Pairabi logo

असोज २८, २०८३, बुधबार                    

बर्दियामा अवैध हतियार फेला पर्दै

डेक्स

डेक्स

बर्दियामा अवैध हतियार फेला पर्दै
ADVERTISEMENT

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्ने क्रम बढेको छ । पछिल्लो पटक ठाकुरबाबा नगरपालिका–३ गोदानास्थित कोपिला सामुदायिक वनमा मङ्गलबार कटुवा पेस्तोल फेला परेको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म जिल्लाका विभिन्न स्थानबाट चारवटा बेवारिसे हतियार फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर देउवाका अनुसार स्थानीयको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बगनाहाको टोलीले कोपिला सामुदायिक वनको जङ्गलबाट खिया लागेको कालो रङको कटुवा पेस्तोल बरामद गरेको हो । उक्त पेस्तोल कानुनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बगनाहामा सुरक्षित राखिएको उहाँले बताउनुभयो ।

यसअघि गत जेठ २४ गते सोही सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको थियो । स्थानीय महिला दाउरा खोज्न जाँदा बन्दुक देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले गत वैशाखदेखि अवैध हतियार नियन्त्रणका लागि ‘स्विप अपरेसन’ सञ्चालन गरिएकाले बेवारिसे अवस्थामा हतियार फेला पर्ने क्रम बढेको बताउनुभयो । उहाँका अनुसार अवैध हतियार नियन्त्रण अभियानले चाडपर्वका बेला हुन सक्ने सुरक्षा चुनौती न्यूनीकरण गर्न सहयोग पुग्नेछ ।यसअघि गत साउन २२ गते बढैयाताल गाउँपालिका–७ कर्णालीपुरस्थित सडकछेउको झाडीबाट कटुवा पेस्तोल फेला परेको थियो । 

यस्तै, गत भदौ २४ गते बढैयाताल गाउँपालिका–२ स्थित सिर्जनशील सामुदायिक वनमा बन्दुकमा प्रयोग हुने एक थान नालसहित भरुवा बन्दुक फेला परेको थियो । गत भदौ २५ गते गेरुवा गाउँपालिका–२ बालुवातार जाने सडकछेउको झाडीबाट पनि कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतसँग सीमा जोडिएको बर्दियामा सामुदायिक वन क्षेत्रमा चोरीसिकारी हुने गरेको छ । त्यसलाई मध्यनजर गर्दै प्रहरीले सामुदायिक वन क्षेत्रमा निगरानी बढाउँदै आएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । प्रहरीको निगरानी बढेपछि अवैध हतियार राख्नेलाई समस्या परेको हुन सक्ने र हतियार लुकाउने क्रममा बेवारिसे अवस्थामा फेला परेको हुन सक्ने उहाँको भनाइ छ ।

जिल्लामा अझै अवैध हतियार हुन सक्ने अनुमान गर्दै प्रहरीले नियन्त्रण अभियानलाई तीव्रता दिएको जनाएको छ । चाडपर्वको समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौती कम गर्न अवैध हतियार नियन्त्रण अभियानलाई निरन्तरता दिइएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । 
–––

ताजा

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…