Pairabi logo

असोज २६, २०८३, सोमबार                    

डुडुवाको वार्षिक नीति तथा कार्यक्रम

डेक्स

डेक्स

डुडुवाको  वार्षिक नीति तथा कार्यक्रम
ADVERTISEMENT

डुडुवा गाउँपालिकाको बाह्रौं गाउँसभामा प्रस्तुत

आ.व. २०७९।०८० को वार्षिक नीति तथा कार्यक्रम र बजेट

२०७९पौष ४

 

 

लक्ष्यः-

डुडुवा गाउँपालिकाको स्रोत साधानहरुलाई समुचित सदुपयोग र परिचालन गरी कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी र गरिबीलाई न्युनिकरण गरी डुडुवाबासीको जनजीवन सहज, सरल र गुणस्तरीय बनाउने ।

 

उद्धेश्यः

  • पशुस्वास्थ्य लगायतका किसानमैत्री सेवाहरु सहज , सरल र निःशुल्क रुपमा जनताको घरदैलोमा उपलब्ध गराउने ।
  • जनस्वास्थ्य सेवालाई आमनागरिकको पहुँच योग्य बनाउने ।
  • दिगो विकास मैत्री र विपत व्यवस्थापन हुने गरी बजेट तर्जुमा र कार्यान्वयन गर्ने ।
  • लक्षित समूह विकास कार्यक्रम मार्फत महिला, बालबालिका ,जेष्ठ नागरिक, दलित, जनजाति,मधेशी,मुस्लिम, पिछाडवर्ग र सिमान्तकृत वर्गको सामाजिक सुरक्षा र सामाजिक न्याय सहितका कार्यक्रम मार्फत विकासका मूल प्रवाहमा समावेश गर्ने ।
  • कृषि विकास, रोजगारमूलक/आयमूलक कार्यक्रम मार्फत बेरोजगारी र गरिबी न्यूनिकरण गर्ने ।
  • व्यवसायिक, सिपमूलक र नैतिकतामा आधारित शिक्षा मार्फत ज्ञान सिपकला र साँस्कृतिको जगेर्ना गर्ने र दक्ष जिम्मेवार र अनुसाशित जनशक्तिको उत्पादन गर्ने ।
  • सरकारी, सहकारी र निजी क्षेत्रको सहकार्यमा स्थानिय विकासलाई दिगो वातावरण मैत्री र प्रभावकारी बनाउन साझेदारी र सहभागिता मूलक विकासमा जोड दिने ।

 

यस नीति तथा कार्यक्रमका तर्जुमाका अधारहरु निम्न अनुसार छन् :

  • डुडुवा गाउँपालिकाको बृहत्तर चाहना, खुशी र जनहित
  • नेपालको संबिधान २०७२ का निर्देशक सिद्धान्त र नीतिहरु स्थानीय सरकार संचालन ऐन २०७४
  • स्रोत अनुमान समिति र राजस्व परामर्श समितिको प्राथमिकता, नीति र बजेट सीमा
  • बस्तीस्तर/वडास्तरका योजना छनौट
  • विषयगत र अन्य समितिका निर्णय, सल्लाह र नीतिगत सुझाव
  • संघिय सरकार/लुम्बिनी प्रदेश सरकारका बजेटको लक्ष्य, सीमा र प्राथमिकताहरु

 

आगामी आ.व. २०७९।०८० को यस गाउँपालिकाका महत्वपूर्ण नीति तथा कार्यक्रम /

नीति तथा कार्यक्रम :

