Pairabi logo

असोज २९, २०८३, बिहीबार                    

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

डेक्स

डेक्स

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने
ADVERTISEMENT

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजनाअन्तर्गत ठाकुरबाबा नगरपालिकामा सम्पन्न धार्मिक गुरु, अगुवा, बरघर तथा गुरुवाहरूको सञ्जालसँगको बैठक तथा छलफलमा बालविवाह न्यूनीकरण र लागुऔषध दुरुपयोग नियन्त्रणका लागि समुदायस्तरमा प्रभावकारी अभियान सञ्चालन गरिने भएको छ । 

छलफलका क्रममा धार्मिक तथा सामुदायिक अगुवाहरूले बालविवाह एक हानिकारक सामाजिक अभ्यास भएको उल्लेख गर्दै यसलाई अन्त्य गर्न नकारात्मक सामाजिक मूल्य, मान्यता, परम्परा तथा व्यवहारमा परिवर्तन ल्याउन आवश्यक रहेको धारणा व्यक्त गरे। धार्मिक सञ्जालका अगुवाहरूले कानुनी विवाहयोग्य उमेर पूरा नगरेका बालबालिकाको विवाहमा पुरोहितका रूपमा धार्मिक विधि तथा संस्कार सम्पन्न नगर्ने र बालविवाहलाई प्रोत्साहन गर्ने अभ्यासको अन्त्यका लागि व्यावहारिक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

साथै, बालविवाह हुन सक्ने जोखिम पहिचान गर्ने, अभिभावक तथा समुदायका सदस्यहरूलाई सचेत गराउने, बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्न सहयोग गर्ने र बालविवाह रोकथामका लागि वडा कार्यालय, महिला तथा बालबालिका शाखा, विद्यालय, शिक्षक, बाल क्लब, प्रहरी, बाल अधिकार समिति, वडा बाल अधिकार समिति तथा अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्ने विषयमा सहमति भएको थियो।

त्यसैगरी, बालबालिका तथा किशोरकिशोरीमा बढ्दो लागुऔषध प्रयोग तथा दुरुपयोगका नकारात्मक असरलाई न्यूनीकरण गर्न धार्मिक तथा सामुदायिक अगुवाहरूको नेतृत्वमा समुदायस्तरीय जनचेतनामूलक अभियान सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो।

धार्मिक सभा, प्रवचन, सामुदायिक भेला, विद्यालय तथा युवा समूहहरूमार्फत लागुऔषध दुरुपयोगका स्वास्थ्य, सामाजिक, पारिवारिक तथा शैक्षिक असरबारे जानकारी प्रवाह गर्ने, अभिभावकलाई आफ्ना छोराछोरीसँग नियमित संवाद गर्न प्रेरित गर्ने र किशोरकिशोरी तथा युवालाई खेलकुद, सांस्कृतिक कार्यक्रम, सीप विकास तथा सकारात्मक सामाजिक गतिविधिमा सहभागी गराउने विषयमा जोड दिइएको थियो। 

लागुऔषधको जोखिममा रहेका बालबालिका तथा युवालाई दोषारोपण वा भेदभाव नग री आवश्यक परामर्श, स्वास्थ्य सेवा तथा पुनःस्थापनासम्बन्धी सहयोगमा पहुँच पुर्‍याउन सम्बन्धित निकायसँग समन्वय गर्ने र लागुऔषधसँग सम्बन्धित गैरकानुनी गतिविधिको जानकारी प्राप्त भएमा सम्बन्धित प्रहरी तथा आधिकारिक निकायलाई जानकारी गराउने विषयमा समेत छलफल गरिएको थियो।

कार्यक्रमको सहजीकरण गर्दै सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेले ठाकुरबाबा नगरपालिकामा उमेर नपुगी हुने बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरणका लागि किशोरकिशोरी, अभिभावक तथा समुदायका सदस्यहरूलाई लक्षित गरी प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। 

