
ADVERTISEMENT

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले आज यहाँ आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले  रक्तदान गरेका छन ।   पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व पार्टी सभापति स्वर्गीय सुशिल कोइरालाको सातौं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बाँकेले  पार्टी कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मन्त्री एवम् काँग्रेस बाँकेका पूर्व पार्टी सभापति गजेन्द्रबहादुर हमालले स्वर्गीय कोइरालाको सादगी जीवनशैली सबैको लागि प्रेरणादायी रहेको बताउनुभयो। कोइरालाले मुलुकको राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै हमालले संविधान जारी गर्न कोइरालाले लिएको चट्टानी अडान नेपालीले सदैब सम्झिरहने उल्लेख गर्नुभयो । 

काँग्रेस बाँकेका सभापति गौडेलले स्वर्गीय कोइरालाले नेपाली राजनीतिमा पुर्याएको योगदान विशिष्ट रहेको चर्चा गर्दै उहाँ नेपाली राजनीतिको आदर्श व्यक्तित्व भएको बताउनुभयो । उहाँले कोइराला यस क्षेत्रका लागि ुगौरबपूर्ण व्यक्तित्वु रहेको बताउँदै उहाँले देखाएको बाटोमा अग्रसर भए कांग्रेसले कहिल्यै हार्नुनपर्ने जिकिर गर्नुभयो ।  रगत अभावमा विरामीहरुले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्य राखेर रक्तदान कार्यक्रमको आयोजना गरिएको  गौडेलले जानकारी दिनुभयो ।  

पार्टी उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन पार्टी सचिव सुधांशु कोइरालाले गर्नुभएको थियो । कांग्रेस बाँकेले पार्टीलाई सामाजिक र मानवीय सेवामा जोड्ने उद्देश्यले केही समय यता जनस्तरमा पुग्ने गरी कार्यक्रम गर्दै आएको प्रबक्ता डिल्ली गिरीले बताउनुभयो ।

रक्तदान कार्यक्रममा नेपाली कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, पूर्व सभापतिहरु कृष्णमान श्रेष्ठ र सनतकुमार रेग्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी ९भोला०, लुम्बिनी प्रदेशका सांसदहरु बादशाह कुर्मी, माया पुन, निवर्तमान सांसद सुरेन्द्र हमाल, कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्यहरु कृष्णाकुमारी सापकोटा ९चौधरी०, दिक्षा कोइराला, पार्टी उपसभापति कृष्णबहादुर कार्की, सहसचिव रेणुसिंह ठाकुर र विनोदकुमार चौधरी, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता लगायत नेता, कार्यकर्ता सहभागि हुनुहुन्थ्यो । 

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीसहितको प्राविधिक टोली रक्तदान कार्यक्रममा खटिएको थियो । रक्तदान गर्ने व्यक्तिहरुलाई पार्टीले कदरपत्र प्रदान गरेको थियो । यस्तै रक्तसञ्चार केन्द्रलाई पनि सभापति गौडेलले कदरपत्र प्रदान गरेका थिए । 
 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

यो पनि

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…