  1. डुडुवा-४ शाहपूर्वामा गाउँपालिका स्तरीय १५ शैय्याको अस्पताल निर्माण, गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूतिका लागि बेतहनी स्वास्थ्य चौकीमा चिकित्सक सहितको जेष्ठ नागरिक अस्पताल  सञ्चालन गरिनेछ ।
  2. कन्या मुद्दती शिक्षा योजना,संस्कृत भाषा, अवधी भाषा र उर्दु भाषाको संरक्षण र संवर्द्धनको लागि मातृभाषाका गुरु/शिक्षक/सहजकर्ता मार्फत मातृभाषाको संरक्षण र विकासमा जोड दिईनेछ । साथैएस.ई.ई उत्तीर्ण डुडुवा गाउँपालिकाका सबै छात्राहरुलाई प्रति
    छात्रा एउटा साइकल प्रदान गरी थप अध्ययनको लागि प्रोत्साहित गरिनेछ ।
  3. बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण,पिकनिक स्पटको निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुंगा तथा ¥याफ्टिङ्ग संचालन तथा प्राचिन मठ, मन्दिर, गुम्वा, चर्च ,मस्जिद  एवं गुरुद्वाराहरुको संरक्षण, मर्मत संभार  तथा पुर्ननिर्माण गरी पर्यटकीय क्षेत्रहरुका विकासमा आवश्यक बजेटको व्यवस्था गरीनेछ ।
  4. राप्ती नदी किनारमा  स्नानघर र आर्यघाट व्यवस्थितरूपमा संचालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गरीनेछ ।
  5. आवधिक योजना,  क्षेत्रगत योजना, रणनीतिक योजना र गुरु योजना कार्यान्वयन मार्फत गाउँपालिकाको समग्र विकासमा जोड दिईने छ ।
  6. घरघरमा डुडुवा सरकारको अवधारणा कार्यान्वयन गर्न घर घर स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरीकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, घरघर पशुसेवा कार्यक्रम, वडा वडामा प्रयोगाशाला सुविधा, टोलटोलमा घटनादर्ता अभियान र मालपोत संकलन अभियानलाई निरन्तरता दिईनेछ ।
  7. 'ग' र 'घ' वर्गका अशक्त अपांगहरुलाई त्रैमासिक रुपमा दिईदै आएको सामाजिकसुरक्षाभत्तालाई निरन्तरतादिईनेछ ।
  8. गाउँपालिकाको वनकट्टीमानवनिर्मितप्रशासनिक भवनबाट सेवा प्रावाहलाई नियमित गरि सहज, सूचनाप्रविधिमैत्री, अशक्तमैत्री र सेवाग्राहीमैत्री बनाईनेछ  ।
  9. भूमिहिन सुकुमबासी तथा अब्यवस्थित बस्तीलाई प्रचालित भूमिऐन बमोजिम कार्य प्रक्रिया अगाडी बढाउने ।
  10. बाढीर डुवानको उच्च जोखिममा रहेको वस्तीहरुमा तटबन्धनको व्यवस्था गरिनेछ ।
  11. डुडुवा गाउँपालिक वडा नं –६ महाउत टोलमा ७०० मे .ट. क्षमताको कोल्ड स्टोर निर्माण चालु आ.व. मै सम्पन्न गरि किसानहरुको आलु विउ भण्डारण र तरकारी तथा फलफूल भण्डारण आत्मनिर्भरमा बनाईनेछ । साथै डुडुवा-२ मा स्थापना भएको बिउ भण्डारण तथा प्रशोधन केन्द्रलाई संचालनमा ल्याईनेछ ।
  12. पशुपती मा.वि. नौरीगौडीमा गा.पा. स्तरीय क्याम्पस स्थापनाको लागी जग्गा प्राप्तीको आवश्यक प्रवन्ध गरिनेछ । साथै डुडुवामा रहेका सबै सामुदायिक बिद्यालयहरु र बालविकास केन्द्रहरुमा अग्रेजी माध्यमबाट पाठपाठन सिकाई कार्यमा जोड दिनेछ ।
  13. प्रयोगशाला नभएका वडाहरु वडा नं १, ३ र ४ मा क्रमशः प्रयोगशाला स्थापना गरिनेछ र न्यूनतम दरमा सवै डुडुवावासीहरुलाई वडास्तरमा स्वास्थ्य परिक्षणको पहुचमा वृद्दि गरिनेछ ।
  14. कृषि बालीमा लाग्ने रोग किरा नियन्त्रण गर्न आवश्यक विषादी निःशुल्क रुपमा वितरण कार्यलाई निरन्तरता दिईनेछ ।
  15. कृषिको उत्पादन क्षेत्र विस्तार गर्न अन्य निकायसमेतको सहकार्यमा सिंचित क्षेत्रमा विस्तार गरिनेछ ।
  16. पशुरोग निदानका लागी  पशु उपचार सेवा, प्रयोगशाला सेवा, खोप तथा परिजिवी नियन्त्रण सेवालाई थप प्रभावकारी बनाईनेछ ।
  17. उन्नत पशु स्रोत केन्द्रको विकास गर्न कृत्रि गर्भाधान कार्यक्रमबाट नश्ल सुधार गरि कृषकको आम्दानीमा वृद्धि गरिनेछ ।
  18. संस्थागत सक्षमता स्वमुल्यांकनमा यस गा-+.पा. विगत २ बर्षदेखि उत्कृष्ट अंकका साथ प्रथम स्थानमा रहन सफल भएकोमा सो स्थान कायमै राखि प्रदेश र राष्ट्रियस्तरमा समेत अग्रस्थान कायम गर्न गा.पा.ले पुरा गर्नुपर्ने निम्न लिखित थप योजना र कार्यक्रम बनाई लागु गरिनेछ ।
  • नयाँ एल.जी. प्रोफाईल
  • राजश्व प्रक्षेपण योजना
  • एकिकृत भुउपयोग योजना
  • बातावरण ब्यवस्थापन योजना
  • मध्यकालिन खर्च संरचना
  • दीगो विकास लक्ष्यको स्थानीयकरणको नीती तथा योजना
  • सार्वजनिक नीजि साझेदारी नीति
  • बालमैत्रि स्थानिय शासन सम्वन्धी नीति
  • फोहोरमैला ब्यवस्थापन नीति
  • जोखिम संवेदनशिल भु-उपयोग नीति
  • डिजिटल प्रविधिमा आधारित सेवा प्रवाह

 

नरेन्द्र कुमार चौधरी

गाउँपालिका, अध्यक्ष

एवं

बाह्रौँ गाउँसभा-अध्यक्ष

डुडुवा गाउँपालिका बनकट्टी-बाँके

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…