उहाँले धार्मिक अगुवाहरूको सञ्जाल, गुरु, बरघर, बुद्धिजीवी तथा अन्य सामाजिक अगुवाहरूलाई परिचालन गरी सबै सरोकारवालाबीच एक्यबद्धता, समन्वय र सहकार्य कायम गर्दै यस अभियानलाई समुदायस्तरसम्म व्यापक बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै, बालविवाह रोकथामका लागि धार्मिक अगुवाहरूले उमेर नपुगी हुने विवाहमा धार्मिक विधि तथा संस्कार सम्पन्न नगर्ने प्रतिबद्धतालाई व्यवहारमा लागू गर्नुपर्ने र समुदायमा विद्यमान हानिकारक सामाजिक अभ्यासहरू परिवर्तन गर्न सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा ठाकुरबाबा नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गोगनसरा आचार्यले बालविवाह न्यूनीकरणका लागि धार्मिक सञ्जालसँग समन्वय र सहकार्य गर्दै आवश्यक सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले धार्मिक अगुवाहरूले समुदायमा जनचेतना फैलाउने, अभिभावकलाई सचेत गराउने तथा बालविवाह रोकथामका अभियान सञ्चालन गर्ने कार्यमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

साथै, स्थानीय सरकारले बालविवाह न्यूनीकरण, लागुऔषध दुरुपयोग नियन्त्रण तथा मानव बेचबिखन रोकथामजस्ता विषयलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउनुभयो। बालबालिकासँग सम्बन्धित घटना तथा जोखिमको प्रभावकारी व्यवस्थापनका लागि स्थानीय सरकारका संयन्त्र, बाल अधिकार समिति, प्रहरी, युवा समूह तथा सहयोगी संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।

त्यसैगरी, बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले समुदायमा विद्यमान नकारात्मक सामाजिक अभ्यासहरू न्यूनीकरण गर्न अभिभावक तथा समुदायका सदस्यहरू स्वयं जिम्मेवार र सक्रिय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। बालविवाह रोकथाम केवल संस्थागत प्रयासबाट मात्र सम्भव नहुने भएकाले परिवार, अभिभावक, धार्मिक अगुवा तथा समुदायका सबै सदस्यहरूले सामूहिक जिम्मेवारी निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो। बालबालिकाको संरक्षण, शिक्षा तथा सुरक्षित भविष्य सुनिश्चित गर्न समुदायस्तरमा निरन्तर जनचेतना अभिवृद्धि गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो।

यसैगरी, बाँके युनेस्को क्लबका तालिम सहजकर्ता विनय दिल लामाले समुदायमा बालविवाह हुने प्रवृत्ति विभिन्न नयाँ स्वरूपमा देखापरिरहेको विषय उठाउनुभयो। उहाँका अनुसार, कतिपय अवस्थामा केटा वा केटी कामको सिलसिलामा एकअर्काको घरपरिवारमा सहयोग गर्न जाने बहानामा दुवै परिवारको सहमतिमा उमेर नपुगी विवाह हुने अवस्था सिर्जना भइरहेको छ।

यस्ता अप्रत्यक्ष तथा सामाजिक रूपमा स्वीकार गरिएका अभ्यासहरूले बालविवाह रोकथाममा चुनौती थप्ने भएकाले समुदायका अगुवा, अभिभावक तथा धार्मिक सञ्जालले यस्ता घटनाको पहिचान गरी रोकथामका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो। 

साथै, बालविवाहलाई सामान्य सामाजिक अभ्यासका रूपमा स्वीकार गर्ने सोचमा परिवर्तन ल्याउँदै कानुनी व्यवस्था र बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। 

कार्यक्रममा सहभागी धार्मिक गुरु, पुरोहित, बरघर, गुरुवा तथा सामुदायिक अगुवाहरूले बालविवाह न्यूनीकरण र लागुऔषध दुरुपयोग नियन्त्रणका लागि आ(आफ्नो समुदायमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने, अभिभावक तथा किशोरकिशोरीसँग अन्तरक्रिया गर्ने र आवश्यकताअनुसार स्थानीय सरकार, प्रहरी, विद्यालय, बाल अधिकार समिति तथा अन्य सरोकारवालासँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रममा पुनर्गठित नगरस्तरीय धार्मिक सञ्जाललाई समुदायमा सकारात्मक सामाजिक परिवर्तनको माध्यमका रूपमा परिचालन गर्दै बालविवाह, लागुऔषध दुरुपयोग तथा अन्य बाल संरक्षणसम्बन्धी सवालमा सामूहिक अभियान सञ्चालन गर्ने विषयमा जोड दिइयो।

बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र, प्लान इन्टरनेशनल नेपाल, ठाकुरबाबा नगरपालिका तथा समुदायका अगुवाहरूबीचको समन्वय र सहकार्यले बालविवाह न्यूनीकरण, लागुऔषध दुरुपयोग रोकथाम तथा सुरक्षित र बालमैत्री समुदाय निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…