कमल राज पौडेल
बर्दिया १३ माघ । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले खोरेत रोग उल्मुलन अभियान शुरु गरेको छ । अभियान अन्र्तगत आज एक दिने भ्याक्सिनेटर अभिमुखिकरण गोष्ठि गरेको छ ।
जिल्लाभित्रका ८ वटै स्थानीय तहमा रहेका ४१ जना खोपकर्तालाई पशुमा लाग्ने खोरेत रोग उल्मुलन अभियानमा सक्रिय बनाउनयो कार्यक्रमको आयोजना गरीएको हो । यो कार्यक्रमबाट खोपकर्ताहरुलाई खोप लगाउने विधिका साथै खोरेत रोगका लक्षणहरुका बारेमा जानकारी गराइएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका पशु विकास अधिकृत डा.सुमन खनालले बताउनु भयो ।
उहाँका अनुसार बर्दिया जिल्लाभित्र पशुचौपायको संख्या गाई १ लाख २५ हजार , भैसी १ लाख २४ हजार ,बाख्रा २ लाख र बंगुर ४२ हजार रहेको छ । प्रदेश सरकारको एकिकृत कृषितथा पशुपन्छी विकास कार्यालय यस जिल्लामा स्थापना हुनुभन्दा पहिला बर्दिया जिल्ला खोरेत रोगको उच्च जोखिम जिल्ला भएता पनि विगत ३ वर्ष देखि संघ र स्थानीय पशु सेवा शाखाले खोरेत रोगका विरुद्ध अभियान संचालन गरेछि बर्दिया जिल्ला खोरेत रोग मुक्त जिल्ला भएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका प्रमुख सागर ढकालले बताउनु भयो ।
उहाँका अनुसार दिनहुँ कृषकहरुको गोठमा पशु संख्याको वृद्धि भैरहेको छ तर राज्यले दिने खोपको संख्या वृद्धि हुन सकेको छैन । उहाँले भन्नुभयो, त्सले गर्दा हामीले जिल्लाभित्र सरदर ४० प्रतिशत मात्र पशुचौपायलाई खोप लगाउन सकेका छौ ।
गोष्ठीमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. परवेज आलम लगायतको सहभागिता रहेको थियो ।