Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

खजुरामा खरको छानामुक्त कार्य शुरु

डेक्स

डेक्स

खजुरामा खरको छानामुक्त कार्य शुरु
ADVERTISEMENT

खजुरा, २८ मङ्सिर । बाँके खजुरा गाउँपालिकाले खरको छाना विस्थापित गर्ने कार्य शुरु गरेको छ । खरको छाना बनाएर बसोबास गरिरहेका विपन्न परिवारहरूका खरका छाना विस्थापित गरिने भएको छ । नेपाल सरकारबाट विशेष अनुदानअन्तर्गत यो कार्यक्रम गर्न लागिएको गाउँपालिकाले जनाएको छ । 

यसभन्दा अघि यहाँका दुई सय ३७ विपन्न परिवारका छाना फेरिएको छ । संघीय सरकारको सहयोगबाट एक सय ८७ र पालिका आफ्नै सहयोगबाट ५० जना विपन्न परिवारका खरको छाना विस्थापित गरिएको गाउँपालिकाका सूचना अधिकारी दिलबहादुर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस आर्थिक वर्षमा यहाँका करिब एक सय ६० वटा घर खरको छानामुक्त गरिने छ । उहाँले भन्नुभयो, “पहिलो चरणमा खरको छाना हटाउने कार्यक्रम छ, र दोस्रो चरणमा खपडा, टायल पनि विस्थापित गर्छौं अहिले खरलाई पहिलो प्राथमिकतामा राखिएको छ ।” 

खरको छाना विस्थापित गर्न एउटा परिवारले रु ५० हजारसम्म सहयोग पाउने गाउँपालिका अध्यक्ष डम्बर विकले बताउनुभयो । उहाँका अनुसार टिन (जस्तापाता) खरिदका लागि मात्र पैसा दिने हो र अन्य ज्यामी खर्च स्वयम् परिवारले नै दिनुपर्नेछ । अति विपन्न परिवारलाई पनि जस्तापाताको छानामा राख्न खोजेका हौं,’ उहाँले भन्नुभयो,  “खरको छाना हुँदा चैत वैशाखमा आगलागीका घटना धेरै हुन्छन्, खरका छाना विस्थापित गरियो भने त्यस्ता घटनामा कमी आउनलाई यो अभियान शुरु गरेका हौ, ।” हरेक वर्ष घर छाउने कारणले किसानले खरको जोहो गर्नुपर्ने, खरबारीमा आगो लाग्दा घर पनि जोखिम हुने गरेको उहाँले बताउनुभयो । 

गरिबीले गर्दा खरको छानासमेत फेर्न नसकेका विपन्न परिवारहरू खुसी भएका छन् । खरको छानामुक्त हुने भएपछि छाना फेरिरहनु पर्ने बाध्यता अन्त्य हुने यहाँका विपन्न परिवारहरू बताएका छन् । गाउँपालिकाले अहिले पालिकाभरि रहेका खरको छाना भएकाहरुको तथ्याक संकलन पनि गरिरहेको छ  तथ्याकका आधारमा सबै खरछाना मुक्त गरिने योजना रहेको अध्यक्ष विकले बताउनुभयो । 
–––
 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…