Pairabi logo

असोज १५, २०८३, बिहीबार                    

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

डेक्स

डेक्स

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै
ADVERTISEMENT

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगञ्ज(१ धम्बोजीका दुई युवाको योगदानसहित परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी गरेको छ । 

विसं २०८२ भदौ २३ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको योगदानलाई नयाँ पुस्तामाझ परिचित गराउँदै उहाँहरूको स्मृतिलाई दीर्घकालसम्म जीवन्त राख्ने उद्देश्यले स्थानीय पाठ्यक्रममा परिचय समेट्न लागिएको उपमहानगर कार्यालयले जनाएको छ । 

उपमहानगरप्रमुख प्रशान्त विष्टले सहिद परिवारको आग्रहअनुसार दुवै युवाको परिचय स्थानीय पाठ्यक्रममा समावेश गर्ने प्रक्रिया अघि बढाइने बताउनुभयो । “नयाँ पुस्तालाई जेनजी सहिदको योगदानबारे जानकारी गराउँदै उहाँहरूको स्मृतिलाई जीवन्त राख्न स्थानीय पाठ्यक्रममा परिचय समेट्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो  सरकारी विवरणमा पनि आयुष थापा र सुलभराज श्रेष्ठलाई नेपालगञ्ज(१, बाँकेका जेनजी सहिदका रूपमा उल्लेख गरिएको छ । दुवै युवाको सम्मान तथा स्मृतिमा नेपालगञ्ज उपमहानगर र वडा कार्यालयले विभिन्न भौतिक तथा सामाजिक गतिविधि पनि अघि बढाएको छ ।

नेपालगञ्ज(१ का वडाध्यक्ष एवं प्रवक्ता प्रमोद रिजालका अनुसार धम्बोजीस्थित वडा कार्यालय परिसरमा दुवै सहिदको स्मृतिमा ‘सहिद योग भवन’ र खुला ‘जिम हाउस’ निर्माण गरिएको छ । उहाँहरूकै सम्मानमा थप संरचना निर्माण प्रक्रिया पनि अघि बढाइएको उहाँको भनाइ छ । वडाध्यक्ष रिजालले भन्नुभयो, “उहाँहरूको सम्मानमा वाटरपार्क नजिकै अर्धकदको सालिक निर्माण गर्नुका साथै विशालनगर क्षेत्रमा उहाँहरूका नाममा ‘सहिद प्रवेशद्वार’ निर्माण भइरहेको छ ।” उपमहानगरले दुवै सहिदको स्मृतिमा ‘सहिद रनिङ शिल्ड’ प्रतियोगिता सञ्चालन गर्ने निर्णय पनि गरेको उहाँले जानकारी दिनुभयो ।

वडाध्यक्ष रिजालका अनुसार स्थानीय सरकार सहिद परिवारका समस्या तथा माग सम्बोधन गर्न निरन्तर संवादमा छ । जेनजी आन्दोलनका क्रममा एउटै टोलका दुई युवाले ज्यान गुमाएपछि धम्बोजीका स्थानीयवासीमा घटनाको अहिलेसम्म प्रभाव रहेको स्थानीयवासी बताउँछन् ।

आयुष र सुलभका परिवारले छोराहरूको मृत्युको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्दै आएका छन् । आफ्ना छोराले काठमाडौँमा ज्यान गुमाएको एक वर्ष बितिसक्दा पनि घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुन नसकेको भन्दै सहिदका आफन्त तथा परिवारले तत्काल आफ्ना माग सम्बोधन हुनुपर्ने बताएका छन् । 

परिवारले सहिदको सम्मान, परिवारका एक सदस्यलाई रोजगारी, घटनाको निष्पक्ष छानबिन तथा गोली चलाउनेमाथि कानुनी कारबाहीको माग सरकारसँग गर्दै आएका छन् । सहिद आयुष थापाका पिता सुशील थापाले आन्दोलनका क्रममा निर्दोष युवाले ज्यान गुमाए पनि घटनाको जिम्मेवारी लिने र दोषीमाथि कारबाही गर्ने काम हुन नसकेको बताउनुभयो ।

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले जेनजी आन्दोलनका सहिदका चाहना र माग पूरा गर्ने जिम्मेवारी आन्दोलनपछि बनेको सरकारको भएको बताउनुभयो । “जेनजी आन्दोलनका सहिदका चाहना र माग पूरा गर्ने जिम्मेवारी आन्दोलनपछि बनेको सरकारको हो । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

नेपालगञ्ज उपमहानगरले जेनजी सहिदको स्मृतिलाई स्थानीय तहमा संस्थागत गर्ने उद्देश्यले पाठ्यक्रममा उहाँहरूको परिचय समेट्ने तयारी गरेको छ । यससँगै सहिदको स्मृतिमा भौतिक संरचना, खेलकुद तथा अन्य सामाजिक गतिविधिलाई निरन्तरता दिइएको छ । सहिद परिवारले भने स्मृतिका कार्यक्रमसँगै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही हुनुपर्ने मागलाई निरन्तर उठाउँदै आएका छन् ।

ताजा

सबै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

यो पनि

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…